
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
बुटवल । गर्भवती महिला गीता पाण्डेको मृत्यु प्रकरणको छानबिन गर्न गठित समितिले नेपाल मेडिकल काउन्सिललाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । डा. सम्राट पराजुली नेतृत्वको समितिले घटनाको प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।
समितिले अन्तिम प्रतिवेदन नआएसम्म गीताको गर्भपतन प्रकरणमा संलग्न बुटवलका जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक सिल गर्न सिफारिस गरेको छ । यस्तै डा. सतिश रूपाखेतीलाई बिरामी चेकजाँच गर्न प्रतिबन्ध लगाउन भनेको छ । साेहीअनुसार काउन्सिलले निर्णय नै गरिसकेकाे बताएकाे छ ।
मेडिकल काउन्सिलका रजिस्टार डा. सतिशकुमार देवले तीन दिन लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरिएको र अन्तिम प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने बताए ।
मेडिकललाई कारबाही सिफारिस गरेपनि खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्रीका बारेमा भने प्रारम्भिक प्रतिवेदन केही पनि बोलेको छैन । मृतक गीताका पति प्रकाश पाण्डेले खत्रीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
गर्भपतनका लागि नर्सिङ होम र क्लिनिक गरी तीनवटा स्वास्थ्य संस्था धाउँदा–धाउँदै वैशाख ६ गते गीताको ज्यान गएको थियो । १३ हप्ता बढीको गर्भ अस्वस्थ रहेको भन्दै गीता पति प्रकाशसहित वैशाख ५ गते खत्री नर्सिङ होम पुगेकी थिइन् । उनी चैत २७ मा सोही ठाउँमा जाँच गर्न पुगेकी थिइन् ।
जाँचका बेला डा. खत्रीले गर्भ असामान्य रहेको भन्दै वैशाख ४ गते बोलाएका थिए । गीता वैशाख ५ गते त्यहाँ गएकी थिइन् ।
तर, गर्भपतनमा ख्याति कमाएको खत्री नर्सिङ होमले गीतालाई आफ्नोमा उपचार नगरी लोकेसन म्यापसहित बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो ।
जोनल फार्मेसीले गर्भपतनका लागि १६ हजार शुल्क लाग्ने भन्दै दुई हजार अग्रिम भुक्तानी लिएर दुईप्रकारका औषधी दिएर पठाएको थियो ।
जोनलबाट फेरि इन्दुलेखा क्लिनिकमा पुर्याएर गर्भपतन गराउने क्रममा गीताको ज्यान गएको थियो । इन्दुलेखा क्लिनिकमा डा. सतिश रूपाखेतीले उनको चेकजाँच गरेको थिए ।
पत्नीको मृत्युलाई पति प्रकाशले ती स्वास्थ्य संस्थाहरूले नाफाको व्यापार गर्ने क्रममा हत्या गरेको आरोप लगाएका छन् । उनले मृत्युमा डा. डीबी खत्री र डा. सतिश रूपाखेती मुख्य दोषी रहेको आरोप लगाउँदै पक्राउ गरी कानुनी कारबाहीको काम गरेका छन् ।
दुई डाक्टरबाहेक सन्ध्या बस्नेत (जोनल फार्मेसी/क्लिनिक सञ्चालक), निलम घर्तीमगर (जोनल फार्मेसी), खगेन्द्रप्रसाद पाण्डे (इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक)लाई पनि कारबाहीको माग गर्दै गीताका पति प्रकाशले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।
जाहेरीपछि प्रहरीले पाँचै जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरेको थियो । पक्राउ परेकामध्ये डा. खत्री र रूपाखेती थुनामुक्त भइसकेका छन् ।
यसअघि मृतकका आफन्तले खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा तालाबन्दी पनि गरेका थिए ।मृतक गीता रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी हुन् । पति प्रकाश पनि अधिकृत स्तरको सरकारी कर्मचारी हुन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया