SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/१५ गते
    १४४० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । ९ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् ।
    कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षिय विष्णुहरी पराजुली पक्राउ परेका हुन् ।

    पराजुलीले साउन ६ गते सोहि स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुव्र्यवहार गरेको पिडित परिवारको उजुरीपछि मंगलवार दिउँसो गाउँबाटै पक्राउ गरिएको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो । स्थानीय मिल नजिकै दुव्र्यवहार गरेको तर बलत्कारनै भने नभएको प्रहरीले जनाएको छ ।

    आरोपित पराजुलीलाई मंगलवारनै जिल्ला अदालत पर्वतवाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको छ । उक्त घटना यस अघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भएपनि पिडित परिवारहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरिक्षक रायमाझीले जानकारी दिनुभयो । आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बिजयी भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं