
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । जिल्लामा खेतीयोग्य जमिन बाँझो रहने क्रम वर्षेनि बढ्दै गएको छ। बसाइँसराइ, बाँदरको आतंक, कृषिमा यान्त्रिकीकरणको अभाव तथा युवा जनशक्तिको पलायनका कारण खेतीयोग्य जमिन प्रयोगविहीन बन्दै गएको हो।
कृषि सम्बन्धी तथ्यांक अनुसार पर्वत जिल्लामा करिब २५ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये १९ हजार हेक्टर क्षेत्रमा मात्रै खेती भइरहेको छ भने ६ हजार हेक्टरभन्दा बढी जमिन बाँझो अवस्थामा रहेको छ।
जिल्लाको खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टर क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ। बाँकी १५ हजार १०१ हेक्टर क्षेत्र अझै पनि सिँचाइ सुविधाबाट वञ्चित छ। पर्याप्त सिँचाइको अभावले पनि कृषकहरू खेतीप्रति आकर्षित हुन नसकेको सरोकारवालाहरू बताउँछन्।
पर्वतका सातवटै स्थानीय तहमा पछिल्ला वर्षहरूमा बाँझो जमिनको क्षेत्रफल बढ्दो क्रममा रहेको देखिएको छ। विशेषगरी ग्रामीण बस्तीहरूबाट युवाहरू रोजगारी र अध्ययनका लागि शहर तथा विदेशतर्फ पलायन भएपछि खेतीपाती गर्ने जनशक्ति घट्दै गएको छ। त्यसको प्रत्यक्ष असर कृषियोग्य जमिनमा परेको छ।
यता, पछिल्ला केही वर्षयता बाँदरका बथान गाउँ–गाउँमा पुगेर खेतीबाली नष्ट गर्न थालेपछि किसानहरू थप समस्यामा परेका छन्। दुःख गरेर लगाएको अन्नबाली र तरकारी जोगाउन नसकेपछि धेरै किसान खेतीबाट निराश बनेका छन्। केही कृषकले व्यावसायिक रूपमा तरकारी तथा फलफूल खेती गरे पनि बाँदर आतंक र प्राकृतिक विपत्तिका कारण अपेक्षित प्रतिफल प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।
बसाइँसराइले गाउँघर रित्तिँदै जाँदा खेतीयोग्य जमिन पनि प्रयोगविहीन बन्दै गएको छ। बाँदर आतंक नियन्त्रण तथा कृषि क्षेत्रमा आवश्यक पूर्वाधार विस्तार गर्न राज्यले प्रभावकारी पहल गर्न नसकेको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्। समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया