
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा ।गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशबीच श्रम, रोजगार र उद्यम प्रवद्र्धनसम्बन्धी नीतिगत तथा कार्यान्वयन पक्षमा गरिएका कामहरूको अनुभव साझा गरिएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकले भोग्ने समस्या गम्भीर भएको र उक्त समस्यालाई समाधान गर्ने बाटोमा लाग्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । “गण्डकी प्रदेश सरकार युवालाई सीप सिकाएर स्वदेशमै अवसर सिर्जना गर्ने अभियानमा छ । सीप विकास तालिम केन्द्र र व्यवसायिक तालिम प्रतिष्ठान (जिटीईभीटी) मार्फत सीपमूलक तालिम दिइरहेका छौँ।”, उनले भने ।
मन्त्री थापाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन गण्डकी सरकार कानुन निर्माण चरणमा रहेको उल्लेख गरे । व्यवसायिक क्षेत्रमा जनशक्तिको अभाव भएको बताउँदै आफू पनि व्यवसायिक फिल्डबाट आएको मान्छे भएकाले यो समस्या अनुभूति गरेको उनले बताए ।
उद्यमशीलता प्रवद्र्धन र राइट शेयरिङ कार्यविधि जस्ता माध्यमबाट गण्डकी सरकारले पार्ट टाइम रोजगारीको ढोका खोल्दै गरेको अभिव्यक्ति उनको छ । सीपमूलक शिक्षा र उद्यममैत्री वातावरणले वैदेशिक रोजगारीकै कारण देखिएको सामाजिक असन्तुलनलाई चिर्न सक्ने विश्वास मन्त्री थापाले गरेका छन् ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सिक्ने अवसर मिल्नु नै मुख्य कुरा भएको बताए । प्रदेशले गरेका राम्रा कामहरू जनताको बीचमा नलाँदा त्यसको औचित्यमाथि प्रश्न उठ्को भनाई उनको छ ।
“हामीले गरेका राम्रा अभ्यासलाई जनतासामु लैजानै पर्छ । गण्डकी प्रदेशका राम्रा पक्षहरू बागमतीले सिक्न सक्छ, र बागमतीका अभ्यासहरू गण्डकीले पनि लिनुपर्छ ।”, उनले भने । सामीको कार्यक्रम जनताको भोगाइसँग प्रत्यक्ष जोडिएको उत्कृष्ट कार्यक्रम भएको उनले उल्लेख गरे । रोजगार सिर्जनामा केन्द्रित बजेट र मानव संसाधन विकासमा केन्द्रित नीति–कार्यक्रम अबको अपरिहार्य रहेको उनले बताए ।
उनले रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै भौतिकभन्दा मानव विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई औंल्याए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार र बागमती प्रदेश सरकारले श्रम रोजगारीको क्षेत्रमा गरेका प्रयास तथा सामी कार्यक्रमको हालसम्मको संक्षिप्त प्रगति विवरण पेश गरेका थिए । दुबै प्रदेशका सचिवहरू, सम्बन्धित मन्त्रालयका निर्देशक तथा कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने, उद्यमशीलता विकास गर्ने र प्रदेशस्तरमै रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया