
१नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ को पदस्थापन तथा शपथ ग्रहण सम्पन्न
२सिर्जनात्मक लेखन र चित्रकलामा पर्वतबाट निस्मा र श्रेया छनोट
३मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
४शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
५विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
६कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
७शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
८प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
९जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१०ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
११आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
पोखरा।कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट विक्रम गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । अध्यक्ष विक्रम गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन् ।
समितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, सचिवमा उमेश क्षेत्री, सहसचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ चयन भए । सदस्यहरूमा सन्तोष गुरुङ, मनिसा गुरुङ, रुक्सा गुरुङ, मनोज गुरुङ, विनोद सुनार, मेलिना गुरुङ ठकुरी, सुजल राना मगर, सुशान्त गुरुङ, रामबहादुर परियार छन् । सल्लाहकारमा धुव्र गुरुङ र चक्रबहादुर गुरुङ चयन भए ।
घान्द्रुकको मौलिकता जोगाउनु हाम्रो कर्तव्यः वडाध्यक्ष गुरुङ
कास्कीको अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको मौलिकतासँगै संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिए ।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटनपछि बोल्दै वडाध्यक्ष गुरुङले विकाससँगै फेरिँदै गएको मौलिकताबारे पर्यटकहरूमा चिन्ताको विषय बनेको बताए ।
‘घान्द्रुकको पहिचान भनेको ढुंगेनी गाउँ हो, पछिल्लो समय विकासको गतिसँगै फेरिँदै जान थालेको मौलिकताले पर्यटन क्षेत्रमा गरेको असरबारे चिन्ताको विषय बनेको छ’, वडाध्यक्ष गुरुङले भने, ’विकाससँगै घान्द्रुकको पहिचान संरक्षण गर्ने कर्तव्य हामी सबैको हो, मौलिकता संरक्षणलाई ध्यान दिँदै गाउँपालिकाले अबको आर्थिक वर्षदेखि अनुदानको समेत व्यवस्था गर्दै छ ।’
वडाध्यक्ष गुरुङले पर्यटन व्यवसायलाई थप व्यवस्थापन गर्न सबैले व्यवसाय दर्ता र बिमा गरेर सञ्चालन गर्न समेत आग्रह गरे । ’हामीले सबैले व्यवसाय गर्दा दर्ता र बिमा अनिवार्य गर्नुपर्छ’, उनले भने, ’व्यवसाय दर्ता गरेर सञ्चालन गर्दा राज्यले पनि उचित अनुदानसँगै सेवा सुविधा प्रदान गर्छ ।’
रोधीँ क्लब कोँड घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले घान्द्रुकमा पर्यटन प्रवद्र्धन गर्नका लागि सबै एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताए ।
तमु प्ये ल्हु संघ घान्द्रुक इकाई समितिका अध्यक्ष प्रेम गुरुङले शान्ति, एकता र मेलमिलापबाट घान्द्रुकको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा चालु आर्थिक वर्ष २०८२÷०८३ मा समितिलाई नेपाली पाहुनामार्फत सबैभन्दा बढी शुल्क बुझाउने वल्र्ड भिलेजका सञ्चालक अमृत प्रसाद गुरुङ र गाइड पोटरमार्फत सबैभन्दा बढी शुल्क बुझाउने होटेल बृज गेष्ट हाउसका सञ्चालक सुवास गुरुङलाई सम्मान गरिएको थियो ।
यस्तै घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीँ क्लब कोँड घान्द्रुकको संयुक्त आयोजनामा गत फागुन ६ देखि ९ गतेसम्म आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सव १२ लाख रुपैयाँ बचत गर्न सफल भएको छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिको सक्रियतामा घान्द्रुक चक्रीय पदमार्ग, बसपार्क लगायत विभिन्न स्थानमा सिसी क्यामेरा, विद्युत पोलमा लाइट, फोहोर संकलन केन्द्र, बालाचेँ पार्क निर्माणसँगै आमासमूह लगायत विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ ।
नवनिर्वाचित अध्यक्ष विक्रम गुरुङले घान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाई लम्बाउन थप पर्यटकीय गन्तव्य निर्माणमा ध्यान पु¥याउने प्रतिबद्धता जनाए । ’अघिल्लो कार्यकालमा केही अपुरा कामहरू बाँकी छन् त्यसलाई पूर्णता दिन सक्रिय रूपमा लाग्नुपर्ने छ’, उनले भने, ’घान्द्रुकमा पर्यटकको बसाई लम्बाउन थप गन्तव्यको पहिचान र प्रवद्र्धन गर्न समेत आवश्यक छ ।’
अध्यक्ष गुरुङले घान्द्रुकमा १३५ बढी होटल तथा सामुदायिक होमस्टे सञ्चालनमा रहेको बताए । घान्द्रुकमा एक दिनमा २५०० पर्यटक राख्न सक्ने क्षमता रहेको छ ।
घान्द्रुकबाट भैंसीखर्क–टाडापानी वनठाटी–देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुकहुँदै टाडापानी–इसर–दोबाटो–मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक, छोम्रोङ हुँदै अन्नपूर्ण बेस क्याम्प समेत जान सकिन्छ ।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया