SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२२ गते
    १५८९ &#२३४६;&#२३३५;&#२३२५;

    विश्व फिजियोथेरापी दिवसको अवसरमा पोखरामा निःशुल्क फजियोथेरापी  शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसियशन गण्डकीले स्कुल अफ हेल्थ एण्ड एलाईट्स साईन्सेस्को सहयोगमा मानव अधिकारचोकमा शिविर गरेको हो । शिविर १ सय ४८ जनालाई सेवा उपलब्ध गराइएको एशोसियशनका उपाध्यक्ष डा अजितकुमार पाण्डेले जानकारी दिए ।

    शिविर उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले सबै सरोकारवालासँग समन्वय गरी प्रदेशस्तरीय स्वास्थ्य ऐन बनाइने बताए । उनले हरेक स्थानमा स्वास्थ्यका चेतनामूलक कार्यक्रम आवश्यक रहेको भन्दै समयमा नै आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्नेमा जोड दिइन् । उनले म्याग्दी, पर्वत र स्याङ्जामा डायलासिस सेवा केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिइन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले हाड, जोर्नी र नशाका बिरामीका लागि औषधिभन्दा व्यायाम आवश्यक रहेको बताए । वरिष्ठ चिकित्सक डा बसन्त ताम्राकारले पछिल्लो समय निजी अस्पतालले पनि प्राथमिकताका साथ फिजियोथेरापी सेवा शुरु गरिरहेकोे बताए ।

    नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले धेरै व्यक्तिमा हाड, जोर्नी र नशाको समस्या बढीरहेको भन्दै सरकारले फिजियोथेरापी सेवा निःशुल्क उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे । पोखरा विश्व विद्यालय बीपीटी कार्यक्रम संयोजक विजय सुवेदीले स्वास्थ्य क्षेत्रका अनुसन्धनात्मक गतिविधिलाई जोड दिदै आएको बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव दिननाथ बराल, स्वास्थ्य पत्रकार ऋषि खतिवडा, पोविवि बीपीटी कार्यक्रमका उपप्राध्यापक दीपक जोशी लगायतले बोलेका थिए । एशोसियशनका अध्यक्ष खड्कसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव डा शिव तिवारीले स्वागत र फिजियोथेरापिष्ट स्वीकृति पौडेलले सञ्चालन गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं