
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
काठमाडौ । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्यु प्रकरण थप जलिट बन्दै गइरहेको छ । अहिले जीवनत्याग गर्न बाध्य पारेको अभियोगमा उनका पुर्व सहकर्मी रवि लामिछाने र युवराज कँडेल हिरासतमा छन् । यस्तै उनकी प्रमिका भनिएकी नर्स अस्मिता कार्काी पनि अहिले हिरासतमा छिन् । अहिले उनीहरुलाई भेटेर आउँनेहरुको भिड पनि उस्तै रहेको छ । यो भिडमा अहिले समाजसेवीको परिचय बनाएकी चर्चित नायिका श्वेता खड्काले पनि मुख खोलेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबकुमा एक स्टाटस राख्दै सर्मथन गरेको बताएकी छिन् । यस्तो छ उनको स्टाटस :
‘यो अँधेरो केहिबेरको लागी मात्र हो , भोली बिहान फेरी सुर्य उदाउने छ र नयाँ द्रुश्य छर्लङ्ग देखिनेछ ।’ आदरणीय रवी लामिछाने दाईसँग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो ।
कसुर सावित नभएतापनी कसुरवार सरह जिवन यापन गरिरहेका रवी दाइसँगको २ मिनेटको त्यो भेटमा उहाँले मेरो स्वास्थ्य अवस्था मात्र होईन सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्तिको बारेमा पनि सोध्न भ्याउनुभयो । म, रवी दाईसँग जेल भित्र २ मिनेटको भलाकुसारी गरिरहँदा बाहिर उनै रवी दाईको समर्थनमा घन्किरहेको केहि नाराहरुले हामी बिचको संवादमा अवरोध खडा गरिरहेको थियो ।
३६ डिग्री को उग्रतापमा गुन्जिरहेको ‘हाम्रो देश, हाम्रो रवी , प्राण भन्दा प्यारो छ’ भन्ने आवाजलाई म स्पष्ट सुनिरहेको थिएँ । त्यही आवाजका बिचमा हाम्रो संवाद चलिरहेको थियो । निश्चिता अवधिभित्र, समुहमा भेट्नुपर्ने नियमानुसार हाम्रो ठुलो टोली रवि दाईलाई भेट्न गएका थियौ । रवि दाईलाई कैदीको रुपमा टाढैबाट पहिलो दृश्य मेरो आँखामा पर्दा मनमा चसक्क काँडा बिझेसरी भएको थियो ।
त्यती खेरै मैले सम्झें, केहि बर्ष अगाडी मैले रवि दाईको बारेमा सम्प्रेशण गरेको लेख । रबी लामिछाने जस्ता न्यायिक व्यक्तिको पक्षमा लेखिएको मेरो त्यो लेखको शिर्षक भित्र लुकेको भावलाई नपढी धेरै व्यक्तिले मलाई नकारात्मक प्रतिकृया दिए । मलाई अपाच्य हुनेखालका अपशब्दहरु प्रयोग गरिए । तर म , सँधै न्याय र सामाजिक हितको पक्षमा उभिने एउटी अवला नारी । मैले आजसम्म कुनै राजनीतिक दलको सदस्यता लिइनँ र कुनै व्यक्तिलाई कुनै एउटा राजनीतिक दलको कार्यकर्ताको रुपमा व्यवहार वा सोही अनुरुपको संगत गरिन । मलाई मानवियता भन्दा कुनै दल , धर्म वा वर्ग ठुलो छ जस्तो कहिल्यै महुसुस भएन ।
जतिखेर मैले ‘रवि लामिछाने दाई जस्तो असल व्यक्ति सतिले सरापेको यो देशमा काम छैन र उहाँलाई टुँडिखेलमा लगेर फाँसी दिईनुपर्छ’ भन्ने लेख सम्प्रेशण गरेको थिएँ त्यो बेला नेपाली कांग्रेसको सरकार थियो र मलाई त्यसबेला कांग्रेसका झोलेहरुले नेकपा एमाले या माओवादीको उपमा दिएका थिए । आज म , रवि दाईलाई चितवनामा भेटेर फर्किरहँदा यतिखेर नेकपा को सरकार छ । अब म ढुक्क छु , मलाई नेकपाका केहि झोले कार्यकर्ताहरुले अब नेपाली कांग्रेस वा राजावादी दलको वात लगाउनेछन । मलाई कहिले कांग्रेस , कहिले एमाले या माओवादीका साथै राजावादी दलको सकृय कार्यकर्ताको वात लाग्नु कुनै नौलो पनि रहेन ।
यदी ‘राम्रो मान्छेलाई हाम्रो मान्छे’ को रुपमा लिदा कुनै दल वा वर्गको आरोप लाग्छ भने म त्यो आरोपलाई सहर्ष स्विकार गर्न तयार रहन्छु । मलाई आरोपका कुनै कुराहरुले फरक पर्ने वाला छैन । म न्यायप्रेमी नारी , म स्वतन्त्रताको पक्षधर । मलाई निष्पक्ष र निस्कपट छानविनको अन्तिम निर्णय मान्य हुनेछ । शालिकराम पुडासैनीकी बिधुवा श्रीमती सम्झना पुडासैनीको उजाड सिउँदो र रवि लामिछाने दाईकि निर्दोश श्रीमती निकिता पौडेलले पनि न्याय पाउनु पर्छ । न्याय नडगमगाओस । जे भएको हो त्यही देखोयोस , जे वितेको हो त्यही लेखिओस । न्यायलय प्रतिको हाम्रो आस्था, विश्वास र भरोसा ओइलाएर नजाओस । मेरो कामना ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया