
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा।गण्डकीका प्रदेश प्रमुुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला स्तरीय संरक्षक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताउनुभयो ।
‘कलिलो उमेरबाटै अरुको सेवा गर्नुपर्ने भावना विकसित गर्न सकेमा ती बालबालिका भविष्यमा नैतिकवान्, कर्मठ र ईमान्दार दक्ष नागरिक बन्नेछन् ’ उहाँले भन्नुभयो – ‘नैतिक शिक्षाले उनीहरु असल मार्गमा अघि बढ्छन् । हिंसा र अपराधबाट जोगिन्छन् । परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी छ ।’
स्वयंसेवी कार्यकर्ता, युवाहरूको सक्रिय संलग्नता र सामुदायिक सहभागितामार्फत् रेडक्रसले आफूलाई अग्रपंक्तिमा उभ्याएको भट्टले उल्लेख गर्नुभयो । उहाँले गोष्ठीमा प्रस्तुत कार्ययोजना, छलफल तथा विचार मन्थनबाट संस्थागत कामकारबाहीको मूल्यांकन, सुझाव ग्रहण र आगामी दिनको योजना तर्जुमा गर्न सक्षम बनोस् भन्दै संस्थालाई सबिलकरणको दिशामा अघि बढाउन दिशानिर्देश गरोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।
‘रेडक्रस भन्ने बित्तिकै मानवियता र सेवा भावना जोडिन्छ । युद्ध, प्राकृतिक विपद् र अन्य आपत्कालीन अवस्थामा पीडितलाई सहायता पु¥याउने उद्देश्यका साथ रेडक्रसले कामहरू गर्दै आएको छ ।’ उहाँले भन्नुभयो ।
स्थानीय समुदायमा मानवीय सेवाको आवश्यकता बोध हुँदा सम्झिने पहिलो सामाजिक संस्था रेडक्रसले मानवतालाई जीवित राखौँ मूल मन्त्रका साथ काम गर्दै आएकोमा आभारपनि व्यक्त गर्नुभयो ।
‘रेडक्रसले जिल्लास्तरीय समिति अन्तर्गत विभिन्न उप–शाखाहरू, समुदायस्तरीय युवा सर्कल, स्वयंसेवक समूह र विद्यालय अन्तर्गत जुनियर तथा युवा रेडक्रस सर्कलहरूलाई क्रियाशील बनाउँदै फराकिलो क्षेत्र ओगटेको छ ।’ प्रदेश प्रमुख भट्टले थप्नुभयो – ‘रेडक्रस, स्काउट, लायन्स, रोटरी जस्ता संस्था संघसंस्थाहरू गर्वलायक सामाजिक संघसंस्था हुन् । मानव जीवनको अमूल्य वस्तु रगतको अभाव हुँदा सबैभन्दा पहिले सम्झने संस्था भनेकै रेडक्रस हो ।’
रगत उपलब्ध गराउने काम सँगसँगै नेपालमा महामारी, भूकम्प तथा बाढीपहिरोको पीडामा रहँदा रेडक्रसले अग्रणी भूमिका खेलेको बताउँदै भट्टले पीडितहरुलाई खाद्यान्न लत्ताकपडादेखि तत्कालिन एम्बुलेन्स सेवा, स्वास्थ्य सेवा, परामर्श लगायत कार्य रेडक्रसकै अगुवाईमा भएको उल्लेख गर्नुभयो ।
रेडक्रसले सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै आगामी दिनमा राज्यको निकायसँग सहकार्य, प्रविधिको उपयोग र नवप्रवर्तनशील कार्यक्रमहरूका माध्यमबाट रेडक्रस अझ प्रभावकारी रूपमा समाजसेवामा अग्रसर हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया