
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
७महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
८बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
११सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
१२मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
पर्वत । राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, पर्वतले कुश्मा नगरपालिका–५ स्थित गुप्तेश्वर वेदबेदांग संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेको छ ।
स्थापना दिवसमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्धेश्यले चामल, दाल, तेल चीनि, गेडागुडी जस्ता खाद्यान्न वितरण गरेको हो । राष्ट्रिय युवा संघ पर्वतका अध्यक्ष विनोद थापा र एमाले नेतृ कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले पाठशालाका बटुकलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानि रिजालले युवाहरु मुलुक परिवर्तनको संवाहक रहेको बताउनुभयो । आज हरेक दिनजसो युवा पुस्ता विदेश पलायन भैरहेका बेला स्वदेशमै केहि गर्नुपर्छ भनेर राष्ट्रिय युवा संघमा गोलबन्द युवाहरुले पाठशालालाई गरेको सहयोगको उच्च प्रसंसा गर्नुभएको छ । उहाँले संस्कृत भाषा, धर्म, संस्कार र मुल्यहरूको संरक्षण तथा संवद्र्धनमा संस्कृत पाठशालाहरूले खेलिरहेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै भन्नुभयो “संस्कृत पाठशालाहरू हाम्रो मौलिक परिचयका आधार हुन्। यस्ता संस्थाहरूमा खाद्यान्न जस्ता सहयोग गर्नु युवा संघका सदस्यहरूले देखाएको सकारात्मक र प्रेरणादायी पहल हो । स्थानीय सरकार र युवाबीच सहकार्य आवश्यक छ, जसबाट दीर्घकालीन परिवर्तन सम्भव छ ।
उहाँले यस्ता कार्यहरूले युवामा सामाजिक उत्तरदायित्वको भावना बढ्ने र भविष्यमा अझ ठूला योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय युवा संघ पर्वतका सचिव प्रकाश थकालीले राख्नुभएको थियो । उहाँले युवा संघले केवल राजनैतिक गतिविधिमा मात्र सीमित नरही समाजसेवामूलक कार्यहरूमा पनि सक्रियता बढाइरहेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन रामसागर लामिछानेले गर्नुभएको थियो । राष्ट्रिय युवा संघ पर्वतका अध्यक्ष बिनोद थापाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ता गतिविधिमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । खाद्यान्न वितरण कार्यक्रममा संघका पदाधिकारीहरू, सदस्यहरू, पाठशालाका विद्यार्थी, गुरुजन तथा स्थानीय नागरिकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया