
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, युवा स्वरोजगार र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। बुधबार सम्पन्न २१औँ गाउँसभामा अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय स्रोत, सम्भावना र आवश्यकतामा आधारित विकासमार्फत ‘समुन्नत जलजला, सुखी जलजलावासी’ निर्माण गर्ने लक्ष्य लिइएको बताए।
गाउँपालिकाले रोजगारी सिर्जना, पूर्वाधार विकास, सामाजिक न्याय, गुणस्तरीय सेवा प्रवाह तथा सुशासनलाई बजेटका मुख्य उद्देश्यका रूपमा अघि सारेको छ। दक्ष जनशक्ति उत्पादन, गरिबी न्यूनीकरण, दिगो पूर्वाधार निर्माण, सामाजिक सुरक्षा सुदृढीकरण तथा समतामूलक समाज निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।
क्षेत्रगत बजेट विनियोजनअनुसार पूर्वाधार विकास कार्यक्रमका लागि १ करोड ३५ लाख, वडा स्तरीय पूर्वाधार विकासका लागि ३ करोड १५ लाख, सामाजिक विकासका लागि ३ करोड १५ लाख, आर्थिक विकासका लागि ६२ लाख तथा विपद् व्यवस्थापनका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ। न्यायिक समिति, सुशासन तथा सार्वजनिक सेवा सुधारका कार्यक्रमका लागि समेत बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै १० शैयाको पालिका अस्पताल सञ्चालनका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। नाग्लीबाङ र धाइरिङ स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण र सञ्चालनका लागि पनि बजेट छुट्याइएको छ। निःशुल्क स्वास्थ्य परीक्षण, पोषण सुधार, मानसिक स्वास्थ्य परामर्श र किशोरकिशोरी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
शिक्षातर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, डिजिटल शिक्षण प्रणाली विस्तार, स्मार्ट बोर्ड जडान, शिक्षक क्षमता अभिवृद्धि तथा विज्ञान र प्रविधिमैत्री शिक्षामा जोड दिइएको छ। विद्यालय छाड्ने दर न्यूनीकरण, पुस्तकालय, विज्ञान प्रयोगशाला र सूचना प्रविधि पूर्वाधार विस्तारका कार्यक्रम पनि समेटिएका छन्।
कृषि क्षेत्रलाई आर्थिक विकासको आधार मानेर सुन्तला, आलु, किवी, तरकारी तथा फलफूल उत्पादन वृद्धि गर्ने योजना ल्याइएको छ। ‘बाँझो जमिन होइन, उत्पादनशील भविष्य हाम्रो’ अभियानमार्फत बाँझो जमिनको उपयोग, कृषि यान्त्रिकीकरण, बिउबिजन, कृषि बीमा तथा उत्पादनको बजारीकरणमा जोड दिइने भएको छ। पशुपालन क्षेत्रलाई सुदृढ बनाउन ‘एक वडा, एक प्राविधिक’ कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ।
पर्यटन प्रवर्द्धनका लागि गण्डकी गोपाल गोशाला, मल्लाज दरबार, राममन्दिर, शिवालयलगायत धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास गरिने भएको छ। ‘एक वडा, एक पदमार्ग’ र ‘एक वडा, एक झोलुङ्गे पुल’ कार्यक्रममार्फत पर्यटकीय गन्तव्यसँग पहुँच विस्तार गरिने गाउँपालिकाले जनाएको छ।
युवा स्वरोजगार, सीपमूलक तालिम, खेलकुद पूर्वाधार विकास तथा विदेशबाट फर्किएका युवाको अनुभवलाई स्थानीय आर्थिक गतिविधिमा उपयोग गर्ने नीति पनि समेटिएको छ। बालमैत्री स्थानीय शासन कार्यक्रमका लागि ९० लाख तथा पालिका स्तरीय खेल मैदान र बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ। हम्पाल क्षेत्रमा प्रविधि तथा नवप्रवर्तन सिकाइ केन्द्र निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ प्रस्ताव गरिएको छ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आयलाई बजेटको मुख्य स्रोत बनाइएको गाउँपालिकाले प्रस्तुत बजेटले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई गति दिने, रोजगारी सिर्जना गर्ने र समावेशी विकासको आधार मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया