
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरूले उक्त भेटवार्तालाई ‘इन्फर्मल’ र ‘साइडलाइन’ भन्दै भेटघाटलाई सञ्चारमाध्यममा खुलाउनै चाहेका थिएनन् ।
‘भेटघाटका तस्बिर पनि खिच्ने अवसर मिलेन, सबै साइडलाइनमा उभिएकै अवस्थामा भएका भेटघाट थिए,’ प्रतिनिधिमण्डलका एक वरिष्ठ सदस्यले बाकुबाट जानकारी गराएका थिए । राष्ट्रपति मदुरोको ट्वीटबाट आएको भिडियोले भने परराष्ट्र मन्त्रालयले खुलाउन नचाहेको तथ्य सार्वजनिक गरेको छ । भिडियोमा उक्त द्विपक्षीय औपचारिक भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागी, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल र न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृत राईसहित सहभागी देख्न सकिन्छ ।
यस पटक असंलग्न आन्दोलनको सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्केपछि परराष्ट्र मन्त्रालयले जारी गरेको नोटमा ‘असंलग्न आन्दोलनका निवर्तमान अध्यक्ष भेनेजुएलाका राष्ट्रपति मदुरो र उत्तर कोरियाली सर्वोच्च जनसम्मेलनका अध्यक्ष चोइरोयङ हाईसँग शिष्टाचार भेटघाट भएको’ भन्ने औपचारिकताको सूचना भने राखिएको छ ।
अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा विवादास्पद मानिँदै आएको दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाका राष्ट्रपतिको पदीय हैसियत र चुनावी नतिजामा अन्तर्राष्ट्रिय समुदायले ‘असहमति’ राख्दै आएको छ । गत वर्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रजातान्त्रिक तवरबाट चुनिएका राष्ट्रपति मदुरोलाई मान्यता दिनुपर्ने पक्षमा’ विज्ञप्ति निकालेर विवादमा परेका थिए ।
‘नेकपाले भेनेजुयलाका जनता, देशको सार्वभौमसत्ता र प्रजातान्त्रिक रूपमा निर्वाचित संवैधानिक राष्ट्रपति निकोलस मादुरोको समर्थनमा यो विज्ञप्ति जारी गरेको छ । अमेरिका र यसका सहयोगीहरूले बोलिभियाली गणतन्त्र भेनेजुयलामाथि जनताबीच विभाजन ल्याई हिंसा बढाउने, प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिमाथि चुनौती दिने कार्यको सशक्त विरोध गर्छ’, विज्ञप्तिमा उल्लेख थियो ।
विश्व मानचित्रमा लोकतान्त्रिक ‘क्रेडिन्सियल’ नभएका र एकल पद्धतिमै हिँड्न रुचाएका मुलुकहरूसँगको बढ्दो हिमचिमलाई अन्तर्राष्ट्रिय मामिलाका जानकारले ‘नेकपा पार्टी जे जसरी र जताबाट भए पनि पहिचानको दौडमा लागिपरेको’ टिप्पणी गरेका छन् । ‘तर, यो चिनारीले कसैलाई आकर्षित गर्न सकेको छैन,’ राजनीतिक विश्लेषक ध्रुव कुमार भन्छन्, ‘चीन र भारतले मात्रै आफ्नो स्वार्थका कारण हामीलाई (हाम्रा नेतालाई) आमन्त्रण गर्ने गरेका हुन् । तर अरू मुलुकहरूका हकमा र अझ एकल तथा अस्वीकृत पद्धतिमा चलेका मुलुकहरूसँग जोडिन हामी आफैं गएका हौं, कुनै आमन्त्रण गरिएको थाहा छैन ।’
प्रधानमन्त्रीका कूटनीतिक सल्लाहकार डा. राजन भट्टराईले भने ‘भेनेजुयलाका राष्ट्रपति र उत्तर कोरियाबाट स्टेट अफेयर्स कमिसनका प्रथम उपाध्यक्षले अनुरोध गरेकै आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले द्विपक्षीय भेटघाट गरेको’ भन्दै प्रतिवाद गरेर गत शुक्रबार ट्वीट गरेका थिए । सिंगो मुलुकले लोकतान्त्रिक पद्धतिअन्तर्गत ‘बहुल परिपाटी’ अंगालिरहेका बेलामा यो ‘एकल’ प्रवृत्ति किन देखिएको हो भन्नेबारे परराष्ट्रका कोही पनि अधिकारीले जवाफ दिन चाहेनन् ।
विश्व राजनीतिमा विवादित रहेका प्रतिनिधि पात्र सम्मिलित गत वर्ष मंसिरको एसिया प्यासिफिक समिटका पनि विवादास्पद बनेको थियो । यस बीचमा गत असार अन्तिम सातामा भेनेजुयला राष्ट्रपतिका छोरा निकोलस अर्नेस्तो मदुरो गुएरा नेपाल भ्रमणमा आएका थिए भने कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि गत वर्ष नोभेम्बरमा नेपाल भ्रमणमा आएका थिए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया