
१बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
२कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
३ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
४पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
५जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
६राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
७अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
८ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
९हिमपातले अलपत्र यात्रुको उद्धार
१०नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
११आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
१२पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
९ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
पर्वत । पर्वतको कुश्मास्थित बैशाली कृषि सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा बचतकर्ताको १८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारी रजिस्ट्रारको कार्यालय, पोखराले रकम हिनामिनामा संलग्न भएको अभियोगमा संस्थाका व्यवस्थापक, सञ्चालकसहित १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय, पर्वतलाई पत्र पठाएको छ ।
सहकारीका ४ सय २६ जना बचतकर्ताको कुल १८ करोड ७६ लाख ३० हजार ५ सय २८ रुपैयाँ हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । छानबिन प्रतिवेदनअनुसार, व्यवस्थापक कुमारी पुर्जाले सहकारी ऐनको उल्लंघन गर्दै संस्थाको शेयर सदस्य नै नरहेका व्यक्तिहरूबाट दैनिक तथा मासिक रूपमा बचत संकलन गर्ने र तिनै व्यक्तिलाई ऋण प्रवाह गर्ने गरेको पाइएको छ ।
रकम अपचलनको मुख्य योजनाकार व्यवस्थापक पुर्जा नै रहेको प्रतिवेदनले औंल्याएको छ । संस्थाको रकम नक्कली ऋणी खडा गरी निकासा गरिएको र त्यो पैसा सोझै ढुकुटी र अन्य व्यापार व्यवसायमा लगानी गरेर हिनामिना गरिएको देखिएको छ । व्यवस्थापक पुर्जाले सञ्चालक समितिलाई समेत थाहा नदिई कर्जा लगानी गरेकी थिइन् ।
उनले व्यक्तिगत रूपमा पनि एक करोडभन्दा बढी रकम हिनामिना गरेको र आफैंले सञ्चालन गरेको ढुकुटीमा सहकारीको रकम लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । छानबिनले केवल ५ जना महिलालाई ८ करोड रुपैयाँभन्दा धेरै ऋण दिएर हिनामिना गरेको देखाएको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय, पोखराका प्रमुख भेषराज रिजालले घोटालामा संलग्न १ सय ५३ जनाविरुद्ध एकैपटक मुद्दा चलाउन छानबिन प्रतिवेदनसहित प्रहरीलाई पत्राचार गरेको जानकारी दिए । नेपालको सहकारी बेथितिको घटनामा यति धेरै जनालाई एकै पटक मुद्दा चलाउन सिफारिस गरेको यो पहिलो भएको रिजालले बताएका छन् ।
रजिस्ट्रारको कार्यालयले गत असार अन्तिम साता यो छानबिन थालेको थियो । सहकारीको सञ्चालक समितिले नै निर्णय गरेर छानबिनका लागि अनुरोध गरेपछि वित्तीय विश्लेषक निर्मल गौतमले हिनामिनाबारे छानबिन गरी प्रतिवेदन बुझाएका थिए ।
रकम हिनामिनामा व्यवस्थापक कुमारी पुर्जा पुन सहित हालका अध्यक्ष गणेश पुन मगर, पूर्व अध्यक्ष गुमबहादुर पुन, स्थानीय महिलाहरू लतिफा बेगम, जरिना खातुन, सैजुन मिया, कमला कुमारी पुन मगर, सरिफा खातुन मिया, हिरामाया पुन, रामबहादुर पुन, दुर्गाबहादुर पुन मगर र नारायण शर्मा पौडेल मुख्य दोषी रहेको प्रतिवेदनको निष्कर्ष छ ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी नायब उपरीक्षक रबिन विष्टले डिभिजन सहकारी कार्यालय, पोखराबाट छानबिन प्रतिवेदन प्राप्त भई दर्ता भएको टेलिफोनमा बताएका छन् । छानबिन र अनुसन्धान सुरु भएको हुँदा अहिले नै सबै जानकारी दिँदा आर्थिक अनियमिततामा संलग्न व्यक्तिहरू फरार हुन सक्ने भएकाले केही दिनपछि यसबारे जानकारी गराउने विष्टले बताएका छन् ।
यो समाचार इकान्तिपुर डटकममा पोखरावाट नारायण शर्माले लेखेको समाचारवाट साभार गरिएको हो


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?

प्रतिक्रिया