
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पाेखरा । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार सुरु हुँदै छ । उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्र (सेन्टर) मा नै परीक्षण गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तरपुस्तिका ३ दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा सचिव चुणामणि पौडेलले बताए ।
‘यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ । केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था आएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा ल्याएर परीक्षण गराउन सकिन्छ,’ उनले भने ।
उत्तरपुस्तिका परीक्षा सेन्टरमै परीक्षण गराउने कि इकाईमा ल्याएर परीक्षण गर्ने विषयमा सम्बन्धित इकाईलाई नै निर्णय गर्ने अधिकार दिइएको बोर्डले जनाएको छ । ‘तोकिएको समयभित्रै उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क बोर्डमा पठाउनुपर्छ,’ बोर्डका उपाध्यक्ष समेत रहेका शिक्षा सचिव पौडेलले भने, ‘परीक्षा सकिएको ३ दिनभित्र परीक्षण सक्न सर्कुलर गर्दैछौं ।’
उत्तरपुस्तिका परीक्षण सकिएपछि इकाईले विद्यार्थीको प्राप्ताङ्क बोर्डमा पठाउने निर्णय गरिएको छ । त्यसपछि विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गरेर नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय भएको उनले बताए । उक्त कार्यतालिकाअनुसार वैशाख मसान्तसम्म एसईईको नतिजा प्रकाशन हुनेछ ।
देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । अघिल्ला वर्षहरूमा केन्द्रबाट उत्तरपुस्तिका इकाईले संकलन गरी अन्तर जिल्ला र प्रदेशमा परीक्षण गर्ने गरिएको थियो । कुन परीक्षा केन्द्रको उत्तरपुस्तिका कहाँ परीक्षण हुने विषय गोप्य रहने गरेको थियो । त्यसो गर्दा नतिजा प्रकाशन गर्न औसतमा साढे दुई महिनाभन्दा बढी समय लाग्ने गरेको थियो । तर यसपटक शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रै नतिजा प्रकाशन गर्न निर्देशन दिएपछि बोर्डले परीक्षा सेन्टरमा नै उत्तरपुस्तिका परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।
बिहीबारबाट सुरु हुने एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले परीक्षा दिँदैछन् । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक टुकाराज अधिकारीले जनाए ।
जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुने अधिकारीले बताए ।
सबै जिल्लाका परीक्षा केन्द्रमा प्रश्नपत्र लगायत परीक्षा सामग्री पुगिसकेको कार्यालयले जनाएको छ । चैत १९ गतेदेखि सुरु हुने परीक्षा २९ गते सकिने समयतालिका छ । गत माघ ७ गते राष्ट्रिय परीक्षा बोर्डले समयतालिका सार्वजनिक गरेको थियो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । समयतालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । दोस्रो दिन चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।
नियमित तथा ग्रेडवृद्धि दुवै समूह तर्फको परीक्षा सोही समयतालिकाअनुसार हुने कार्यालयले जनाएको छ । परीक्षा हलमा मोबाइल, स्मार्ट घडी जस्ता ब्लुटुथ चिप्स प्रयोग हुने विद्युतीय उपकरण प्रयोग गर्न रोक लगाइएको छ । अपाङ्गता भएका, सुत्केरी र किरियापुत्री परीक्षार्थीको सहजताका लागि केन्द्राध्यक्षले सहजीकरण गर्न सक्ने व्यवस्था छ ।
शिक्षक र पुस्तक अभावले आधा पाठ पढेर परीक्षा दिँदै कर्णालीका विद्यार्थी
शिक्षक र पुस्तक अभावका कारण कर्णालीका विद्यार्थी आधा कोर्स पढेर एसईई दिनुपर्ने बाध्यतामा छन् ।
विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाएको पनि गुनासो गरेका छन् । दुर्गमका विद्यालयमा शैक्षिक सत्र सुरु भएको २–३ महिनापछि मात्र पुस्तक पुग्ने गरेको गुनासो छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया