
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
१२नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
ध्रुब केसी आफ्नो कुनै स्वतन्त्रता दिवस नभएको नेपाल , न कसैको उपनिवेश बन्यो न बन्न नै चाहान्छ। नेपाल एकीकरण संगै हाम्रा वीर पुर्खा न कसैसँग झुके न कसैसँग डगमगाए। हाम्रो यो गौरव शाली इतिहास संगै अगाडि बड्यो नेपाल। नेपाल माथी जसले गिद्देनजर राख्छ त्यसका आँखा निकाली गुच्चा खेल्नको लागि रगत उम्लिरहन्छ तिनै वीरहरुको रगतले बनेको यो हाम्रो शरीर र शरीरका प्रत्येक रक्त केशिका। तर संका लागि सक्यो ती वीरहरुको बिज हाइब्रीड भएछ।
त्यसैले आज चुप छन तिनका सन्तान। गर्बिलो इतिहास बोकेको हाम्रो यो अभिभाज्य रास्ट्रको सार्वभौमिकता माथि बोलिएको धावा र रास्ट्रीय स्वाधीनतामा आच पुर्याउदै कालापानी र सुस्ता को जस्तै दुरदशा भोग्दै छ नेपालको अर्को भुमि , अर्को लेक लिपुलेक र दुखेको छ लिपुलेक। भुमी हाम्रो तर संम्झौता अरुकै, अन्तर्राष्ट्रिय सिमा सम्बन्धि प्रावधान र छिमेकी मुलुकको मर्यादा मिचेर दुई ठुला रास्ट्रले ब्यापारीक प्रयोजन को लागि गरेको सम्झौता कसरी सैय हुन सक्छ।
रास्ट्र दुखेको घाउ, दार्चुला जिल्लाको साबिक ब्यास गाबिस वार्ड न १ मा पर्ने उप्त भुमी नेपालको स्वामित्वमा रहेको बलियो इतिहास हुदाहुदै पनि शक्तिशाली छिमेकिले त्यस भुमी माथि गिद्दे नजर गाडे। चिन र भारतले ब्यापार गर्ने भनेर संम्झौता गरेको त्यो ब्यापारीक नाका नेपालको तर हामिलाई पत्तो समेत नदिइ सम्झौता गरेको सुन्दा मनमा औडाहा उठेर आउँछ। यसको इतिहासलाई सम्झने हो भने ६ दशक अगाडी वि स २००९ मा मातृकाप्रसाद कोइरालाको सरकारको कार्यकालमा नेपाली सेनाको पुनर्संरचनाको लागि भारत बाट एउटा सैनिक मिसन नेपाल आएको थियो। र पछि त्यही मिसन अन्तरगत भारतीय सेना नेपालका १८ वटा उत्तरी सिमामा आएका थिए। सन १९६० मा चिन र भारत बिच भएको सिमा युद्द्को दौरान भारतिय सेना टिङ्कर नजिक आएर बसे।
पन्चायत कालमा कृतिनिधी बिस्टको सरकारको कार्यकालमा भारतका चेकपोस्ट हटाउने निर्णय भयो। तर कालापानी बाट भारतीय सेना हटेनन र त्यहाको केही ठाउमा सैनिक क्याम्प नै खडा गरेर बसे र उनिहरुको अतिक्रमणमा कालापानी र लिम्पियाधुरा पर्यो। जहाँ भारतले ३०७३ हेक्टर भन्दा बढी सिमा कब्जा जमाएको छ। सन १८१६ मा नेपाल र बिर्टिस इन्डिया बिच भएको सुगौली सन्धिले पश्चिमी सिमाना महाकाली नदि तोकेको छ। जुन महाकाली नदिको उदगम स्थल लिम्पियाधुरा हो। त्यसै गरि १९६१ मा नेपाल चिन बिछ सिमा सम्झौता हुदा उप्त सन्धिको धारा १ र उपधारा १ मा पनि नेपालको भुमी पश्चिमि सिमा लिम्पियाधुरा नै बनाएको छ। तर बिडम्बना लिम्पियाधुरा देखि लिपुलेक सम्मको ५३ किलोमिटर लम्बाई भएको ३१० बर्ग किलोमीटर नेपालको क्षेत्र भारतकै नियन्त्रणमा छ। यति हुदा पनि किन बोल्दैन नेपाल र यहाका शाशकहरु , नेपालको राजनैतिक उथलपुथलमा छिमेकी रास्ट्रको दबदबा भएको र भारत बाट आफ्नो शासन ब्यबस्थामा असहयोग हुने डरले सदियौ देखीका शाशक राजा महेन्द्र , विरेन्द्र र पन्चायत ब्यबस्थाले भारत अगाडी आत्मसम्मर्पण विधि अपनाए। अब त्यही विधि बर्तमान शासक र सरकारले नअपनाओस। भारतले नेपाली भुमिलाई आफ्नो बनाउन यति सम्म गर्यो कि नक्कली कालीको मन्दिर बनाइ त्यसैलाई नै नक्कली कालापानी भन्न सम्म भ्याइ झुटको खेती गरीरहेकै छ। तर त्रिदेशीय सिमा लिपुलेक नभएर लिम्पियाधुरा मात्र हुन सक्छ।
तर बिडम्बना हाम्रो लिपुलेकको अधिकांस भुभाग भारतीय कब्जामा छ। भारतले किन यसरी मरिहत्ते गरेको छ किनकी चिनसंगको ब्यपारीक नाकाको लागि सबै भन्दा नजिकको नाका हो यो। सिक्किमको नाथुला र हिमान्चल नाका आबगमनको लागि सहज छैन त्यस्तो अबस्थामा लिपुलेक नै उत्तम विकल्प हुन सक्छ। चिन पनि आफ्नो उत्पादन भारतीय बजार सम्म पुर्याउन यहि नाका नै प्रयोग गर्न चाहान्छ। यहि यथार्थ बिच नेपालीको कमजोरीमा खेल्दै र रमाउदै छन यी छिमेकी भनिएका दुई ठुला देश। वा क्या छौ हामी जो आफ्नो देश आफ्नो भन्न पनि प्रमाण पेश गर्नुपर्ने अबस्थामा गुज्रिरहेका छौ। उसोत प्रमाण नभएको पनि होइन दार्चुला जिल्लाको नापि कार्यलयमा त्यस भुमिको तिरो तिरेका कागजात र अभिलेख घाम जस्तै छर्लङ्ग छन। दुई बलिया छिमेकीको हेपाहा प्रवृत्ति र हाम्रा नृह शासक र शासन ब्यबस्थाको बागडोर समालेको शासकप्रति मुक दर्शक बनेका छौ हामी तर अब बेला भएको छ हाम्रो गुम्न लागेको लिपुलेक संगै गुमेको कालापानी र सुस्तालाई पनि यहि अभिभाज्य रास्ट्रको सिमा भित्र सिमाङ्कन गर्दै दुखेको लिपुलेकमा मलम लगाई खुसिका फुल फुलाउन हामी रगत बगाउन तयार हुने।।

प्रतिक्रिया