SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२५ गते
    १५३५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर, पोखरा ।
    सामुदायिक विद्यालय तर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट वन्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ । उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा ल्याउँदै सरकारी विद्यालय तर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट तेश्रो वन्न सफल भएको हो ।

    ४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा विद्यालयलाई नगद ४० हजार सहित उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको हो ।

    कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ , सामाजिक विकास मन्त्री नरदेवी पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा , प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेललाई नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

    सम्मान ग्रहण पछि समितिका अध्यक्ष चन्द्रा थापाले यो सम्मानले आफुहरुलाई थप हौंशला बढेको वताउँदै, अवको ध्यान देशकै उत्कृष्ट सामुदायिक विद्यालय वनाउँने तर्फ केन्द्रित रहने वताउनु भयो । प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सवैको सहयोग र मेहेनतले विद्यालय आज प्रदेशकै उत्कृष्ट वन्न पुगेकोमा खुशी व्यक्त गर्दै गुणस्तरिय शिक्षाका लागि आफुहरुले कुनै कसर वाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

    निजी विद्यालयलाई समेत चुनौती दिदै विद्यालयले प्राप्त गरेको सफलताले यस क्षेत्रकै गौरव बढाएको वडाध्यक्ष जीवनप्रसाद आचार्यले वताउनुभयो ।उहाँले यस वडामा रहेका अन्य विद्यालयले पनि आफुलाई अव्वल वनाउने तर्फ केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । सवैलाई समेटेर शैक्षिक विकासमा केन्द्रित भए सफलता पाईने उदाहरण विद्यालयले पेश गरेको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरुले वताएका छन् ।

    प्रविधिमैत्री र शैक्षिक वातावरणमा अध्यापन गराउँदै आएको उक्त विद्यालय कास्की जिल्लामा भने उत्कृष्ट दोश्रो वनेको छ । प्रदेशमा उत्कृष्ट पहिलो शितलादेवी मा.वि, उत्कृष्ट दोश्रो बाग्लुङको गणेश मा.वि वनेका छन् । सोही अवसरमा संस्थागत तर्फ पनि उत्कृष्ट बन्न सफल विद्यालयलाई सम्मान गरिएको थियो ।

    करिव १ हजार ३ सय विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले पर्यटकिय क्षेत्र महेन्द्र गुफा र चमेरे गुफाको समेत व्यवस्थापन गर्दै आएको छ । विद्यालयले त्यहाँवाट प्राप्त आम्दानी गुफाको व्यवस्थापनसँगसँगै शैक्षिक र भौतिक विकासमा लगाउने गरेको छ । यसैविच दिवसकै अवसरमा पोखरा महानगर शिक्षा महाशाखाले विभिन्न विषयका उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । नेपाली विषयतर्फ विन्ध्यवासिनी मा.विकै शिक्षक भेषराज पौडेल सम्मानित हुनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं