
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
पोखरा ।नेपाली चलचित्र ‘पुर्खाको थलो’ आगामी जेठ ३ गते शनिबार पोखरास्थित श्री कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ। ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको चलचित्र मुनाल फिल्म प्रा. लिको व्यानरमा बनेको हो । मुनाल फिल्म ब्यानरको निर्माण भएको यो आठौँ चलचित्र हो।
निर्देशक गुरुङले देश छाडेर बिदेसिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेका बेला, त्यसको भावनात्मक प्रभाव र आफ्नो पहिचानप्रतिको सम्झनालाई समेट्दै चलचित्र निर्माण गरेको बताएका छन् । त्यसै गरि निर्मात्री कुबिना गुरुङले चलचित्रले पुर्खा–प्रेम र थलोप्रतिको आत्मीय सम्बन्धलाई उजागर गर्ने दाबी गरेकी छिन् ।
निर्माणमा कुबिना गुरुङसंगै दिल घले, उत्तर बहादुर गुरुङ, खिम कुमारी गुरुङ र जोग माया गुरुङ रहेका छन् । त्यस्तै पिटर गुरुङ, खेमेन्द्र गुरुङ र जलन गुरुङले छायाँकनको काम सम्हालेका छन्। गणेश मान घले, लक्ष्मी गुरुङ, ओम प्रकाश गुरुङमा मुख्य भूमिका रहेको चलचित्रमा डि.बी. गुरुङ, लाल शोभा गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, उत्तर बहादुर गुरुङ, कविता गुरुङ, अमिर गुरुङ, खिम कुमारी गुरुङ, राजेन्द्र अधिकारी, गम बहादुर गुरुङ, जोया गुरुङ, सुन देवी गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । गुरुङ चलचित्र उद्योगमा छोटो समयमै प्रभाव छोड्न सफल ओम प्रकाश गुरुङ लामो समयपछि पर्दामा देखिएका छन्। उनको यो चौथो चलचित्र हो।
चलचित्रको प्रकाश व्यवस्थापन सरोज गुरुङ, गोपी गुरुङ र यम गुरुङले गरेका छन्। भेषभूषा गोमा गुरुङले तयार गरेकी हुन् भने श्रृंगार राजकुमार गुरुङ र जय गुरुङको रहेको छ। पार्श्व संगीत बिनोद रसाइलीले दिएका छन्, र संगीत संयोजन गम बहादुर गुरुङ (गोरे) र बिनोद रसाइली नै ले गरेका हुन् । त्यस्तै नृत्य निर्देशन नेत्र बहादुर गुरुङले गरेका छन् र ड्रोन छायाँकन सन्देश गुरुङ, सूर्य सुनुवार र पुष्कर थापाले सम्हालेका छन्।
निर्माण पक्षका अनुसार, नेपालमा प्रदर्शनपछि चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनपनि हुनेछ। जुन १ तारिख हङकङ र बेलायतमा, र जुलाई ६ तारिख जापानको योकोहामा शहरमा प्रदर्शन हुने बताइएको छ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया