
१नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ को पदस्थापन तथा शपथ ग्रहण सम्पन्न
२सिर्जनात्मक लेखन र चित्रकलामा पर्वतबाट निस्मा र श्रेया छनोट
३मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
४शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
५विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
६कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
७शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
८प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
९जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१०ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
११आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
पर्वत। हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाममा समानुपातिकतर्फ पर्वतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ ।
समानुपातिकतर्फको मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाको घण्टी चुनाव चिन्हमा ३० हजार सात सय ३५ मत प्राप्त भएका छन् । यो सङ्ख्या प्रत्यक्षतर्फ विजयी बनेका रास्वपाका उम्मेदवार सागर भुसालले प्राप्त गरेको भन्दा बढी हो । भुसालले २६ हजार ५ सय ६१ मत प्राप्त गरेका थिए भने समानुपातिकमा त्यो भन्दा ४ हजार १ सय ७१ मत प्राप्त भएको छ ।
दोस्रोमा नेपाली काँग्रेसले १३ हजार ८ सय ७४ मत पाएको छ । प्रत्यक्षतर्फ काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९ सय ५४ मत पाएका थिए । प्रत्यक्षमा प्राप्त गरेको मतको तुलनामा समानुपातिकमा कम मत जानुले प्रत्यक्षमा जोशीले मतदान गरेका मतदाताहरूले समानुपातिकमा भने रास्वपालाई मतदान गरेको पुष्टि भएको छ । यस्तै नेकपा (एमाले)ले १३ हजार ३ सय ४० मत समाुनपातिकतर्फ प्राप्त गरेको छ । यो पनि काँग्रेसकै जस्तो प्रत्यक्षमा उम्मेदवारलाई प्राप्त भएको भन्दा कम मत हो । प्रत्यक्षमा एमालेका उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत पाएका थिए ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ७ सय ७८ मत समानुपातिक निर्वाचन प्रणालीबाट प्राप्त गरेको छ । यस दलबाटबाट उम्मेदवार रहेका मनहरि तिमिल्सिनाले प्रत्यक्षमा ४ हजार ५ सय ५७ मत पाएका थिए । उनले व्यक्तिगत रूपमा प्राप्त गरेको मत भन्दा दललाई दिएको मत कम देखिएको छ ।
जिल्लामा मुख्य राजनीतिक दलका रूपमा स्थापित भएका तीन ओटै दलका उम्मेदवारले प्रत्यक्षमा पाएको मतको तुलनामा समानुपातिकमा कम हुनुले स्थापित राजनीतिक दलका कार्यकर्ताहरूले आफ्नै दलको कार्यशैली मन नपराएको देखिएको छ । मतदाताहरूले आफूहरूले मन नफेरेको तर देशमा केही परिवर्तनको आसासहित पुराना राजनीतिक दलहरूलाई सच्चिनुपर्ने दबाब, हरेक क्षेत्रमा हुने दलीय भागबन्डाको विरोध, सरकारी सेवा प्रवाहमा हुने ढिलाइ लगायतका समस्याको समाधानको लागि मत फेरेको बताइरहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पर्वतमा समानुपातिकतर्फ नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ७ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ४ सय ७७, श्रम संस्कृति पार्टीले ५ सय ४१, राष्ट्रिय जनमोर्चाले १ सय २८, नेशनल रिपब्लिक नेपालले १ सय २, नेपाल जनता संरक्षण पार्टीले ८९, मंगल नेशनल अर्गनाइजेशनले ५१, जनमत पार्टीले ४९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले ४५, सार्वभौम नागरिक पार्टीले ४३ मत पाएका छन् । यसै गरी प्रगतिशिल लोकतान्त्रिक पार्टीले ३३, राष्ट्रिय परिवर्तन पार्टीले ३१, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले २९, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)ले २४, नेपाल मजदुर किसान पार्टीले २३, आम जनता पार्टीले २१, राष्ट्रिय एकता दलले २०, जनता समाजवादी पार्टी, नेपालले १८, नेपाल जनता पार्टीले १७ मत पाएका छन् । समानुपातिकको सूचिमा रहेका अन्य केही दलहरूले १५ मतभन्दा तल शून्य मतसम्म रहेका छन् ।
कुल मतदाता १ लाख २६ हजार ८ सय ८७ जना रहेको पर्वतमा समानुपातिकतर्फ ६६ हजार २ सय ८७ मत खसेका थिए । खसेकामध्ये ६४ हजार ६ सय ३३ मत सदर भएका छन् भने १ हजार ६ सय ५४ मत बदर भएका छन् ।
प्रत्यक्षतर्फको निर्वाचन परिणाममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गाबहादुर मल्लले ५ सय २५, उज्यालो नेपाल पार्टीका यमबहादुर चोचाङ्गी पुनले १ सय २२, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कृष्णबहादुर बि.क.ले १ सय १८, नेशनल रिपब्लिक नेपालका वीरबहादुर गुरुङले ९८, राष्ट्रिय जनमोर्चाका भिमलाल न्यौपानेले ८७, मंगोल नेशनल अर्गनाइजेशनका लालकुमारी थापा रानाले ४१, राष्ट्रिय जनमुक्ति पार्टीका माया पाइजा पुन फकामी मगरले २९, स्वतन्त्र उम्मेदवार मिना पौडेल (शर्मा)ले ८, सीता देवी शर्माले ८, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवालले ७, आम जनता पार्टी (एकल चुनाव चिन्ह)का पवित्रा मल्लले ५, स्वतन्त्र गङ्गालाल रिमालले ५ र सावित्री शर्माले ३ मत प्राप्त गरेका थिए ।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया