
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं, ।
काठमाडौं । सूचना तथा प्रशारण बिभागले पत्रकार दिया चन्दको प्रेस पास रोकिदिएको छ । आम सन्चारगृहका पत्रकारले बिभागबाट पाउदै आएको पत्रकार परिचयपत्र लिन सोमबार र मंगलबार बिभाग धाएकी पत्रकार चन्दलाई खालि हात फर्काइएको छ । पत्रकार परिचयपत्रका लागि आवश्यक सबै कागजात पुर्याएर बिभाग पुगेकी चन्दले सबै प्रकृया पुरा गरेर रसिदसमेत काटिसकेको अवस्थामा महानिर्देशक कृष्ण मुरारी न्यौपानेकाे निर्देशनमा सूचना अधिकारी सुमन बज्राचार्यले आफ्नो प्रेस पास रोकिएको जानकारी दिएपछि उनले नेपाल पत्रकार महासंघ गुहारेकी छिन । इमान्दार मिडिया प्रालिद्वारा संचालित संचारकेन्द्र डटकमकी कार्यकारी सम्पादक समेत रहेकी चन्द आफ्नो मिडिया हाउसका ७ जना प्रेस प्रतिनिधिसहित बिभाग पुगेकी थिइन ।
बिभागले आफुबाहेक अन्य सहकर्मीहरुको भने पत्रकार परिचय पत्र उपलब्ध गराएको उनले बताइन । ‘हामी संचारकेन्द्रको टीम एकमुष्टमा नै पत्रकार परिचय पत्र लिने भनेर सोमबार नै बिभाग गएका थियै तर समय अभावका कारण आधा काम मात्रै भयो र पुनः मंगलबार पनि बिभाग जानुपर्यो ।’ उनले भनिन । सोमबार बिहान ११ बजे पुनः बिभाग पुगेकका संचारकेन्द्रका अन्य पर्तिनिधीले पत्रकार परिचय पत्र पाए पनि चन्द भने पाइनन् । ‘प्रेस पासका लागि आवश्यक सबै डकुमेन्ट् लिएर गएको थिए । सबै प्रकृया पुरा गरेर मैले ३ सयको रसिद पनि लिए तर अन्तिममा सूचना अधिकारी सुमन बज्राचार्यको कार्यकक्षमा फाइल त्यसै अड्काइएपछि के भएछ भनेर बुझ्न जादा तपाईलाई प्रेस पास नदिने भन्ने छ, त्यसैले तोक पनि लागेन अरुको काम भैसक्यो भनेर उहाँले भन्नुभयो ।’ उनले भनिन ।
बिभागले परिचयपत्र दिन नमानेपछि चन्द नजिकै रहेको नेपाल पत्रकार महासंघ पुगेकी थिइन । महासंघका अध्यक्ष गोबिन्द आचार्यले महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीलाई सहजीकरणका लागि बिभाग पठाएपछि चन्द, इमान्दार मिडिया प्रालिका अध्यक्ष पत्रकार कमल बुढा, क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका महासचिव बाबुराम भुषाल र संचारकेन्द्रकै सम्पादक दिपक बहादुर बुढा पुनः बिभाग पुगेका थिए । तर उनीहरु बिभाग पुग्दा महानिर्देशक न्यौपाने भने कार्यकक्षमा नभेटिएपछि महासंघका केन्द्रीय सदस्य जैशी नेतृत्वको टोलीले विभागका निर्देशक तथा प्रवक्ता ध्रुब कुमार पोखरेललाई भेटेको थियो । प्रवक्ता पोखरेलले पत्रकार चन्दमाथि अनुसन्धान भइरहेका कारण प्रेसपास रोकिएको जानकारी दिए पनि के कति कारणले अनुसन्धान भइरहेको हो भन्ने खुलाउन चाहेनन् ।
आफ्नो प्रेस पास रोकिएपछि चन्दले सूचनाको हकबमोजिम बिभागसंग सत्यतथ्य सूचना र कारण समेत माग गर्दै निवेदन दिएकी छिन । ‘मेरो पत्रकारिता जीवनमाथि नै धक्का लाग्नसक्ने गरी सूचना बिभागले मेरो प्रेस पास नै रोकेपछि त्यो केकति कारणले रोकियो भनेर जान्ने मेरो अधिकार त हुनुपर्यो नि ?’ उनले अगाडि भनिन, – ‘त्यसकारण आजै मैले सूचनाको हक सम्बन्धि ऐन २०६४ तथा नियमावली २०६५ बमोजिम के-कति कारणले मेरो प्रेस पास रोकियाे भनेर निवेदन पनि दिएकी छु ।’ उनले भनिन् । पत्रकार चन्दले राजनीतिक आग्रहपूर्वाग्रहको आधारमा आफूमाथि बिभागले अन्याय गरेको दावी गरेकी छिन । संचारकेन्द्रले नेकपा सर्लाही इन्चार्ज कुमार पौडेल हत्याको तस्वीर सार्वजनिक गरेपछि केहि अपराधिक महासिकता भएका व्यक्तिहरुले नियोजितरुपमा आफूहरुलाई दुख दिन अनेक षडयन्त्र गरिरहेको उनले बताइन । आफ्नो प्रेस पास रोकिनुको कारण उक्त तस्वीर पनि भएको उनले बताइन ।
विभागका महानिर्देशक कृष्ण मुरारी न्यौपानेको ठाडो निर्देशनमा सबै डकुमेन्ट् पुर्याउदा पनि कुमार पौडेल हत्याकाण्डको तस्वीर सार्वजनिक गरेर राज्यलाई असहयोग गरेको, विप्लव नेतृत्वको नेकपालाई सहयोग पुग्ने गरी समाचारहरु लेखेको भन्दै बिभागले प्रेस पास रोकिदिएको उनको दावी छ । क्रान्तिकारी पत्रकार सङ्गठन नेपालकी केन्द्रीय सदस्य समेत रहेकी चन्दले यसअघि आफु कार्यरत संचारकेन्द्र डटकम नवीकरणका क्रममा समेत बिभागले अनेकन ब्यबधानहरु खडा गर्ने प्रयत्न गरेको तर त्यो सफल हुन नसकेपछि आफुलाई व्यक्तिगतरुपमा दुख दिन प्रेस पास रोकिएको बताइन ।
सञ्चारकेन्द्रलाई बिसेष निगरानीमा राख्नेदेखि अनलाइन रिनु गर्न अबरोध गर्ने र नसके सम्पादकीय समुहमा रहेका व्यक्तिहरुको प्रेसपास खोसेर पत्रकारिता गर्न नदिने, पेशाबाट बिमुख गराउने, उनीहरुले समाचार, लेख लेखेपछि अपराधीहरुलाई लगाइने कानुन लगाएर दण्डित गर्ने गरी सञ्चारमंत्री गोकुल बास्कोटाले नै निर्देशन दिएका कारण सुचना तथा प्रसारण विभागका निर्देशकले पत्रकार चन्दलाई प्रेसपास नदिन निर्देशन दिएको बुझिएको छ । केही समय अगाडी मन्त्री बास्कोटा आफैले एक पत्रकार सम्मेलनमा विप्लव नेतृत्वको नेकपालाई सहयोग पुग्ने गरी समाचार सम्प्रेषण गर्ने ६ वटा मिडियालाई उच्च निगरानीमा रखिएको बताएका थिए ।
सञ्चारकेन्द्रलाई सरकारी श्रोतले दिएको जानकारी अनुसार ति ६ वटा मिडियामध्ये सञ्चारकेन्द्र डटकम पनि एक हो । यस्तै इमान्दार मिडिया प्रालिका अध्यक्ष कमल बुढाले आफ्नो मिडिया हाउसद्वारा संचालित सञ्चारकेन्द्र डटकमकी कार्यकारी सम्पादक चन्दलाई सुचना विभागले दुई दिनभित्र प्रेस पास उपलब्ध नगराए विभागका महानिर्देशकका विरुद्ध अदालत जाने जानकारी दिएका छन् । साथै अध्यक्ष बुढाले जनयुद्दकालमा समेत नरोकिएको पत्रकार परिचय पत्र रोकेर सुचना विभागले पत्रकारहरुमाथि हदैसम्मको तल्लोस्तरको ब्यबहार गरेका कारण सम्पूर्ण सञ्चारकर्मी र पत्रकार संघसंगठनको ध्यानाकार्षण गराएका छन् । बुढाले नागरिकलाई सत्यतथ्य सुचना प्रबाह गर्ने योद्धाकारुपमा स्थापित हुदै गइरहेकी पत्रकार चन्दमाथि माथिको निर्देशन भन्दै सूचना विभागका महानिर्देशकले प्रेसपास समेत रोक्न दिएको निर्देशनका बिषयमा आवाज उठाउन सम्पूर्ण मनाबधिकारकर्मी नागरिक समाज र आम नागरिकसमक्ष अनुरोध गरेका छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया