
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
रामबहादुर बानियाँ
मानिसलाई पशु सरह किनबेच गरी बिभिन्न काममा लगाउने अमानविय कार्य नै दास प्रथा हो ।दासप्रथा सामन्ती समाजको परिचायक हो । युद्वमा पराजितहरू,जुवा हारेकाहरू, बाजी लगाइएको दोहोरी गितमा हार्नेहरू तथा सन्काहा शासकका निसानीमा परेकाहरू पनि कमारा कमारीका रूपमा रहने गरेको पाइन्छ। शकुनी मामासँग पासा खेल्दा हारेका पाण्डबहरू पनि कौरव पक्षको कमारा भएको दृष्टान्त महाभारतमा पाइन्छ ।बि.सं १९६५ सालमा तत्कालिन राणा प्रधानमन्त्रि चन्द्रशम्सेर बेलायतको भ्रमणमा जाँदा,त्यहाँ उठेको दासत्व बिरुद्बको परिचर्चाले उनीहरूलाई प्रभाब पारेछ। फलत : बि.सं.१९८१ मंसिर १४ गते टुंडिखेलको खरीको बोटबाट दासप्रथा अन्त्य (करिया अमलेख)को घोषणा गरे ।
त्यतिखेर नेपालको कुल जनसंख्या ५५ लाख ५७ हजार ७ सय ८८ थियो भने कमारा /कमारीको संख्या ५९ हजार ८ सय ७३ अर्थात १.०७%थियो। कमारा कमारीहरू हाट बजारमै बिक्रि हुने त्यतिखेर उमेर र लिङ्ग अनुसार कमारा/कमारीहरू रु.१सय देखि रु.३ सय ९० सम्म पर्थ्यो। कमारीले बच्चा जन्माए पछि ,त्यो बच्चा मालिक कै सम्पत्ति हुन्थ्यो र मालिकले पछि बेच्न पाउँथ्यो। सुन्दरी र तरूनी कमारीको मूल्य बढी हुन्थ्यो। अमलेख भएको घोषणा पछि ४ हजार ६ सय कमारा/कमारीलाई स्वेच्छाले मुक्त गरियो,१ सय ११ जनाले मालिकलाई थैली बुझाएर मुक्त भए भने निशुल्क मुक्त गर्न नचाहने १५ हजार ७ सय १९ जना मालिकलाई पशुपतिनाथको गुठीबाट रु.छत्तिस लाख सत्तरी हजार झिकेर क्षति पूर्तितिरी अमलेख (स्वतन्त्र) गरियो। पशुपतिनाथ(शिब)को कोषको कृपाले अमलेख भएकोले यिनीहरुको थर नै ‘शिबभक्ती’ रहन गयो । यिनीहरूको जीवनयापनको लागि बारा जिल्लाको एक ठाउँमा बसोबासको ब्यबस्था मिलाइयो जसलाई “अमलेख गन्ज” भनिन्छ र हाल यो जितपुर सिमरा उपमहानगर पालिकामा पर्छ ।
बाइसे चौबिसे कालको बेलामा पनि बाटुलेचौरमा कमारा /कमारी प्रथा रहेको र दासत्व मोचनको प्रसङ्गमा बाटुलेचौर मुकाम उल्लेख भएको बाग्लुङ निबासी डम्बर बहादुर खड्काको संग्रहमा रहेको बि.सं १७८१को ताम्र पत्रमा उल्लेख छ। बि.सं १९७५ सालतिर बाटुलेचौर तथा आसपासका क्षेत्रमा दास प्रथाले जरो गाँडेको थियो । त्यतिखेर खेत पाखो धेरै हुने धनी ब्यक्तिका घरमा कमारा कमारी पालिएका हुन्थे। बिबाह गर्दा कमारा/कमारी समेत दाइजोको रूपमा दिने चलन थियो । त्यो बेला बाटुलेचौर मैदानमा बस्ने अजम्बर नेवार (ओमकुमार साहुको हजुर बुबा) को घरमा बस्ने कमारीसँग मौजा बस्ने बद्रीकेशर गुरूङ्गको घरमा काम गर्ने बर्ष १९ को मने कमारोले प्रेमगरी अजम्बर नेवार कै घरमा बस्न आएकोले, सबै भद्रभलाद्मीको रोहबरमा कमाराको मोलरु.एकसय असि निर्क्योल गरी, उक्त पैसा अजम्बर साहुले बद्रिकेशरको प्रतिनिधीलाई बुझाई कमारो मनेलाई किनेको देखिन्छ। कस्तो अचम्म, मान्छेको मूल्य मो.रु १ सय ८० । यो जनकबि केशरी धर्मराज थापा ज्यू द्वारा लिखित पुस्तक ” लामिछाने थापाको बंशाबली “बाट उद्धृत गरिएको हो।
यस्तै यहीं बस्ने एउटा कमारोले कसैको श्रीमतीसँग करणी सम्बन्ध राखी जार बनेकोले साधुले उसलाई दौडाउँदै लगि जुम्ली डाँडा(कादुरीको गेट)अगाडीको ढुङ्गामा पुर्याई खुकुरीले काटेकोले उक्त ढुङ्गालाई अद्याबधि जार काटेको ढुङ्गा भनिन्छ। बाटो निर्माणको क्रममा हाल उक्त ढुङ्गा फुटाली सकिएको छ ।
पोखरा, बाटुलेचौर


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया