
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पर्वतको कुश्मास्थित बैशाली कृषि सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा बचतकर्ताको १८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारी रजिस्ट्रारको कार्यालय, पोखराले रकम हिनामिनामा संलग्न भएको अभियोगमा संस्थाका व्यवस्थापक, सञ्चालकसहित १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय, पर्वतलाई पत्र पठाएको छ ।
सहकारीका ४ सय २६ जना बचतकर्ताको कुल १८ करोड ७६ लाख ३० हजार ५ सय २८ रुपैयाँ हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । छानबिन प्रतिवेदनअनुसार, व्यवस्थापक कुमारी पुर्जाले सहकारी ऐनको उल्लंघन गर्दै संस्थाको शेयर सदस्य नै नरहेका व्यक्तिहरूबाट दैनिक तथा मासिक रूपमा बचत संकलन गर्ने र तिनै व्यक्तिलाई ऋण प्रवाह गर्ने गरेको पाइएको छ ।
रकम अपचलनको मुख्य योजनाकार व्यवस्थापक पुर्जा नै रहेको प्रतिवेदनले औंल्याएको छ । संस्थाको रकम नक्कली ऋणी खडा गरी निकासा गरिएको र त्यो पैसा सोझै ढुकुटी र अन्य व्यापार व्यवसायमा लगानी गरेर हिनामिना गरिएको देखिएको छ । व्यवस्थापक पुर्जाले सञ्चालक समितिलाई समेत थाहा नदिई कर्जा लगानी गरेकी थिइन् ।
उनले व्यक्तिगत रूपमा पनि एक करोडभन्दा बढी रकम हिनामिना गरेको र आफैंले सञ्चालन गरेको ढुकुटीमा सहकारीको रकम लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । छानबिनले केवल ५ जना महिलालाई ८ करोड रुपैयाँभन्दा धेरै ऋण दिएर हिनामिना गरेको देखाएको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय, पोखराका प्रमुख भेषराज रिजालले घोटालामा संलग्न १ सय ५३ जनाविरुद्ध एकैपटक मुद्दा चलाउन छानबिन प्रतिवेदनसहित प्रहरीलाई पत्राचार गरेको जानकारी दिए । नेपालको सहकारी बेथितिको घटनामा यति धेरै जनालाई एकै पटक मुद्दा चलाउन सिफारिस गरेको यो पहिलो भएको रिजालले बताएका छन् ।
रजिस्ट्रारको कार्यालयले गत असार अन्तिम साता यो छानबिन थालेको थियो । सहकारीको सञ्चालक समितिले नै निर्णय गरेर छानबिनका लागि अनुरोध गरेपछि वित्तीय विश्लेषक निर्मल गौतमले हिनामिनाबारे छानबिन गरी प्रतिवेदन बुझाएका थिए ।
रकम हिनामिनामा व्यवस्थापक कुमारी पुर्जा पुन सहित हालका अध्यक्ष गणेश पुन मगर, पूर्व अध्यक्ष गुमबहादुर पुन, स्थानीय महिलाहरू लतिफा बेगम, जरिना खातुन, सैजुन मिया, कमला कुमारी पुन मगर, सरिफा खातुन मिया, हिरामाया पुन, रामबहादुर पुन, दुर्गाबहादुर पुन मगर र नारायण शर्मा पौडेल मुख्य दोषी रहेको प्रतिवेदनको निष्कर्ष छ ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी नायब उपरीक्षक रबिन विष्टले डिभिजन सहकारी कार्यालय, पोखराबाट छानबिन प्रतिवेदन प्राप्त भई दर्ता भएको टेलिफोनमा बताएका छन् । छानबिन र अनुसन्धान सुरु भएको हुँदा अहिले नै सबै जानकारी दिँदा आर्थिक अनियमिततामा संलग्न व्यक्तिहरू फरार हुन सक्ने भएकाले केही दिनपछि यसबारे जानकारी गराउने विष्टले बताएका छन् ।
यो समाचार इकान्तिपुर डटकममा पोखरावाट नारायण शर्माले लेखेको समाचारवाट साभार गरिएको हो


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया