
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
११इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै किसिमको विजय र्याली नगर्ने भएको छ ।निर्वाचन हुनुको पृष्ठभूमिमा भएको जेनजी आन्दोलन र मध्यपूर्वको घटनालाई ध्यानमा राख्दै रास्वपाले विजय उत्सव नमनाउने भएको हो ।
रास्वपा उपसभापति डिपि अर्यालले आफ्ना उम्मेदवारलाई एक भिडियो सन्देश जारी गर्दै अबिरजात्रा र र्याली नगर्न भनेका हुन् ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको निर्देशन रहेकाले अब मतदाताको म्यान्डेट अनुसार काम गरेपछि विजयी र्याली मनाउने अर्यालले बताएका छन् ।
‘यसपटकको निर्वाचन आउनुमा हाम्रा साना नानीबाबु, जेनजी उमेरसमूहका छोराछोरीले ज्यान गुमाएको पिडा अझै सेलाएको छैन,’ अर्यालले भनेका छन्, ‘साथै सबै नेपालीले सुशासन र भ्रष्टाचारको अन्त्य होस् भन्नुभएको कुरा पनि याद गर्नुपर्छ । सँगसँगै मध्यपुर्वमा भएको घटनालाई पनि याद गर्नुपर्छ । त्यसैले अबिरजात्रा गर्ने मुडमा हामी छैनौं ।’
आफूहरूलाई काम गर्नका लागि जनताले यो उल्लेख्य मत दिएको बताउँदै अर्यालले जनताले दिएको म्यान्डेट पूरा भएपनि जनताको घरदैलोमा पुगेर धन्यवाद ज्ञापन गर्ने पनि बताए ।
‘यो मत हामीलाई जनताले काम गर्नु भनेर दिनुभएको म्यान्डेट हो । त्यो पुरा गरेपछि यहाँहरुसँग घरदैलोमा अबिरजात्रा गर्ने दिन त आइनै हाल्छ । सबैभन्दा पहिला हामीले काम गर्नुपर्नेछ,’ अर्यालले भनेका छन् ।

प्रतिक्रिया