
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विद्यार्थी क्याप्टेन र उप क्याप्टेन छानिएका छन् ।संघीय निर्वाचनको नै झल्को दिने गरी भएको निर्वाचनवाट विद्यालय क्याप्टेनमा फुटवल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी अग्रिम अधिकारी निर्वाचित भएका छन् । उनले ३ सय ३४ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्वन्दी जियाना विकले २ सय ६५ मत प्राप्त गरिन् । त्यस्तै उप क्याप्टेनमा घडी चुनाव चिन्हका लियाना छन्त्यालले रिमा परियारलाई पराजित गरिन् । छन्त्यालले ३ सय ५९ मत प्राप्त गरिन् भने कम्प्युटर चुनाव चिन्ह लिएर चुनावमा होमिएकी परियारले २ सय १६ मत मात्रै ल्याईन् ।कक्षा ५ देखि १० सम्मका कुल ७ सय २१ मतदाता रहेकोमा ६ सय ७५ मत खसेको मुख्य निर्वाचन आयुक्तको जिम्वेवारी सम्हालेका सामाजिक विषयका शिक्षक कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।खसेको मध्ये क्याप्टेनमा ७६ र उपक्याप्टेनमा १ सय मत बदर भएको थियो ।
विहान ११ वजेवाट शुरु भएको मतदान दिउँसो २ वजेसम्म चलेको थियो । मतदान लगत्तै खट्टिएका विद्यार्थी पर्यवेक्षक, सुरक्षाकर्मि र प्रत्यासीका प्रतिनिधीको रोहवरमा मुचुल्का गरी सुरक्षा घेराका विच मतगणना गरिएको थियो । २ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका रुपमा विद्यार्थी नै खट्टिएका थिए ।मतदान अधिकृतको भुमिका कक्षा १० का विद्यार्थी करुणा आचार्य र सुस्मिता आचार्यले निभाएका थिए । निर्वाचनको सम्पुर्ण काम नसकिदासम्म सुरक्षाकर्मि, पत्रकार, पर्यवेक्षक, एजेन्ट, स्वयंसेवक र निर्वाचन कर्मचारीको रुपमा विद्यार्थी नै खट्टिएका विद्यालयका सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए ।मतदानको माहोल चलिरहँदा बाहिर उमेद्वारले आफ्नो पक्षमा मत मागेका थिए । निर्वाचित क्याप्टेन र उप क्याप्टेनलाई विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, सहायक प्रधानाध्यापक शिवप्रसाद सापकोटा, मुख्य निर्वाचन आयुक्त शिक्षक कृष्णप्रसाद पौडेलले निर्वाचित प्रमाणपत्र वितरण गर्दै विद्यालयको शैक्षिक विकासमा नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गरे । विद्यालयको पाठ्यक्रममा नै निर्वाचन र मतदानका विषय समावेश भएकाले पनि प्रयोगात्मक अभ्यासको रुपमा निर्वाचन प्रणाली मार्फत नै पदाधिकारी चयन गरिएको प्रधानाध्यापक आचार्यले वताए ।
यसअघि मंगलबार मनोनयन दर्ता गरी उम्मेदवारी दिएका प्रत्यासीले विद्यार्थी मतदाताका विच आफना प्रतिबद्धता सार्वजनिक गरेका थिए । मतपत्र वाहेक निर्वाचनका आवस्यक सामाग्री भने प्रदेश निर्वाचन कार्यालय पोखराले सहयोग गरेको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया