SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२७ गते
    १४१३ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । सामाजीक सेवा गर्ने मुख्य उद्येश्य तथा पर्वतका कलाकारहरुको क्षमता अभिबृद्धीको साथमा २० लाख रुपैया बराबरको अक्षयकोष स्थापर्नाथ पर्वत कलाकार समाजले यहि असोज १४ गते काठमाडौंमा भब्य कार्यक्रम गर्ने भएको छ ।

    पर्वतका नया प्रतिभाको खोजी गर्ने, सामाजीक सेवा गर्ने तथा २० लाख रुपैया बराबरको अक्षयकोष स्थापनार्थ पर्बत संगीत साझ को आयोजना गर्न लागिएको पर्वत कलाकार समाज अध्यक्ष कस्तुप पन्तले बताएका छन् ।

    आज कुश्मा बजारमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तथा सर्जक पन्तले कार्यक्रम आयोजना र कार्यक्रम आयोजनाको उद्येश्यको बारेमा बताएका थिए । उनका अनुसार कार्यक्रममा पर्वतका सर्जक कलाकारहरुको प्रस्तुती रहने छ ।

    अभ्यक्ष पन्तका अनुसार पर्वतमा हाललाई कार्यक्रम गर्न असम्भव भएकोले काठमाडौमा आयोजना गर्न लागिएको बताएका थिए । साथै आगामी कार्यक्रमका संमंरणहरु पर्वतमा नै आयोजना गर्न सकिने बताएका थिए ।

    यस्तै पत्रकार भेटघाट कार्यक्रममा सहभागी भएका पर्वत कलाकार समाज उपाध्यक्ष तथा लोकप्रिय गायक सर्जक याम क्षेत्रीले र्वतका कलाकारहरु समाजिक सेवामा पनि कृयाशिल बनाउन र पर्वतको कलाकार हो भन्दा गौरव होस् भनेर सस्था गठन गरिएको बताएका थिए ।

    क्षेत्रीले एउटा आर्थिक कोष बनाएर सामाजिक रुममा पिडामा परेकोहरुलाई सहयोग गर्न पाईयोस भनेर कार्यक्रम गर्न लागेको पनि बताए । कार्यक्रममा पर्वतमा कृयाशिल सबैजसो पत्रकारहरुको सहभागी रहेको थियो भने राष्टिय लोक दोाहोरी गित प्रतिष्ठान नेपालका नेताहरु पनि सहभागी थिए । आज लोक दोाहोरी गित प्रतिष्ठान पर्वतले गायक तथा सर्जक कस्तुपराज पन्त र गायक तथा सर्जक याम क्षेत्रीलाई नगद राशी सहित सम्मान गर्दैछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं