
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पोखरा।पोखरा महानगरपालिका वडा नं. २०, भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।वडा कार्यालयले आयोजना गरेको शिविरबाट त्यस वडाका १ सय ५० बढीले स्वास्थ्य सेवा र परामर्श लिएका छन् । नेपाल मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा मुख्य गरी नाक, कान र घाँटी सम्बन्धि उपचार गरिएको वडा सदस्य गञ्जमान गुरुङले जानकारी दिए ।अस्पतालका डाक्टर सुजन गौतम,डा.दीपेन रानाभाटको नेतृत्वमा खट्टिएको विशेषज्ञसहितको टोलीले सहभागिको स्वास्थ्य जाँच गर्दै, आवश्यक औषधी र परामर्श दिएका थिए । वडाका बिभिन्न क्षेत्रबाट स्थानीयहरु शिविरमा सहभागि हुन आएका थिए । शिविरको उद्घाटन गर्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार भएको बताए ।
उनले स्थानीय स्तरमा प्रदान गरिने स्वास्थ्य सेवाले नागरिकको अधिकारलाई सुनिश्चित गरेको स्पष्ट पारे । वडा सदस्य गञ्जमान गुरुङले स्थानीय सरकार नागरिकका हरेक समस्यामा सँगै रहेको बताउँदै, आफुहरु निर्वाचित भएर आएपछि बिभिन्न सेवालाई नागरिकका घर घरमा पुर्याउने गरेको बताए । शिविरको व्यवस्थापन गरेका वडा सचिव रामप्रसाद तिवारी,भलाम स्वास्थ्य चौकीका प्रमुख विलासचन्द्र पौडेललगायतले जन स्वास्थ्यका विषयमा जानकारी गराएका थिए । सो शिविरमा प्राविधिक सहयोग गरेको मणिपाल शिक्षण अस्पतालले त्यस वडाका सेवाग्राहीलाई बहिरंग सेवामा ५०, विशेष परिक्षणमा २५ र १५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
पोखराको लामाचौरमा आयोजित रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एण्ड साईन्सले आयोजना गरेको कार्यक्रमबाट ४३ युनिट संकलन भएको कार्यक्रम संयोजक रोजी आचार्यले जानकारी दिईन् । कार्यक्रमको कलेजका प्राचार्य विश्वयुधिर पौडेलले पहिलो रक्तदाता कलेजका स्नातक तह संयोजक ई. रञ्जन अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । ११ औ जिसिईएस आई टि एक्स्पोको पुर्व सन्ध्यामा कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कार्यक्रममा बोल्दै प्राचार्य पौडेलले विज्ञान र प्रविधिले समेत रक्तदानलाई उत्कृष्ट कार्यका रुपमा परिभाषित गरेको बताए । उनले संस्थाले मानविय सेवाका क्षेत्रमा रक्तदान जस्तो महत्वपुर्ण कार्य गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रम संयोजक रोजी आचार्य, कलेजका सह प्राचार्य अशोक पराजुली, जिसिईएस आई टि क्लवका सचिव सुजनिता रिजाल, प्रादेशिक रक्त संचार केन्द्र, पोखराका प्राविधिक महेन्द्र केसी लगायतले पोखरामा रगतको अभाव रहेको बताउँदै, यस्ता कार्यक्रमलाई नियमित गर्न आग्रह गरे । कलेज र आइटी क्लवले नियमित रुपमा गर्दै आईरहेको आई टी एक्स्पोको ११ औं संस्करण यही असार ११ र १२ गते हुँदैंछ । कलेज परिसरमा हुने कार्यक्रममा विज्ञान र प्रविधिसँग सम्वन्धित बिभिन्न स्टल राखिने कलेजका ईञ्जिनियर दिनेश भण्डारीले जानकारी दिए ।
गतबर्ष आयोजित एक्स्पोमा पोखरा बाहिरका विद्यार्थी पनि सहभागी भई अवलोकन गरेको बताईएको छ ।
गण्डकी कलेजमा रक्तदान, ४३ युनिट संकलन


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया