
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
दाङ । दाङमा एक किशोरको हत्या भएको छ। राप्ती गाउँपालिका-२ बाह्रखुट्टीका १७ वर्षीय स्मिथ प्रधानको बिहीबार राति हत्या भएको हो।
उनको शव शुक्रबार मध्याह्न राप्ती-४ दोलाइ खोलाको सुख्खा नालामा भेटिएको थियो। टाउको, छाति र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा स्मिथ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।
स्मिथका साथी राप्ती – १ पाखापानीका १६ वर्षीय आयुषमान थापा मगर घाइते छन् । राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार पछि थप उपचारका लागि उनलाई बुटवल रेफर गरिएको छ ।
स्मिथलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिकाका २० वर्षीय सन्दीप वली, राप्ती गाउँपालिकाका निवासी १८ वर्षीय निश्चल चौधरी र राप्ती गाउँपालिकाकै १८ वर्षीया आकृति बुढा छन्।
पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथ केही समयअघि घर फर्केका थिए । आकृतिले फेक आइडी बनाएर कुरा गरी स्मिथ र आयुषमानलाई भेट्न बोलाएकी थिइन्
एसपी श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट मध्येरातमा भेट्न बोलाएर कुटपिट गरेको र सो क्रममा स्मिथको हत्या भएको खुलेको छ।‘नियन्त्रणमा लिएर दुवै हात बाँधिएको, मुखमा कपडा कोचिदिएर बोल्न नदिएको, चक्कुले छाती तथा अनुहारमा पटक-पटक आक्रमण भएको र हत्या पछि घिसारेर नालामा फालेको भन्ने तथ्य खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आयुषमानलाई ‘देबीसरा गाहा र स्वस्तिका राना मगर’ नाम उल्लिखित फेसबुक मेसेन्जरबाट भेट्न आऊ भनेर बोलाइएको थियो। त्यसपछि स्मिथ र आयुषमान बिहीबार बेलुकी ८ बजेतिर घरबाट सँगै राप्ती गाउँपालिका– ४ तर्फ निस्किएका थिए।
बोलाएको ठाउँमा पुग्दा त्यहाँ एक जना युवती (आकृति) थिइन्। उनले दुवैलाई लिएर केही पर एकान्तमा ठाउँमा पुगेपछि आयुषमानलाई ‘तिम्रो लागि अर्को मान्छे आउँछ, यहीँ बस्नू’ भनेर स्मिथलाई मात्रै लिएर गएकी थिइन्। ५/७ सय मिटर पर सन्दीप र निश्चल बसेका थिए। आकृतिले त्यहाँ पुर्याउनासाथ उनीहरुले स्मिथको हात बाँधे, कुटपिट गरेका थिए ।
पछि आयुषमानमाथि उनीहरुले कुटपिट गरेका थिए। जसोतसो गरेर उनी भने उम्किएर शुक्रबार बिहान-३ बजे राप्ती गाउँपालिका-४ मौरीघाटस्थित दिदीको साथी गंगा रोकाको घरमा पुगेका थिए।
आयुषमानको ढाड, बाँया आँखा, बाँया गाला, कानमा चोट लागेको थियो। चोट ग्रस्त अवस्थामा पुगेका मगरलाई गंगा लगायतले बिहान ४ बजेतिर उपचारका लागि राप्ती आधारभुत अस्पताल सिसहनिया पुर्याएका थिए।
उनले नै घटनाबारे इलाका प्रहरी कार्यालय सिसहनीयामा तत्काल खबर गरेकी थिइन्।
त्यसपछि प्रहरी चौकी मसुरियाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्रकुमार मल्ल अस्पताल पुगेका थिए। केही बेरमा सिसहनियाबाट प्रहरी नायव निरीक्षक बुद्धी रानाको टोली पनि पुगेको थियो।
सोधपुछका क्रममा आयुषमानले राति ११ बजे घटना हुँदा आफ्नो साथी स्मिथ पनि साथमै रहेको र उनीमाथि पनि निर्घात कुटपिट भएको उनले प्रहरीलाई बताएका थिए।
त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको नेतृत्वमा ११ जनाको टोली स्मिथको खोजीमा खटिएको थियो।
खोजतलास गर्ने क्रममा घटनास्थलदेखि झन्डै डेढ किलोमिटर पूर्व तर्फ राप्ती – ४ को दोलई खोलाको सुख्खा पक्की नालामा टाउकोमा चोट ग्रस्त अवस्थामा प्रधानको शव मध्याह्न १२ बजेतिर प्रहरीले फेला पारेको थियो ।
यो घटना अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
इप्रका भालुवाङबाट प्रहरी प्रमुख निरीक्षक पुष्कर सिंह ऐरीका अनुसार गएराति १० बजेदेखि बिहान ४ बजेको बीचमा उनीहरु तीन जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
आकृति बुढा र हत्या गरिएका स्मिथ कक्षा ८ देखि १० सम्म सँगै पढेका थिए। उनै आकृतिले फेक आइडी बनाएर कुरा गरी स्मिथ र आयुषमानलाई भेट्न बोलाएकी थिइन्। आकृतिको योजना बनाएको र त्यसमा उनका दुई साथीले सहयोग गरेको प्रहरीले जनाएको छ। कलिलै उमेरको प्रेम सम्बन्ध र बदलाको भावनाका कारण घटना भएको देखिने प्रहरी बताउँछ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया