
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र वडा नम्बर ५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको प्रसिद्ध हबका रूपमा लिने गरिन्छ । यहाँका पालिकामा १९ गाउँमध्ये सबैभन्दा धेरै स्याउ र पर्याप्त मात्रामा अन्नबाली उत्पादन हुने ठाउँ हो । यहाँका उर्वरभूमिमा किसानले स्याउ, उवा, फापर, आलु, बोडी, मकै, जौँलगायत हरियो ताजा सागसब्जी उत्पादन गरेर गतिलो आम्दानी गर्दथे ।
तर, यति बेला यी दुई गाउँका किसानलाई सिँचाइको समस्या भएको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि र अनुकूल समयमा हिउँ नपर्दा सिँचाइको मुहान विस्तारै सुक्दै जान थालेपछि वारागुङ मुक्तिक्षत्र ५ अन्तर्गत धार्काजुङ र फल्याकका किसान चिन्तित देखिएका छन् ।
जमिनको तापमान वृद्धि र अनुकूल समयमा हिउँ नपर्दा पानी मुहान विस्तारै सुक्दै गएका छन् वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले पछिल्लो दुई वर्ष मुस्ताङमा हिउँ नपर्दा सिँचाइ मुहान सुक्दै गएकाले यहाँ समस्या भएको बताए । बर्सेनि अनुकूल समयमा हिउँ नपरेसम्म यहाँको सिँचाइ समस्या झन्झन् बढ्दै जाने भएकाले किसानका लागि यो चिन्ताको विषय बनेको छ ।
‘आकासे वर्षाले सिँचाइको समस्या टर्दैन, पर्याप्त सिँचाइका लागि अनुकूल समय पर्याप्त हिउँ पर्नुपर्ने हुन्छ।, अध्यक्ष गुरुङले भने, ‘विस्तारै मुहान सुक्दै गएकाले खेतीयोग्य जमिनमा सिँचाइ अभाव देखियो ।’ उनले जलवायु परिवर्तनको असरले यहाँको कृषि प्रणालीमा देखिएका चुनौती समाधान गर्न नयाँ सिँचाइका मुहान पहिचान गर्नुपर्ने अवस्था आएको बताए ।
जलवायु परिवर्तनका कारण यहाँको पानीको स्रोत घट्दै गइरहेकाले विगतमा शतप्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेकामा अहिले १० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ गर्न धौधौ भइसकेको उनको भनाइ छ । वारागुङ मुक्तिक्षेत्र ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बर्सेनि असार, साउन र भदौमा उच्च हुने यहाँको लुम्बुक खोलाको पानी सुक्दै जान थालेको उल्लेख गरे । फल्याक र धार्काजुङ गाउँमा एक सय घरपरिवारले कृषि पेसा अगालेका छन् । ‘जीविकोपार्जनको माध्यम भनेकै कृषि हो, कृषिका लागि सिँचाइ नभई हुँदैन, किसानले खेतीपाती गरेको व्यर्थ हुने भयो’, वडाध्यक्ष गुरुङले भने ।
फल्याक र धार्काजुङका किसान, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूको टोलीले शनिबार त्यहाँका लुम्बुक खोलाको मुहानको अवलोकन गरेको छ । लुम्बुक झरना नजिक तीनवटा मुहानको पानीको स्रोत घट्दै गइरहेको वारागुङ मुक्तिक्षेत्रका उपाध्यक्ष डिकी गुरुङले जानकारी दिइन् । उनले मुस्ताङमा लगातार ३ वर्षसम्म हिउँ पर्न नसकेकाले यहाँको लुम्बुक खोलाको पानीको स्रोत विगतको भन्दा दुईतिहाइले सुक्दै गइरहेको उल्लेख गरिन् ।
लुम्बुक खोलामा आंशिक पानीको स्रोत देखिए पनि त्यहाँको पानी जमिनमुनिबाट बग्न थालेपछि फल्याक र धार्काजुङमा सिँचाइ समस्या देखिएको छ । सिँचाइको स्रोत सुक्दै गए केही वर्षभित्र यहाँको बस्ती विस्थापित हुने जोखिम छ । फल्याक र धार्काजुङ गाउँमा एक किसानले २५–३० वटा खेतमा सिँचाइ गर्ने गरेकामा पछिल्लो समय चार–पाँच वटा खेतमा पनि सिँचाइ उपलब्ध गराउन धौधौ भइरहेको छ । हिउँदयाममा पर्याप्त हिउँ परेमा त्यही हिउँ पग्लिएर लम्बुक खोलाको पानीको सतह पनि ठूलो हुने स्थानीय बताउँछन् । मुहान स्रोतको अग्ला विशाल पहाड हिउँविहीन भएपछि यहाँ सिँचाइको समस्या र चुनौती थपिएको हो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया