
काठमाडौं । बुधबार (आज) एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँमा कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।