SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२० गते
    १३५१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा जारी ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ अन्तर्गत दोश्रो चरणको अडिशन सम्पन्न भएको छ । दोश्रो चरणको अडिशनबाट विभिन्न जिल्लाका ३२ प्रतिस्पर्धी छनौट भएका छन् ।

    ‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथ सञ्चालित उक्त ट्यालेण्ट क्वेष्टको पहिलो चरणमा १६ जना छनौंट भएका थिए । अडिशन दिनका लागि म्याग्दी, पर्वत, बाग्लुङ्ग, स्याँँग्जा, लम्जुङ्ग, कास्की लगायतका जिल्लाहरुबाट ६० जना प्रतिस्पर्धीहरु आएका थिए ।

    प्रतिस्पधीहरुबाट दोश्रो चरणमा आकांक्षा गुरुङ्ग, सरु परियार, विपना विक, पुष्पा नेपाली, माधवी आचार्य, विपना रायमाझी, निशा परियार, रबीना अधिकारी, अञ्जन बराल, खुसि गुरुङ्ग, दुर्गा सुनार, राज परियार, रिमा सुनार, स्वेता सुवेदी, दिब्या गुरुङ्ग, सविना अधिकारी, एञ्जल रायमाझि, कुसुम गुरुङ्ग, धनराज श्रेष्ठ, साजन सुनुवार, एनी गुरुङ्ग, प्रिती कार्की, समृद्धी श्रेष्ठ र महिमा दर्नाल छनौट भएका छन् ।

    त्यसैगरि राजन तामाङ्ग, श्रृष्टी राई, एलिशा गुरुङ्ग, रितिसा श्रेष्ठ, रिहाना बाँस्तोला, जलन गुरुङ्ग र पवित्रा मगरपनि दोश्रो चरण पार गर्न सफल भएको कार्यक्रमका संयोजक हरि रम्तेलले जनाए ।

    एच.आर.फ्रेमिङ्ग र पिएम प्रिण्टिङ्ग अफसेट प्रेशको सहयोग तथा निश्चल डान्स एकेडेमिको सहकार्यमा जारी प्रतियोगिता अन्तर्गत डान्सिङ्गतर्फ प्रथम, द्वितिय र तृतीय हुने प्रतिस्पर्धीले क्रमश ः नगद ३० हजार, २० हजार र १० हजार सहित प्रमाण–पत्र, म्युजिक भिडियो, जोमसोम प्याकेज तथा अन्य आकर्षक गिफ्ट ह्याम्पस पुरस्कार प्राप्त गर्ने व्यवस्थापक प्रविन मगरले जानकारी दिए । आगामी २५ गते शनिबार तेश्रो अडिशनसंगै दोश्रो चरणको कार्यक्रम शुरु गरिने मगरले बताए ।

    कार्यक्रममा ड्रिम पिक्चरले फोटो तथा भिडियोग्राफीका लागि सहयोग गरेको छ भने इन्दे्रणी क्याफे एण्ड बार, पुष्पाञ्जली फ्लावर हाउस, ढुङ्गेसाँघु कटेज, ह्यावन रेष्टुरेण्ट, टाउन रेष्टुरेण्ट एण्ड बार, प्रोफेशनल एजुकेशन, होटल ड्रिम, गण्डकी फुड्स क्याफे, मिलनसार रेष्टुरेण्ट, एच के मोवाइल, जर्मन सेक्युरिटी, लगायतले सहयोग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं