काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो । कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई...बाँकी
काठमाडौं । सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ ।प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन्...बाँकी
पर्वत, । काठमाडौँमा हिजो भएको अप्रत्याशित घटनामा ज्यान गुमाएका दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै पर्बतका सबै संस्थागत (निजी) विद्यालय आज एक दिनका लागि बन्द रहने भएका छन्। अस्वाभाविक बनेको राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै एक दिन विद्यालय...बाँकी
काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ ।अस्पतालका अनुसार ११...बाँकी
बैकुण्ठ गिरी, शासफ्रान्नसिस्को । नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा नेपालमा जेन–जी पुस्ताको समुहले गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) निन्दा र भत्र्सना गरेको छ । आज नेपाल अमेरिका पत्रकार...बाँकी
राज शर्मा । नेपालमा आज भएको Gen Z आन्दोलन केवल कुनै सामान्य विरोध होइन, यो नयाँ पुस्ताको ऐतिहासिक आवाज हो । युवाहरूले भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रतामाथि भएको अङ्कुश र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध आवाज शान्तिपूर्ण प्रदर्शन गर्दा...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए ।...बाँकी
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो...बाँकी
काठमाडौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७...बाँकी
काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७...बाँकी