
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
रामबहादुर बानियाँ
बि.सं १५२५ तिर कास्की राज्यमा शासन गर्ने कुलमण्डन शाहको दरबारमा पानी ल्याउने पँधेरो (राज पँधेरो) को खोजी गर्न अर्मला कुर निवासी समाजसेवी, उत्कृष्ट कृषक एबं संरक्षणकर्मी जितबहादुर बस्नेत दाई र म एका विहानै कुर तर्फ लाग्यौं। हामीले सबै भन्दा पहिले तोपस्थल( सेन्ट्रि) को निरीक्षणमा लाग्यौं।
पोखरा -१६ कुर, सम्म परेको जमिन,खरबारी, जुका नलाग्ने ,पहारिलो, यहाँ महादेब ठकुरी भन्ने मानिस बस्दथे। २ हात चाक्लो पर्खाल , पर्खालको बिचमा दरबार र दरबारको एउटा कुनामा ५ फिट अग्लो,सानो चौतारा जस्तो ढुङ्गाको गारो द्वारा उठाइएको तोपस्थल ,तोपस्थलको माथि ५ फिट अग्लो गारो र एउटा छेउमा सेना पस्ने ढोका । बिचमा हरदम शत्रुको निगरानी गरी रहने तोप । ठकुरीको पलायन पछि सबै संरचना भग्नावशेषमा परिणत भयो भने तोप खेलौनाको रूपमा रहिरह्यो। यो तोपलाई बाहिर लैजान भनी धेरैपटक बाटुलेचौर सम्म ल्याइ पुर्याइयो ,भोलिपल्ट तोप यही तोपस्थलमा आइपुग्थ्यो भन्ने किंबदन्ती अद्दाबधी छ। पछि यो तोपलाइ नेपाल (काठमाडौं)बाट आएका दरबारियाहरुले लिएर गए,भनिन्छ। यस्ता तोपस्थल यहाँ अरू २ वटा पनि रहेछन तर पछि जग्गा विराउने क्रममा भत्काइए छन।दरबार भित्र पूजापाठ गर्ने पुरेत र सहयोग गर्ने नेपालीको बासस्थान पनि यहि कुर भित्र रहेछ । त्यस पछि हामी रानी ओडार तर्फ लाग्यौं।
काली खोलामा स्नान गर्न आउने महिलाहरू,घांस पात ,मेला पर्म गर्न आउने महिलाहरू पानी पर्दा वा घाम चर्कंदा ओत बस्ने ओडारलाइ रानी ओडार भनिंदो रहेछ। १०/१५ जना मानिस सजिलै ओत लाग्न सक्ने यो ओडार तत्कालिन कास्की राज्यसँग सम्बन्धित एउटा महत्वपूर्ण स्थल हुनु पर्छ जस्तो हामीले अनुभूत गर्यौं। यहि रानी ओडारको पश्चिमतर्फ खेतमा पुर्व -पश्चिम लमतन्न परेर रहेको हात्ती ढुङ्गा थियो। यो हात्ति ढुङ्गामा पानी माग्ने पर्वको दिनमा इन्द्रको दरबारको प्यारो हात्ती ऐरावतको प्रतिक मानेर भब्य पूजा आराधाना गर्ने गरिन्छ। त्यस पछि हामी राजपंधेरोको खोजी तर्फ लाग्यौं।
कालीखोला किनार बिभीन्न भेक र समुदायका आ -आफ्नै पँधेरो भएको स्थल। त्यस मध्ये एक राज पँधेरो ,कहाँ होला ?खोजी गर्दै हामी हात्ती ढुङ्गाबाट तल काली खोलाको दुबै किनारमा अध्ययन निरीक्षण गर्दै हिंडदै गयौं। कुर साइडमा पहिरोसँगै खसेका ढुङ्गाले हिंडन कठिन पारेको थियो। ४ खुट्टाले टेक्दै अगाडि बढ्यौं।
पँधेरो भनेपछि हिउँद याममा पनि निरन्तर पानी आईरहने,धारो भएको,नजिकै चौतारी रहेको ठाउँ हुनु पर्छ,हाम्रो अनुभूति। कतै भेटिएन त्यस्तो ठाउं। के काली खोलाकै पानी हो त,पंधेरो भनेको? हो, भनौं भने पनि बर्षायाममा त्यो सम्भब नै थिएन। पंधेरो भने पछि संग्लो पानी निरन्तर बगिरहने जरुवा वा मूल हुनूपर्छ। बाटुलेचौर साइड तिरको कालीखोला किनारमा त्यस्तो भेट्दै भेटिएन। सायद बिभिन्न समयमा आउने बाढीले,त्यो बगायो की हाम्रो आशंका। ऐसेलु टिप्दै गर्दा,झौरीखेतको मूनि,बंगुर पालनको छेउ,कूरेलीहरूको ठाँटीको मूनि ,ढुङ्गाको कापमा पानीको श्रोत भेटियो। कुलुलुलुपानी बगिरहेको ठाउँमा जितबहादुर दाइले चपरी फालेर हेर्नु भयो पानीको मूल थियो तर त्यहाँ धारो,पेटी, कुवा अथवा पँधेरोको आकृति केही भेटिएन। सायद कुरबाट आएको पहिरो र ढुङ्गाले क्षत बिक्षत भएर पुरिएको पनि हुनसक्छ । स्व. सेनानी चन्द्रबहादुर बस्नेतज्यूले पनि “झौरी खेतको मूनि कालीखोलाको किनारमा राज पँधेरो हुनुपर्छ ,रामबाबु ” भन्नु हुन्थ्यो। सबै बस्तु स्थितीलाई नियाल्दा र बिचार्दा राज पँधेरो यही नै हुनु पर्छ भन्ने ठम्याइ हामीले गर्यौ। पारीका मान्छे बर्षामा कसरी आउँथे त त्यसो भए? तर त्यहाँ परापूर्व कालबाटै बाँसको झोलुङ्गो हालिंदो रहेछ ,सायद त्यसैबाट ओहोर -दोहोर गर्दा होलान ।त्यस्को अलि माथि बारीमा तोरी पेल्ने ढुङ्गाको ओखल थियो,जुन फोरिएको अबस्थामा थियो । यस्तो पूरातात्विक बस्तु किन फोर्न खोज्छन हँ ,मानिसहरु । कस्तो दरिद्र मानसिकता! माथि नयां पुलबाट अम्बिकाथर आउनु पर्ला भनेर हिंडदै गर्दा मृगको कोरली मकै बारीमा चर्दै, उफ्रदैं गरेको देखियो ।कस्तो सुन्दर! त्यहिबेला जितबहादुर दाइले भन्नु भयो “रामसर ,केही बर्ष अघि गोमन सर्पले गुंड बनाएर अण्डा कोरल्दै थियो ,यो ठाँउमा।” हो ,गोमन सर्पले यो परिवेशमा आफूलाइ अनुकूलित गरिसक्यो”,मैले प्रत्युत्तर दिएं।
अन्त्यमा केही परेमा पुन: अबलोकन भ्रमणमा जुटने बाचा सहित बिदा भयौं।
पोखरा, बाटुलेचौर


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया