
१नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ को पदस्थापन तथा शपथ ग्रहण सम्पन्न
२सिर्जनात्मक लेखन र चित्रकलामा पर्वतबाट निस्मा र श्रेया छनोट
३मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
४शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
५विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
६कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
७शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
८प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
९जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१०ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
११आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
पर्वत । चैते दशैंको अवसरमा पर्वतको कुश्मामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।मोदीकाली ब्याडमिन्टन संघ कुश्माको आयोजनामा तथा जिल्ला खेलकुद विकास समिति पर्वतको समन्वयमा प्रतियोगिता चैत १२ गतेदेखि ३ दिनसम्म सञ्चालन हुनेछ।आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रिय वरीयताको शीर्ष २० मा नरहेका खेलाडीले खुला राष्ट्रिय पुरुष डबल्समा प्रतिस्पर्धा गर्नेछन्।
योसँगै अन्य ४ विधामा पनि खेल आयोजना गरिनेछ। जसमा गण्डकी प्रदेश स्तरीय ‘बी’ लेभल पुरुष डबल्स, ४५ वर्षमाथिको भेट्रान्स पुरुष डबल्स, गण्डकी प्रदेश स्तरीय मिक्स डबल्स तथा धवलागिरी स्तरीय ‘सी’ लेभल पुरुष डबल्स प्रतियोगिता समावेश रहेको प्रचारप्रसार संयोजक सुनिल थापाले जानकारी दिए।
खुला राष्ट्रिय पुरुष डबल्स प्रतियोगिताको विजेता जोडीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विजेता जोडीले कुश्मास्थित हार्नेस जिपलाइन एण्ड एडभेन्चर्स रिसोर्टमा क्लासिक जिपलाइन खेल्ने अवसर प्राप्त गर्नेछ। दोस्रो जोडीले ३० हजार रुपैयाँ र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, गण्डकी प्रदेश स्तरीय ‘बी’ लेभल पुरुष डबल्सतर्फ विजेताले ४० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
४५ वर्षमाथिको भेट्रान्स पुरुष डबल्सतर्फ विजेता जोडीलाई ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। खुला राष्ट्रिय मिक्स डबल्सतर्फ प्रथम पुरस्कार २० हजार, द्वितीय १२ हजार र तृतीय ८ हजार रुपैयाँ रहेको छ।
धवलागिरी स्तरीय ‘सी’ लेभल पुरुष डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
खेलाडीको सुविधाका लागि बिहानको खाना कभर्डहलमै व्यवस्था गरिने खेलकुद व्यवस्थापन उपसमितिका संयोजक प्रदीप तिमिल्सिनाले बताए। प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता चैत ११ गतेसम्म गर्न सकिने जनाइएको छ।
प्रतियोगिताबाट बचत भएको रकम जिल्ला खेलकुद विकास समिति पर्वतको भवन निर्माणमा सहयोगका लागि प्रयोग गरिने आर्थिक व्यवस्थापन उपसमितिका संयोजक रामप्रसाद पुनले जानकारी दिए।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया