SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२२ गते
    १२२६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । भारतकी भूतपूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री शुस्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । उनलाई मङ्गलवार साँझ दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो ।

    स्वराजको निधन कार्डिएक अरेस्टका कारण भएको बताइएको छ । उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको बताइएको छ । कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसै कारण मुटुको धड्कनको तालमेल बिग्रिने चिकित्सकहरू बताउँछन् ।

    पच्चीस वर्षको उमेरदेखि राजनीतिक यात्रा थालेकी स्वराजका राजनीतिक गुरु चाहिँ वरिष्ठ भाजपा नेता लालकृष्ण आडवाणी थिए । उनको अन्तिम संस्कार बुधवार दिल्लीमा राजकीय सम्मानका साथ हुने कार्यक्रम छ । गत वर्ष उनले सन् २०१९ को चुनाव नलड्ने घोषणा गरेकी थिइन् । उनले त्यस्तो घोषणा गरेपछि उनका पति तथा भूतपूर्व राज्यपाल कौशलले भनेका थिए, ‘एउटा समय आएपछि मिल्खा सिंहले पनि दौडिन बन्द गरेका थिए ।

    यिनी त विगत ४१ वर्षदेखि चुनाव लड्दै आइरहेकी छन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै स्वराजप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मोदीले ट्विटरमा लेखेका छन्, ‘भारतीय राजनीतिको एउटा महान् अध्याय समाप्त भएको छ । भारत एउटी असाधारण नेताको निधनको शोकमा डुबेको छ ।

    सुषमा स्वराज महान् व्यक्ति थिइन् । जसले मानिसको सेवा र गरिबहरूको जिन्दगी अझै राम्रो बनाउन आफ्नो जीवन समर्पण गरिदिइन् ।’ उनले अर्को ट्वीटमा लेखेका छन्, ‘सुषमाजी एक अद्भुत वक्ता तथा गजबकी सांसद थिइन् । उनलाई सबै दलले सम्मान गर्थे । उनले भाजपाको हित र सिद्धान्तसँग कहिल्यै सम्झौता गरिनन् ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वराजको निधनमा दुःख व्यक्त गर्दै भारत सरकार, भारतीय जनता र शोकसन्तप्त परिवारसँग सहानुभूति व्यक्त गरेका छन् । स्वराजले आफूलाई भाइ भन्ने गरेको सम्झना ओलीले ट्विटरमा गरेका छन् । आफ्नो शोक सन्देशमा भाजपाका अध्यक्ष एवं गृहमन्त्री अमित शाहले स्वराजको निधनबाट उनको मन अत्यन्त दुःखी भएको उल्लेख गरेका छन् ।

    कांग्रेस पार्टीका नेता राहुल गान्धीले आफू स्वराजको निधनको खबरले स्तब्ध भएको भन्दै ट्विटरमा सन्देश लेखेका छन् । मध्यप्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि ट्विटरमा सन्देश लेख्दै स्वराजप्रति समवेदना व्यक्त गरेका छन् । स्वराजलाई अस्पतालमा भेट्न पुगेका कांग्रेस नेता गुलाम नबी आजादले सुषमा स्वराजको बारेमा भने, ‘म सधै सोध्ने गर्दथे बहिनी तपाईँलाई कस्तो छ ?

    उनी मलाई सोध्ने गर्थिन् दाई तपाईँलाई कस्तो छ ? हाम्री एक बहिनी अब यो संसारमा रहिनन् । उनी गजबकी वक्ता थिइन् । उनलाई हामी सधै सम्झिरहने छौँ ।’ स्वराजको निधनको खबरप्रति केन्द्रीय मन्त्रीहरू र सत्तारूढ तथा विपक्षी दलका अन्य राजनीतिक नेताहरूले पनि दुःख व्यक्त गरिरहेका छन् ।

    सुषमा स्वराज भारतीय राजनीतिक वृत्तकी एक प्रखर तथा ओजस्वी वक्ता, प्रभावशाली सांसद र कुशल प्रशासकको रूपमा चिनिएकी थिइन् । कुनै समयमा भाजपाका नेता अटलविहारी वाजपेयीपछि सुषमा स्वराज र प्रमोद महाजन निकै लोकप्रिय वक्ता मानिन्थे । उनी संसददेखि सडकसम्मै लोकप्रिय थिइन् । सुषमा स्वराजलाई दिल्लीकी डी–चार अर्थात् चार लोकप्रिय नेताहरू मध्येकी एक मानिएकी थिइन् ।

    उनले विगत चार दशकमा ११ पटक चुनाव लडेकी थिइन् । तीमध्ये तीन विधानसभा चुनाव थिए । जुन उनले जितिन् । उनी सात पटक सांसद भइसकेकी छन् । उनी संस्कृत, हिन्दी र अङ्ग्रेजीमा धाराप्रवाह बोल्न सक्थिन् ।

    भारतको विदेश मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सुषमा स्वराज इन्दिरा गान्धीपछिकी दोस्री महिला नेत्री हुन् । विदशमन्त्रीका रूपमा सुषमा स्वराज ट्विटरमा निकै सक्रिय रहेकी थिइन् । विदेशमा फसेका भारतीय नागरिकलाई सहयोग गर्ने विषयमा उनले निकै चासो दिने गरेकी थिइन् ।

    उत्तरी छिमेकी नेपालमा सन् २०१५ मा विनाशकारी भूकम्प आएपछि सहयोग जुटाउन आयोजित दाता सम्मेलनमा भारतीय विदेश मन्त्रीका हैसियतमा सुषमा स्वराज पनि सहभागी भएकी थिइन् । औपचारिक र अनौपचारिक रूपमा दिल्ली पुग्ने गरेका नेपालका प्रायः राजनीतिक नेताहरूसँग स्वराज परिचित थिइन् । बीबीसी

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता

    कास्की।,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त,...

    महेन्द्र मावि घार्मीको ३५ औं वार्षिकोत्सव सम्पन्न

    शिशिर, पोखरा ।पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण...

    पोखरा स्पोर्टस् अवार्डः वर्ष खेलाडी बने अरुणा र विश्वास

     पोखरा । नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास...

    पल, रमेश र आर्यनपछि ‘महाराजधिराज’मा वर्षाको इन्ट्री

    काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुनेक्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माणपक्षले...

    नेजाको नवौं अधिवेशनको तयारी पूरा ।

    बैकुण्ठ गिरी,अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को नवौं अधिवेशन मे १० र ११, २०२५...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं