
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, युवा रोजगार, महिला उद्यमशीलता, सहकारी सुधार, विपद् व्यवस्थापन तथा सुशासनलाई प्राथमिकतामा राख्दै ७५ करोड १८ लाख ५० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष हिरादेवी शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘गाउँपालिकाले बारीदेखि बजारसम्म’ अभियान सञ्चालन गरिने र कृषकलाई उत्पादन तथा बजारीकरणमा सहजता प्रदान गर्न कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिने जानकारी दिइन्।
गाउँसभामा प्रस्तुत बजेटअनुसार चालुतर्फ ५३ करोड १३ लाख ५० हजार रुपैयाँ र पुँजीगततर्फ २२ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार सिर्जना, सामाजिक विकास तथा पूर्वाधार विकासलाई बजेटको प्रमुख प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।
नीति तथा कार्यक्रमले घरेलु तथा महिला उद्यमलाई विशेष प्राथमिकता दिएको छ। स्टार्टअप व्यवसाय सञ्चालनका लागि ब्याज सहुलियत र अनुदानको व्यवस्था गरिने तथा महिला उद्यमीलाई आवश्यक सहयोग उपलब्ध गराइने उल्लेख गरिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका तथा स्वरोजगार बन्न चाहने युवालाई स्टार्टअप पूँजी उपलब्ध गराइने व्यवस्था समेत गरिने भएको छ।
‘युवासँग उपाध्यक्ष’ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै रोजगारमूलक र सीपमूलक तालिम सञ्चालन गरिनेछ। बेरोजगार युवालाई समेटेर प्रत्येक वडामा वडा स्तरीय विकास दस्ता गठन गरिने भएको छ। उक्त दस्तालाई विपद्का बेला उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यमा परिचालन गरिनुका साथै विभिन्न व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गरिनेछ।
गाउँपालिकाले सहकारी क्षेत्रको प्रभावकारी अनुगमन तथा नियमनलाई पनि प्राथमिकतामा राखेको छ। समस्याग्रस्त सहकारीलाई मर्जर, एक्विजिसन वा लिक्विडेसन प्रक्रियामा लैजाने नीति अवलम्बन गरिने भएको छ।
योजना कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनलाई नतिजामुखी बनाउने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा संघ, प्रदेश, निजी क्षेत्र र विकास साझेदारसँगको सहकार्य विस्तार गर्ने नीति पनि गाउँपालिकाले लिएको छ। गाउँपालिका स्थापना भएयता भएका विकास निर्माण तथा अन्य गतिविधिको डिजिटल अभिलेख तयार गरी संस्थागत स्मरणका रूपमा संरक्षण तथा प्रचारप्रसार गरिने जनाइएको छ।
वित्तीय अनुशासन, पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राख्दै वित्तीय व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
बजेटका स्रोतमा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त समानीकरण तथा विभिन्न अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी तथा सशर्त, समपूरक र विशेष अनुदान रहेका छन्। गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानीबाट मात्रै ११ करोड ९६ लाख ९० हजार रुपैयाँ संकलन हुने अनुमान गरेको छ।
शिक्षा क्षेत्रका लागि प्राथमिक बालविकास, शिक्षक तथा कर्मचारी व्यवस्थापन, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री, दिवा खाजा कार्यक्रम, शिक्षक तालिम, विद्यार्थी सिकाइ उपलब्धि अभिवृद्धि, आवासीय विद्यालय विकास, अतिरिक्त क्रियाकलाप तथा डिजिटल शिक्षण प्रणाली विस्तारका कार्यक्रम सञ्चालन गर्न २ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, सीप विकास, आयआर्जन प्रवर्द्धन, बालविवाह तथा दाइजो प्रथा न्यूनीकरणलगायत सामाजिक विकासका कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा ६३ करोड ६३ लाख ५० हजार रुपैयाँको बजेट रहेकोमा असारको पहिलो सातासम्म करिब ७९.४३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले प्रस्तुत गरेको आगामी वर्षको बजेट तथा नीति–कार्यक्रमले शिक्षा, कृषि, पर्यटन र सामाजिक विकासलाई केन्द्रमा राख्दै समृद्ध, उत्पादनमुखी र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया