SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२९ गते
    १५३७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा पोखरामा संघर्ष र सफलताको कथा सुनाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला, पोखरा विश्वविद्यालयका निमित्त रजिष्ट्रार डाक्टर अजय थापा र महिला उद्यमी संघ, कास्कीका अध्यक्ष, काशी गुरुङ्गले आफ्नो सफलताको कथा सुनाए ।

    रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइड र रोट्¥याक्ट क्लव अफ पोखराको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय युवा परिषद, युवा संस्थाहरुको संजाल नेपाल ९आयोन० र जागृति बाल तथा युवा सरोकार नेपालले सघाएका थिए ।

    कार्यक्रममा आफु सांसद निर्वाचित हुँदा युवा उमेरमै भए पनि भर्खर युवा उमेर पार गरेको बताउँदै सांसद कोइरालाले विद्यालय जीवन, विद्यार्थी राजनीति, जनयुद्धकाल, वाइसिएलको नेतृत्व गरेको समय, खेलकुद परिषदको नेतृत्व गरेको समय, नेपाल क्रिकेट संघ ९क्यान० को नेतृत्व गरेको समय, जिल्ला पार्टिको नेतृव्य गरेको समय र सांसद निर्वाचित भई कार्य गरेको समयका विभिन्न किस्साहरु सुनाए ।

    उता निमित्त रजिष्ट्रार डाक्टर थापाले जीवनमा सफलताको मानक समय अनुसार परिवर्तन हुने अनुभव राख्दै आफुले स्नातककालमा नै ३५ वर्षभित्र पिएचडी गर्ने लक्ष्य लिएर अगाडि बढेको र अन्ततः त्यसमा सफल भएको बताए ।

    महिला उद्यमी गुरुङ्गले दैनिक ५० रुपैयाँको जागिरदेखि हाल विभिन्न ३ वटा व्यवसायको मालिक रहँदासम्मको अनुभव सुनाइन् । समयको व्यवस्थापन र निरन्तरको लगनले नै सफलता प्राप्त हुने उनको मत थियो ।

    कार्यक्रममा राष्ट्रिय युवा परिषदका सदस्य दिलिप न्यौपाने, रोट्¥याक्ट जोन ४ का जेडआरआर सुदिप प्रसाईं ठकुरी, जागृति बाल तथा युवा सरोकार नेपालका गण्डकी प्रदेश संयोजक प्रतीक्षा गैह्रे, रोट्¥याक्ट क्लव अफ पोखराका उपाध्यक्ष प्रवेश गौतम लगायतले पनि बोलेका थिए ।

    दुवै क्लवका अध्यक्षद्वय विश्वदर्शन पराजुली र युदिप सुवेदी क्षेत्रीको संयुक्त सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रोट्¥याक्ट क्लव अफ पोखराका सह सचिव सुसन घिमिरेले गरेका थिए ।

    युवा नेतृत्व सम्मानबाट सुवास मल्ल सम्मानित
    कार्यक्रममा युवा नेतृत्व सम्मान २०१९ बाट युवा अभियान्ता सुवास मल्ललाई सम्मानित गरिएको छ । मल्ल रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइडका संस्थापक अध्यक्ष तथा रोट्¥याक्ट जोन ४ को निवर्तमान जेडआरआर समेत हुन् । उनी विगत दुई दशकदेखि युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

    उनको नेतृत्वमा २०६४ मा पोखरामा अन्तर्राष्ट्रिय युवा सम्मेलन समेत आयोजना गरिएको थियो, जसमा विभिन्न १४ वटा देशका ३०० युवाहरुको सहभागिता थियो । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुमा सहभागिता जनाइसकेका छन् ।

    नेपालबाहेक भारत, बंगलादेश, जापान, पोल्याण्ड, रुस, फिनल्याण्ड, नर्वे, स्वीडेन, डेनमार्क, इस्टोनिया, लाटभिया, लिथवेनिया आदि देशको भ्रमण गरेका उनी विभिन्न साहित्यीक अभियानहरुमा पनि सक्रिय छन् । उनका दुई पुस्तकहरु पनि प्रकाशित छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं