
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
रामबहादुर बानियाँ
मानिसलाई पशु सरह किनबेच गरी बिभिन्न काममा लगाउने अमानविय कार्य नै दास प्रथा हो ।दासप्रथा सामन्ती समाजको परिचायक हो । युद्वमा पराजितहरू,जुवा हारेकाहरू, बाजी लगाइएको दोहोरी गितमा हार्नेहरू तथा सन्काहा शासकका निसानीमा परेकाहरू पनि कमारा कमारीका रूपमा रहने गरेको पाइन्छ। शकुनी मामासँग पासा खेल्दा हारेका पाण्डबहरू पनि कौरव पक्षको कमारा भएको दृष्टान्त महाभारतमा पाइन्छ ।बि.सं १९६५ सालमा तत्कालिन राणा प्रधानमन्त्रि चन्द्रशम्सेर बेलायतको भ्रमणमा जाँदा,त्यहाँ उठेको दासत्व बिरुद्बको परिचर्चाले उनीहरूलाई प्रभाब पारेछ। फलत : बि.सं.१९८१ मंसिर १४ गते टुंडिखेलको खरीको बोटबाट दासप्रथा अन्त्य (करिया अमलेख)को घोषणा गरे ।
त्यतिखेर नेपालको कुल जनसंख्या ५५ लाख ५७ हजार ७ सय ८८ थियो भने कमारा /कमारीको संख्या ५९ हजार ८ सय ७३ अर्थात १.०७%थियो। कमारा कमारीहरू हाट बजारमै बिक्रि हुने त्यतिखेर उमेर र लिङ्ग अनुसार कमारा/कमारीहरू रु.१सय देखि रु.३ सय ९० सम्म पर्थ्यो। कमारीले बच्चा जन्माए पछि ,त्यो बच्चा मालिक कै सम्पत्ति हुन्थ्यो र मालिकले पछि बेच्न पाउँथ्यो। सुन्दरी र तरूनी कमारीको मूल्य बढी हुन्थ्यो। अमलेख भएको घोषणा पछि ४ हजार ६ सय कमारा/कमारीलाई स्वेच्छाले मुक्त गरियो,१ सय ११ जनाले मालिकलाई थैली बुझाएर मुक्त भए भने निशुल्क मुक्त गर्न नचाहने १५ हजार ७ सय १९ जना मालिकलाई पशुपतिनाथको गुठीबाट रु.छत्तिस लाख सत्तरी हजार झिकेर क्षति पूर्तितिरी अमलेख (स्वतन्त्र) गरियो। पशुपतिनाथ(शिब)को कोषको कृपाले अमलेख भएकोले यिनीहरुको थर नै ‘शिबभक्ती’ रहन गयो । यिनीहरूको जीवनयापनको लागि बारा जिल्लाको एक ठाउँमा बसोबासको ब्यबस्था मिलाइयो जसलाई “अमलेख गन्ज” भनिन्छ र हाल यो जितपुर सिमरा उपमहानगर पालिकामा पर्छ ।
बाइसे चौबिसे कालको बेलामा पनि बाटुलेचौरमा कमारा /कमारी प्रथा रहेको र दासत्व मोचनको प्रसङ्गमा बाटुलेचौर मुकाम उल्लेख भएको बाग्लुङ निबासी डम्बर बहादुर खड्काको संग्रहमा रहेको बि.सं १७८१को ताम्र पत्रमा उल्लेख छ। बि.सं १९७५ सालतिर बाटुलेचौर तथा आसपासका क्षेत्रमा दास प्रथाले जरो गाँडेको थियो । त्यतिखेर खेत पाखो धेरै हुने धनी ब्यक्तिका घरमा कमारा कमारी पालिएका हुन्थे। बिबाह गर्दा कमारा/कमारी समेत दाइजोको रूपमा दिने चलन थियो । त्यो बेला बाटुलेचौर मैदानमा बस्ने अजम्बर नेवार (ओमकुमार साहुको हजुर बुबा) को घरमा बस्ने कमारीसँग मौजा बस्ने बद्रीकेशर गुरूङ्गको घरमा काम गर्ने बर्ष १९ को मने कमारोले प्रेमगरी अजम्बर नेवार कै घरमा बस्न आएकोले, सबै भद्रभलाद्मीको रोहबरमा कमाराको मोलरु.एकसय असि निर्क्योल गरी, उक्त पैसा अजम्बर साहुले बद्रिकेशरको प्रतिनिधीलाई बुझाई कमारो मनेलाई किनेको देखिन्छ। कस्तो अचम्म, मान्छेको मूल्य मो.रु १ सय ८० । यो जनकबि केशरी धर्मराज थापा ज्यू द्वारा लिखित पुस्तक ” लामिछाने थापाको बंशाबली “बाट उद्धृत गरिएको हो।
यस्तै यहीं बस्ने एउटा कमारोले कसैको श्रीमतीसँग करणी सम्बन्ध राखी जार बनेकोले साधुले उसलाई दौडाउँदै लगि जुम्ली डाँडा(कादुरीको गेट)अगाडीको ढुङ्गामा पुर्याई खुकुरीले काटेकोले उक्त ढुङ्गालाई अद्याबधि जार काटेको ढुङ्गा भनिन्छ। बाटो निर्माणको क्रममा हाल उक्त ढुङ्गा फुटाली सकिएको छ ।
पोखरा, बाटुलेचौर


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया