SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२८ गते
    २२८९ &#२३४६;&#२३३५;&#२३२५;

    बेनि ।
    प्रगतिको आधार कामना सेवा संंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा बेनि अस्पतालमा १३ थान इलेक्ट्रोनिक जग तथा विरामीहरुका लागि स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेको छ ।

    चिसोको समयमा अस्पतालका विरामिहरुलाई तातो पानि पिउन सहजहोस भनि अस्पताल ब्यवस्थापन समितिलाई एक समारोह विच जग हस्तान्त्रण गरिएको हो ।

    बेनि शाखाका प्रवन्धक सुदिप क्षेत्रीको अध्यक्षतामा संचालीत कार्यक्रमको प्रमुख अतिथि वेनि अस्पताल विकास समितीका अध्यक्ष बेल बहादुर कटुवाल रहनुभएको थियो । कटुवालले कार्यक्रममा बोल्दै वैकले गरेको कार्यको उच्च प्रशंश गर्नुका साथै वैकसंग सहकार्य गरेर अगाडी वड्ने प्रतिवद्धता प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा स्वागत डिमुवा शाखाका प्रमुख धु्रव पौडेल तथा संचालन बेनी शाखाका सम्वन्ध प्रवन्धक अजित वरुवाल ले गर्नुभएको थियो । बैक को समग्र विषय तथा बैकले प्रदानगरेका सेवा सुवीधाका सम्वन्धमा बैकका धौलागीरी कलस्टर इन्चार्ज टंकनाथ लामिछाने ले जानाकारी गराउनुभएको थियो ।

    धौलागीरी क्षेत्रमा रहेका अन्य शाखाले समेत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम संचालनको तयारीमा रहेको लामीछानेले जानाकारी गर्नुभयो ।
    हाल बैकले देशका विभिन्न भागहरुमा १०३ शाखा तथा ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं