
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । पर्वतको जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अघिल्लो गाउँसभावाट अनुमोदन गरिएको चालु आर्थिक वर्षको बजेट संसोधन गरेको छ ।
चालु आर्थिक वर्षका लागि रु. ५९ करोड ५४ लाख रुपैयाको अनुमानित बजेट सार्वजनिक गरिएकोमा आन्तरिक आम्दानी लगायत विभिन्न श्रोतवाट प्राप्त हुने बजेट कम भएपछि संसोधन गरिएको हो । संशोधित बजेट अनुसार रु. ५५ करोड ६८ लाख ३६ हजार ८ सय कायम गरिएको छ । अघिल्लो बजेट भन्दा रु. तीन करोड ८५ लाख ६३ हजार दुई सय रुपैया घटाईएको हो । गााउँसभामा उपाध्यक्ष दिपक आचार्यले राख्नुभएको बिनियोजन ऐन संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको हो ।
यसैगरी महालेखा परिक्षकको कार्यालयवाट गत आर्थिक वर्ष ०८१/०८२ को प्रतिवेदनमा औल्याईएका अनियमित बेरुजुहरुलाई सम्परिक्षणको लागि गरिएको निर्णयहरु र बेरुजुको शिर्षकहरु समेत प्रस्तुत गरिएको थियो । यसैगरी गाउँ सभाले लुङ्दी आधारभुत विद्यालयमा कक्षा ९ संचालन गर्न अनुमती समेत प्रदान गरेको छ । कक्षा ८ सम्म संचालन हुँदै आएको उक्त विद्यालयका विद्यार्थीहरु कक्षा ९ अध्ययन गर्न छिमेकी जिल्ला वाट घण्टौ लगाएर अन्यत्र जानुपर्ने बाध्यता भएपछि कक्षा ९ संचालनको अनुमति दिईएको गाउँपालिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।
गाउँ अधिवेशनकै अवसरमा पालिकाका विभिन्न उत्कृष्ट कर्मचारी र अन्य व्यक्तिहरुलाई सम्मान गरिएको छ । उत्कृष्ट कर दाता विष्णु पुन, उत्कृष्ट उपभोक्ता समिति बुढीकुलो बाढी नियन्त्रण उपभोक्ता समिति, उत्कृष्ट जन प्रतनिधि रूपबहादुर पुन, उत्कृष्ट निर्माण व्यवसायी सक्षम बिल्डर्स प्रा. लि, उत्कृष्ट संस्था जनआश्रित टोल विकास संस्था र उत्कृष्ट कर्मचारीहरू; सहायक शिक्षा अधिकृत देवी रिजाल, सहायक लेखा अधिकृत महेन्द्र सुवेदी, सब इन्जिनियर पुकार सापकोटा, सहायक कम्प्युटर अधिकृत शिव शंकर राय यादव र सहायक कम्प्युटर अपरेटर पूर्ख बहादुर पुजालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष आचार्यले चालु आर्थिक वर्षको साउनदेखि चैत्रसम्म भएका गाउँपालिकाका विषयगत शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हालसम्म पुँजीगत खर्च २२ प्रतिशत र चालु खर्च ५३ प्रतिशत भएको छ । त्यसैगरी वडस्तरीय योजना १४ वटा सम्पन्न भएका छन् भन् पालिका स्तरीय योजना सातवटा सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया