
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं स्थापना दिवस र प्रजातन्त्र दिवसको अवसर पारेर निःशुल्क दन्त शिविर गर्ने भएको छ ।
सहकारीले आगामी फागुन ७ गते बिहान ८ बजेदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोकमा निःशुल्क दन्त शिविर आयोजना गर्ने भएको हो । निट डेन्टल केयर, महेन्द्रपुलको प्राविधिक सहयोगमा उक्त शिविर हुने भएको हो । गाउँघरमै विशेषज्ञ सेवा र्पुयाउने उद्देश्यले आयोजना गरिएको यस शिविरमा दाँत तथा मुख सम्बन्धी विभिन्न समस्याहरूको निःशुल्क परीक्षण र परामर्श प्रदान गरिने सहकारीका अध्यक्ष राजाराम शाहीले जानकारी दिएका छन् ।
उनका अनुसार सहकारीले केवल बचत तथा ऋणको कारोबार मात्र नगरी सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवाका कार्यलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ ।
सहकारीले हरेक वर्ष आफ्नो वार्षिक क्यालेन्डरमै समावेश गरेर यस्ता स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको उनले बताए ।
“मुखको स्वास्थ्य समग्र शरीरकै दर्पण हो, तर धेरै मानिसहरूले चेतना र पहुँचको अभावमा आफ्नो दाँतको समस्या लुकाएर राखेका हुन्छन् ।
विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गर्दै हामीले यो शिविर आयोजना गरेका हौँ, जसले मुखका रोग न्यूनीकरण गर्न र स्थानीय समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ,” अध्यक्ष शाहीले भने ।
सहकारीले लाहाचोक र आसपासका क्षेत्रका सम्पूर्ण दाँत तथा मुख सम्बन्धी समस्या भएका महानुभावहरूलाई यस अवसरको लाभ उठाउन आग्रह समेत गरेको छ ।
शिविरमा विशेषज्ञ चिकित्सकहरूले दाँत परीक्षण गर्ने, सफा गर्ने विधि सिकाउने र आवश्यक औषधीहरू समेत परामर्शका आधारमा उपलब्ध गराउने बताइएको छ ।
विषेशगरी सामाजिक उत्तरदायित्वको क्षेत्रमा दर्शन सहकारीले गरेको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ ।
यसै प्रतिबद्धतालाई सार्थकता दिन सहकारीले विभिन्न समयमा शैक्षिक सामग्री वितरणदेखि लिएर स्वास्थ्य सम्बन्धी शिविरहरू सञ्चालन गर्नुका साथै जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्यक्रमहरू सञ्चालन गरी पोखरा र वरिपरिका समुदायमा आफ्नो सामाजिक पहिचान दृढ गर्दै समेत आएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया