SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३१ गते
    २०५६ &#२३४६;&#२३३५;&#२३२५;

    चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउ परेसंगै उनका समर्थक विरोधमा उत्रिएका छन् । पत्रकार शालिकराम पुडाशैनीको आ८त्मह८त्या प्रकरणमा रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । हिँजो बुधवार पुडाशैनीले आ८त्मह८त्या गर्नु अघिको भिडियो वाहिरिएसंगै लामिछानेका समर्थकले रविलाई फसाउन षडयन्त्र गरिएको भन्दै विरोध जनाएका थिए । प्रहरीले धमाधम रवि लगायत पुडाशैनीले भिडियामो नाम लिएका तीन जनालाई नै प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । रविका समर्थकहरु चर्को विरोधमा उत्रिएका छन् ।

    रवि लामिछाने तिमीलाई कमजोर बनाउन धेरै संयन्त्र लागिपरेका छन् तर आजको नियोजित भिडियोले तिम्रो रौं पनि हल्लिंदैन नडराए हुन्छ, वरिष्ठ साहित्यकार तथा पत्रकार जे सागरले आफ्नो फेसवुक वालमा लेखेका छन् । उनले रविलाई फसाउन षडयन्त्र गरिएको भन्दै ९ बुँदे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

    समाजका हरेक विकृतिको बारेमा चिच्याइ चिच्याइ बोल्ने पत्रकार (शालिकराम), आफूलाई त्यो हदसम्मको थिचोमिचो थियो भने जीवितै न्याय खोज्न जान नसक्ने अवस्थाको थियो होला ? मान्छेलाई सबै भन्दा बढी डर के को हुन्छ ? मृ&त्युको हैन ? जब आ८त्मह८त्या सम्म गर्न सक्ने मानसिकता बनाइसकेको व्यक्तिले आफू विरुद्ध त्यत्रो अन्याय भएको सहेर बरु चुपचाप म*र्न तयार हुने तर रविको विरुद्धमा बोल्नै आँट नआउने हुन्छ होला ?

    के रविको डरले मात्र ऊ बरु म*र्न तयार तर आफूलाई परेको थिचोमिचोको विरुद्ध बोल्न नसक्ने अवस्था नै थियो होला रु यो देशमा रवि मात्रै मिडिया पर्सन र अन्तिम कानुन थिए र ? उनले फेसवुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा रविका समर्थक जति यता भन्दै उनीहरुले आफ्ना धारणा सार्वजनिक गर्दे समर्थकको संख्या बढाउने अभियान समेत सुरु गरेका छन् ।

    अन्य हेर्नुहोस उनका समर्थकको फेसबुकमा कमेन्ट :

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं