
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
काठमाडौं । अभिनेत्री केकी अधिकारी एक वर्षपछि पर्दामा देखिने भएकी छन् । ‘के घर के डेरा : घर नं २’ मार्फत उनी एक वर्षपछि सेतो पर्दामा देखिने भएकी हुन् ।
केकी ‘बोक्सीको घर’पछि हालम्म कुनै पनि चलचित्रमा देखिएकी छैनन् । ‘बोक्सीको घर’मा मुख्य भूमिकामा अभिनय सँगै उनी निर्मात्री पनि थिइन् ।एउटै व्यक्तिले धेरै काम लिँदा त्यसको तनाव र दौडधुपले केही समय ब्रेक लिएको उनले बताएकी छन् । एक वर्षपछि आफूले चाहे अनुसारको काम गर्न पाएको केकीले बताइन् ।
‘के घर के डेरा : घर नं २’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । केकी यो सिनेमाको मुख्य भूमिकामध्ये एकमा छिन् ।केकी र दीपेन्द्रको यो पहिलो सहकार्य हो । केकी अभिनेत्रीका रूपमा र दीपेन्द्र निर्देशकका रूपमा स्थापित भए पनि यी दुईले हालसम्म कुनै पनि सिनेमामा सहकार्य गरेका थिएनन् ।
“उहाँ (दीपेन्द्र के खनाल) आफैँमा अब्बल कथावाचक हो । तर, उहाँसँग काम गर्ने अवसर मिलेको थिएन,” केकीले भनिन्, “पहिलोपटक यति राम्रो सिनेमामा काम गर्ने मौका मिल्यो ।”
केकीले मौलिक र आम नेपालीको कथामा सिनेमा ‘के घर के डेरा : घर नं २’ बनेको बताइन् । घर हुने र बनाउन चाहनेहरूको कथा सिनेमामा रहेका उनको भनाइ छ ।
गाउँबाट काठमाडौं आएर संघर्ष गर्नेहरूको कथा सिनेमामा रहेको उनको भनाइ छ । काठमाडौंका कथालाई मौलिक होइनन् भन्ने बुझाइ पनि कतिपय अवस्था रहेको उनले बताएकी छन् ।
“अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो । नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,” उनले भनिन्, “अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन् ।”
‘के घर के डेरा : घर नं २’को सबैभन्दा बलियो पक्ष यसको स्क्रिप्ट निर्देशन रहेको उनको भनाइ छ । कथा, निर्देशन, अनुभवी कलाकार र कामप्रतिको डेडिकेसनले सिनेमा राम्रो बनेको उनको विश्वास छ ।चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।
चलचित्रमा केकीसँगै खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ । ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदैछ ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ ।‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया