
१फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८फेरि किन भयो ग्यास अभाव ?
९सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१०सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
४शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
पर्वत । जिल्लामा खेतीयोग्य जमिन बाँझो रहने क्रम वर्षेनि बढ्दै गएको छ। बसाइँसराइ, बाँदरको आतंक, कृषिमा यान्त्रिकीकरणको अभाव तथा युवा जनशक्तिको पलायनका कारण खेतीयोग्य जमिन प्रयोगविहीन बन्दै गएको हो।
कृषि सम्बन्धी तथ्यांक अनुसार पर्वत जिल्लामा करिब २५ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये १९ हजार हेक्टर क्षेत्रमा मात्रै खेती भइरहेको छ भने ६ हजार हेक्टरभन्दा बढी जमिन बाँझो अवस्थामा रहेको छ।
जिल्लाको खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टर क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ। बाँकी १५ हजार १०१ हेक्टर क्षेत्र अझै पनि सिँचाइ सुविधाबाट वञ्चित छ। पर्याप्त सिँचाइको अभावले पनि कृषकहरू खेतीप्रति आकर्षित हुन नसकेको सरोकारवालाहरू बताउँछन्।
पर्वतका सातवटै स्थानीय तहमा पछिल्ला वर्षहरूमा बाँझो जमिनको क्षेत्रफल बढ्दो क्रममा रहेको देखिएको छ। विशेषगरी ग्रामीण बस्तीहरूबाट युवाहरू रोजगारी र अध्ययनका लागि शहर तथा विदेशतर्फ पलायन भएपछि खेतीपाती गर्ने जनशक्ति घट्दै गएको छ। त्यसको प्रत्यक्ष असर कृषियोग्य जमिनमा परेको छ।
यता, पछिल्ला केही वर्षयता बाँदरका बथान गाउँ–गाउँमा पुगेर खेतीबाली नष्ट गर्न थालेपछि किसानहरू थप समस्यामा परेका छन्। दुःख गरेर लगाएको अन्नबाली र तरकारी जोगाउन नसकेपछि धेरै किसान खेतीबाट निराश बनेका छन्। केही कृषकले व्यावसायिक रूपमा तरकारी तथा फलफूल खेती गरे पनि बाँदर आतंक र प्राकृतिक विपत्तिका कारण अपेक्षित प्रतिफल प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।
बसाइँसराइले गाउँघर रित्तिँदै जाँदा खेतीयोग्य जमिन पनि प्रयोगविहीन बन्दै गएको छ। बाँदर आतंक नियन्त्रण तथा कृषि क्षेत्रमा आवश्यक पूर्वाधार विस्तार गर्न राज्यले प्रभावकारी पहल गर्न नसकेको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्। समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
४शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया