News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उन्नती लघुवित्तद्वारा रक्तदान

    बुटवल ।
    भैरहवामा प्रधान कार्यालय रहेको उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको छैठौं वार्षिकोत्सवको शुभ अवसरमा बिहिबार केन्द्रीय कार्यालय सिद्धार्थनगर नगरपालिका–१२, भैरहवामासम्पन्न गरेको हो ।

    संस्थागत उत्तरदायित्व अन्र्तगत “रक्तदान जिवनदान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले जानकारी गराए । पाठकले गराएको जानकारी अनुसार सञ्चालक समितिका खड्ग बहादुर राना, केशव प्रसाद शर्मा, कृष्ण प्रसाद गौतम, प्रमुख कार्यकारी अधिकृत प्रेम वहादुर पाठक, विभागीय प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थितिमा २८ जनाले रक्तदान गरेका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया