SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२३ गते
    १५६३ &#२३४६;&#२३३५;&#२३२५;

    ललितपुर, । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ । चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङ, चलचित्रका निर्देशक किशोर सुब्बा र निर्माता मनि ताम्लिङको उपस्थितिमा ट्रेलर सार्वजानिक भएको हो ।

    लिम्बू भाषामा निर्मित चलचित्रको नेपाली अर्थ ‘पैचो’ हुन्छ । सिक्किमको क्याम्पसस्तरमा पढाई हुने थेत्लङ उपन्यासलाई चलचित्रमा ढालिएको हो । उपन्यासका लेखक देउमान होन्दाक लिम्बू हुन् ।

    चलचित्रका संगीतकार समेत रहेका यादन शेर्माले स्वागत मन्तव्य दिँदै चलचित्र कस्तो भन्ने कुरा हेरेर मात्रै थाहा हुने बताएका थिए । आफुले राम्रो छ भन्दा विज्ञापन गरेजस्तो हुने बताए यद्यपि चलचित्रको लागि मेहनत भने प्रशस्त रहेको जानकारी दिएका ।

    चलचित्रका निर्देशक किशोर सुब्बाले बैरागी काइलाले दिएको सुझाव लिम्बू भाषामा आधुनिकता ल्याउनुपर्ने लाई मनन् गर्दै चलचित्र बनाइएको बताए । सिक्किमको युनिभर्सिटीमा पढाइ हुने यस उपन्यासलाई बनाउन सकिँदैन कि भन्ने डर पनि भएको तर विकासले फड्को मारिसकेको अवस्थामा भाषा लिम्बू बोलेता पनि आधुनिकता प्रयोग गर्न सकिने सुब्बाको विचार थियो ।

    सिकिमका कलाकार सबै नयाँ भएता पनि सिक्किमे कलाकारहरु अत्यन्तै अनुशासित र एजुकेटेड रहेको बताए । चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्य प्रकाश चेम्जोङले गुणस्तरीय चलचित्र ल्याउन छलफल भएको र छलफल भएको बताएका थिए ।

    बहस, रिसर्च गरेर कसरी गुणस्तरीय चलचित्र बनाउन सकिन्छ भन्नेमा जानुपर्छ । ५० बर्ष अघिको कथा त्यही हिसाबले भने बुझ्दैनन् । अहिलेकै हिसाबले बुझाउनुपर्छ त्यसो गरे ३ सय बर्ष अघिको कथा पनि बुझाउन सकिने चेम्जोङको तर्क थियो । यसै वर्ष ३ वटा चलचित्र आउन लागेकोमा सबैले एकाअर्कालाई सहयोग गर्दै लैजानुपर्ने बताए ।

    चलचित्रका मुख्य पात्र विशाल सेनेहाङले सिकिमको जाडोमा आपूmले लगायत सम्पूर्णले मेहनत गरेको बताए । थेत्लङ अरुभन्दा फरक फिल्म रहेको बताए । प्रेमकथामा आधारित फिल्म रहेको यसमा नौलोपन दिन सकिने या नसकिने त्यो चै फिल्म आएपछि थाहा हुने बताए ।

    प्रमुख अतिथि यासेली योङहाङले थेत्लङ चलचित्र लिम्बू संकार र संस्कृतिको आखाले हेर्ने हो भने राम्रो देखिने बताए । सामुहिकतालाई अङ्गाले कुनैपनि काम फत्ते गर्न सजिलो हुने बताए । किशोर सुब्बा दुःखी निर्देशक रहेको, दौडिरहेको तर अहिलेसम्म लक्ष्यमा नपुगेको विश्लेषण गरेका थिए । ल्यापटप र कम्प्युटरमा अलमलिएको समयले आफ्नो भाषा, संस्कृति पनि अलमलियो कि भन्ने जिज्ञासा राख्दै थोरै समय दिनका लागि अनुरोध समेत गरे ।

    चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार मनि ताम्लिङले फिल्मको नामको सन्दर्भमा उपन्यासमा लेखिएकै लेखेको बताए । आफुलाई लिम्बू फिल्म बनाउने सपना रहेको र उक्त सपना पूरा भएको बताए ।

    यस चलचित्रका संगीतकार कुल्वा सुब्बा, पविन आङ्देम्बे रहेका छन् । त्यसैगरी मनु नेम्बाङ, विष्णु चेम्जोङ, सीता सिंगक, मनि ताम्लिङ, यादन सेर्मा, गंगा फियाक, एमएस लिम्बू, रामदुःखी आङ्देम्बेले स्वर दिएका छन् । देउमान लिम्बू होन्दोक, दिलसिंह मेन्याङ्बो, सागर केरुङ, यादन सेर्माको स्वर रहेका यस चलचित्रका अर्का निर्माता विराज लिम्बू हुन् ।

    विशाल सेनेहाङका साथमा अन्य कलाकारहरु दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बू, शान्ति लिम्बू, मुनाहाङ लिम्बू, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बू, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङले अभिनय गरेका छन् ।

    कार्यक्रममा निर्देशक लोकेन साँवा, मौसम इम्बुङ, निमात्री इत्छिङ्सा तुम्रोक पंधाक, गायिका सीता सिंगक, याक्थुङ हाक्पारे पालाम सयङका महासचिव शैलेन्द्र थेबे, विश्व मानव उत्थान तथा मेलमिलाप संघका अध्यक्ष काजी लिम्बू, नायिका लक्ष्मी योङहाङ, गीतकार मीना सिंगक आदिको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं