News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रुपमा बधाई दिएको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक बधाई दिने निर्णय गरेको हो ।

    ‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ,’ पार्टीको निर्णयमा भनिएको छ ।

    यसअघि संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका थिए । उनको अभिव्यक्तिबारे पार्टी भित्र र बाहिरबाट आलोचना भएको थियो ।

    उनले सम्बोधनको क्रममा नेपाली सेना, कर्मचारीतन्त्र र गैरसरकारी संस्थाका कारण रास्वपा पहिलो दल बनेको आरोप लगाएका थिए ।उक्त विषयमा पनि एमालेले लामो छलफल गरेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया