
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् । नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए । केही समय अगाडि मलेसिया र सिंगापुरमा उनले गरेको प्रदर्शनका आधारमा उनी आईसीसीको बरितयामा अगाडि आउन सफल भएका हुन् ।
उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन् । यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि छन् । यस्तै ब्याटिङमा पनि कप्तान खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन् । धोनी ६७ औं स्थानमा रहेका छन् । यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडि रहेका छन । गेल ७३ औं स्थानमा छन् । यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा एथावत छन ।
त्यस्तै सरकारी हस्तक्षेपका कारण आईसीसीको प्रतिबन्ध भोगेको जिम्बाबे क्रिकेट टिमलाई अर्को ठुलो झट्का लागेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले मंगलबार जिम्बाबेको पुरुष र महिला दुवै टिमलाई टि-२० विश्वकप छनौटमा समेत सहभागी हुन नदिने भएको हो। जिम्बाबेको सट्टा नाइजेरियाले टि-२० विश्वकप छनौट २०१९ मा सहभागिता जनाउने आईसीसीले बताएको छ। नाइजेरिया २०२० अन्डर-१९ विश्वकपमा समेत छनौट भइसकेको छ। आगामी महिना स्कटल्याण्डमा आयोजना हुने महिला टि-२० विश्वकप छनौटमा जिम्बाबेको सट्टा नामिबियालाई मौका दिईएको छ।
११ अक्टोबर देखि युएईमा आयोजना हुने टि-२० विश्वकप छनौट प्रतियोगितामा आयोजक युएई, हंगकंग, आयरल्याण्ड, जर्सी, केन्या, नामिबिया, नेदरल्याण्ड, ओमान, पपुवा न्यु गिनी, स्कटल्याण्ड, सिंगापुर, नाइजेरिया र यो महिना अन्त्यमा अमेरिकाज फाइनलबाट आउने अन्य २ गरि १४ टोलि सहभागी हुनेछन्। यस्तै महिला टि-२० विश्वकप छनौटमा स्कटल्याण्ड, बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, थाईल्याण्ड र अमेरिका र नामिबियाले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल गत हफ्ता सिंगापुरमा सम्पन्न टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा तेश्रो स्थानमा रहेपछि टि-२० विश्वकप छनौटमा पुग्न असफल भएको थियो। सिंगापुर प्रतियोगिताको विजेताको रुपमा र युएई प्रतियोगिता आयोजकको रुपमा छनौट भइसकेको छ। नाइजेरिया टि-२० विश्वकप छनौट ( अफ्रीका फाइनल ) प्रतियोगितामा तेश्रो भएको थियो। नामिबिया पहिलो र केन्या दोश्रो हुँदै छनौट भएको थियो। अफ्रिकाको टिम भएको हुँदा उक्त अफ्रीका छनौटमा तेश्रो स्थान हाँसिल गरेता पनि जिम्बाबेको ठाउँमा नाइजेरीयाले ठुलो अवसर पाएको हो। आईसीसीले पनि जिम्बाबेको सट्टा सोहि क्षेत्रको टिमलाई मौका दिएको बिज्ञप्तिमा लेखेको छ।
आईसीसीले जिम्बाबेको सट्टा अफ्रीकाकै अर्को टिमलाई मौका दिएपछि नेपाली क्रिकेट टिम वरियतामा ११ औं स्थानमा रहेको कारण आईसीसीले मौका दिन सक्ने झिनो आशाको पनि अन्त्य भएको छ। टि-२० विश्वकप छनौटमा सहभागी हुने १४ टिमबाट २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको लागि उत्कृस्ट ६ टिम सहभागी हुनेछन्। नेपाल क्रिकेट संघलाई पनि आईसीसीले निलम्बन गरेको छ तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन र क्रिकेटरलाई तलब भने दिईरहेको छ। जिम्बाबेलाई लामो समय देखि आईसीसीले चेतावनी दिईरहेको कारण कडा सजाय दिएको हो। आईसीसीले दिने बजेट र सहभागिता समेत जिम्बाबेको रोक्का भएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया