
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । जलविद्युत् आयोजनाहरूले कानुनी मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला संकटमा परेको छ। पर्वत खण्डमा मोदीखोलामा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको १४.८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी हाइड्रोपावर लिमिटेड, २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजना र १० मेगावाटको तल्लो मोदी ‘ए’ गरी चारवटा आयोजना सञ्चालनमा छन्। जसमध्ये तीन वटा मोदी गाउँपालिकामा र एउटा कुश्मा नगरपालिकामा रहेका छन्।
नेपालको जलस्रोत तथा जलविद्युत् नीतिअनुसार आयोजनाहरूले नदीमा कम्तीमा २५ प्रतिशत प्राकृतिक बहाव निरन्तर छाड्नुपर्ने कानुनी व्यवस्था छ। तर, यसको प्रभावकारी कार्यान्वयन नहुँदा मोदीखोलामा पानीको बहाव घट्दै गएको छ। खोलामा पानीको कमी हुँदा जलचर, विशेषगरी प्रख्यात असला माछाको अस्तित्वसमेत संकटमा परेको छ।
मोदीखोलामा पहिलो पटक विसं २०५७ मा मोदीखोला जलविद्युत् केन्द्र सञ्चालनमा आएको थियो। यसको ड्याम जलाशय बेतेनीमा र विद्युत्गृह पातिचौरमा रहेको छ। मध्यमोदी हाइड्रोपावरको ड्याम वीरेठाँटीमा र विद्युत्गृह बेतेनीमा छ भने तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ड्याम पातिचौरमा र विद्युत्गृह कुश्माको परादीमा निर्माण गरिएको छ। यस्तै, तल्लो मोदी ‘ए’ आयोजनाको ड्याम परादीमा र विद्युत्गृह चुवाको सुइटेबौरमा अवस्थित छ।
कास्की र पर्वतको सिमाना नयाँ पुलदेखि कुश्मा नगरपालिका–८ चुवासम्म झण्डै १२ किलोमिटर लामो दूरीमा कतिपय स्थानमा खोलामा पानीको थोपासमेत देख्न पाइँदैन। एउटै खोलामा लहरै निर्माण भएका जलविद्युत् आयोजनाका कारण एउटा आयोजनाले छाडेको पानी अर्को आयोजनाको ड्याममा तुरुन्तै संकलन हुने हुँदा प्राकृतिक बहाव कायम हुन सकेको छैन।
मोदी गाउँपालिकाले खडेरी सुरु भएपछि पटक–पटक जलविद्युत् आयोजनाका जिम्मेवार अधिकारीलाई बोलाएर कानुनअनुसार पानी छाड्न आग्रह गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको जनाएको छ। गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेका अनुसार जलविद्युत् आयोजनाले पानी नछाड्दा तटीय क्षेत्रका बस्ती प्रभावित हुने खतरा बढेको छ। गाउँपालिकाले कार्यपालिका बैठकमार्फत् पत्राचार, अनुगमन र समन्वय गर्दै आए पनि आयोजनाले मापदण्ड पूर्ण रूपमा पालना नगरेको गुनासो गरिएको छ।
मोदी खोलाबाट उत्पादित विद्युतबाट गाउँपालिकाले वार्षिक झण्डै डेढ करोड रुपैयाँ रोयल्टी प्राप्त गर्दै आएको छ। तर, स्थानीयवासीले विद्युत् उत्पादनका नाममा वातावरणमा दीर्घकालीन असर पर्ने गतिविधि रोक्न माग गरेका छन्। पानी बग्नुपर्ने खोलामा अहिले कमिला हिँड्ने अवस्था देखिएको भन्दै प्रकृतिसँग खेलवाड नगर्न चेतावनी दिएका छन्।
खोला सुकाउने विषयमा हरेक वर्ष जनस्तरबाट जिल्ला प्रशासन कार्यालयमा गुनासो पुग्ने गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले गत वर्ष कम्तीमा १० प्रतिशत पानी छाड्न निर्देशन दिइएको भए पनि पूर्ण रूपमा कार्यान्वयन नभएको बताए। उनले आवश्यक परे थप कडाइका साथ नियमन गरिने र छिट्टै सम्बन्धित आयोजनाका प्रतिनिधिसँग छलफल गरिने जानकारी दिए।
यता तल्लो मोदी जलविद्युत् आयोजनाका प्रमुख सुरेन्द्र बेलवासेले भने आफूहरूले मापदण्डअनुसार नै खोलामा पानी छाड्दै आएको दाबी गरेका छन्।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया