SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२१ गते
    १११९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    गण्डकी प्रदेश कै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता छैठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को पहिलो अडिसन पोखरामा सम्पन्न भएको छ । एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगिताको छैठौँ संस्करण हो । यस प्रतियोगितामा कुल २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुनेछन् । पहिलो अडिसनबाट १० जना छनौट भइसकेका छन् भने आगामी भाद्र ६ गते हुने दोस्रो अडिसनबाट १० जना छनौट गरी कुल २० जनालाई प्रतियोगिताको प्रशिक्षणका लागि सहभागी गराइने एसटी क्रियशनका निर्देशक इनिशा दुरा मगरले जानकारी दिएकी छिन् ।

    पहिलो अडिसनको निर्णायकमा मुग्लान रेष्टुरेण्टका जनरल म्यानेजर सन्तोष गुरुङ, मिस मगर नेपाल २०१९ की विजेता सनम गर्बुजा मगर, मिस गण्डकी सिजन ५ की फस्ट रनरअप स्नेहा गुरुङ र एसटी क्रियशनका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर सुरज थापा लगाएत रहेका थिए ।

    करीब एक महिनासम्म चल्ने विभिन्न प्रशिक्षणबाट सहभागीहरुले आत्मविश्वास, सामाजिक उत्तरदायित्व, व्यक्तित्व तथा नेतृत्व विकास, बोल्ने कला, सौन्दर्य तथा फेसन सम्बन्धी ज्ञान, आत्मनिर्भरता लगाएतका विषयमा सिक्न पाउने छन् । प्रतिस्पर्धीहरुलाई मिस नेपाल २००५ सुगारिका केसी, मिस नेपाल इन्टरनेश्नल २०१७ नीति शाह, कलाकार तथा क्याप्टेन विजय लामा, चलचित्र क्षेत्रका चर्चित कलाकारहरु लगाएत पोखराका सम्बन्धी क्षेत्रमा दक्ष व्यक्तित्वहरुबाट प्रशिक्षण दिइने छ ।

    प्रशिक्षणको अवधीमा प्रतिस्पर्धीहरुलाई आत्मविश्वास अभिवृद्धि गराउने हेतुले फोटोसुट, भिडियोसुट तथा अवलोकन भ्रमण समेत गराइने निर्देशक थापाले बताए । गएका वर्षहरुभन्दा यस वर्ष थप गुणस्तरियता तथा व्यापकतालाई मध्येनजर गर्दै कार्यक्रमको गरिमालाई थप उचाईमा पु¥याउने लक्ष्य सहित कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् ।

    असोजको दोस्रो साता पाँचतारे होटलमा हुने फाइनल कार्यक्रममा विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित स्कुटर प्राप्त गर्ने छन् । त्यस्तै फस्ट रनरअपले नगद ७० हजार, सेकेण्ड रनरअपले नगद ५० हजार र थर्ड रनरअपले नगद २५ हजार सहित अन्य उपहार प्राप्त गर्ने प्रबन्ध निर्देशक थापाले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरु मार्फत सहयोग आउने क्रम जारी रहेकाले प्रायोजकहरुका विषयमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइने उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कोटिहोमचोक घोषणा,चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने,

    पोखरा,। पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट...

    “दैनिक ५० लाख भ्रष्टाचार : गम्भीर निर्णयको समय आएको प्रचण्डको चेतावनी”

    पर्वत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैनिकरूपमा ५०...

    विन्ध्येश्वरी आदर्शमा निर्वाचन मार्फत विद्यार्थी प्रमुख तथा उपप्रमुख चयन

    शिशिर,पोखरा । पोखराको मोहोरीया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा निर्वाचन प्रक्रिया मार्फत विद्यार्थी प्रमुख...

    प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

    पोखरा।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ।...

    कुश्मा नगरपालिकाले ४० जना युवा युवतीलाई सिप सिकाउँदै

    पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ ।बैदेशिक रोजगार बोर्डको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं