
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
काठमाडौं । भारतकी भूतपूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री शुस्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । उनलाई मङ्गलवार साँझ दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो ।
स्वराजको निधन कार्डिएक अरेस्टका कारण भएको बताइएको छ । उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको बताइएको छ । कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसै कारण मुटुको धड्कनको तालमेल बिग्रिने चिकित्सकहरू बताउँछन् ।
पच्चीस वर्षको उमेरदेखि राजनीतिक यात्रा थालेकी स्वराजका राजनीतिक गुरु चाहिँ वरिष्ठ भाजपा नेता लालकृष्ण आडवाणी थिए । उनको अन्तिम संस्कार बुधवार दिल्लीमा राजकीय सम्मानका साथ हुने कार्यक्रम छ । गत वर्ष उनले सन् २०१९ को चुनाव नलड्ने घोषणा गरेकी थिइन् । उनले त्यस्तो घोषणा गरेपछि उनका पति तथा भूतपूर्व राज्यपाल कौशलले भनेका थिए, ‘एउटा समय आएपछि मिल्खा सिंहले पनि दौडिन बन्द गरेका थिए ।
यिनी त विगत ४१ वर्षदेखि चुनाव लड्दै आइरहेकी छन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै स्वराजप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मोदीले ट्विटरमा लेखेका छन्, ‘भारतीय राजनीतिको एउटा महान् अध्याय समाप्त भएको छ । भारत एउटी असाधारण नेताको निधनको शोकमा डुबेको छ ।
सुषमा स्वराज महान् व्यक्ति थिइन् । जसले मानिसको सेवा र गरिबहरूको जिन्दगी अझै राम्रो बनाउन आफ्नो जीवन समर्पण गरिदिइन् ।’ उनले अर्को ट्वीटमा लेखेका छन्, ‘सुषमाजी एक अद्भुत वक्ता तथा गजबकी सांसद थिइन् । उनलाई सबै दलले सम्मान गर्थे । उनले भाजपाको हित र सिद्धान्तसँग कहिल्यै सम्झौता गरिनन् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वराजको निधनमा दुःख व्यक्त गर्दै भारत सरकार, भारतीय जनता र शोकसन्तप्त परिवारसँग सहानुभूति व्यक्त गरेका छन् । स्वराजले आफूलाई भाइ भन्ने गरेको सम्झना ओलीले ट्विटरमा गरेका छन् । आफ्नो शोक सन्देशमा भाजपाका अध्यक्ष एवं गृहमन्त्री अमित शाहले स्वराजको निधनबाट उनको मन अत्यन्त दुःखी भएको उल्लेख गरेका छन् ।
कांग्रेस पार्टीका नेता राहुल गान्धीले आफू स्वराजको निधनको खबरले स्तब्ध भएको भन्दै ट्विटरमा सन्देश लेखेका छन् । मध्यप्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि ट्विटरमा सन्देश लेख्दै स्वराजप्रति समवेदना व्यक्त गरेका छन् । स्वराजलाई अस्पतालमा भेट्न पुगेका कांग्रेस नेता गुलाम नबी आजादले सुषमा स्वराजको बारेमा भने, ‘म सधै सोध्ने गर्दथे बहिनी तपाईँलाई कस्तो छ ?
उनी मलाई सोध्ने गर्थिन् दाई तपाईँलाई कस्तो छ ? हाम्री एक बहिनी अब यो संसारमा रहिनन् । उनी गजबकी वक्ता थिइन् । उनलाई हामी सधै सम्झिरहने छौँ ।’ स्वराजको निधनको खबरप्रति केन्द्रीय मन्त्रीहरू र सत्तारूढ तथा विपक्षी दलका अन्य राजनीतिक नेताहरूले पनि दुःख व्यक्त गरिरहेका छन् ।
सुषमा स्वराज भारतीय राजनीतिक वृत्तकी एक प्रखर तथा ओजस्वी वक्ता, प्रभावशाली सांसद र कुशल प्रशासकको रूपमा चिनिएकी थिइन् । कुनै समयमा भाजपाका नेता अटलविहारी वाजपेयीपछि सुषमा स्वराज र प्रमोद महाजन निकै लोकप्रिय वक्ता मानिन्थे । उनी संसददेखि सडकसम्मै लोकप्रिय थिइन् । सुषमा स्वराजलाई दिल्लीकी डी–चार अर्थात् चार लोकप्रिय नेताहरू मध्येकी एक मानिएकी थिइन् ।
उनले विगत चार दशकमा ११ पटक चुनाव लडेकी थिइन् । तीमध्ये तीन विधानसभा चुनाव थिए । जुन उनले जितिन् । उनी सात पटक सांसद भइसकेकी छन् । उनी संस्कृत, हिन्दी र अङ्ग्रेजीमा धाराप्रवाह बोल्न सक्थिन् ।
भारतको विदेश मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सुषमा स्वराज इन्दिरा गान्धीपछिकी दोस्री महिला नेत्री हुन् । विदशमन्त्रीका रूपमा सुषमा स्वराज ट्विटरमा निकै सक्रिय रहेकी थिइन् । विदेशमा फसेका भारतीय नागरिकलाई सहयोग गर्ने विषयमा उनले निकै चासो दिने गरेकी थिइन् ।
उत्तरी छिमेकी नेपालमा सन् २०१५ मा विनाशकारी भूकम्प आएपछि सहयोग जुटाउन आयोजित दाता सम्मेलनमा भारतीय विदेश मन्त्रीका हैसियतमा सुषमा स्वराज पनि सहभागी भएकी थिइन् । औपचारिक र अनौपचारिक रूपमा दिल्ली पुग्ने गरेका नेपालका प्रायः राजनीतिक नेताहरूसँग स्वराज परिचित थिइन् । बीबीसी


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने

प्रतिक्रिया