
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
रामबहादुर बानियाँ
बि.सं १५२५ तिर कास्की राज्यमा शासन गर्ने कुलमण्डन शाहको दरबारमा पानी ल्याउने पँधेरो (राज पँधेरो) को खोजी गर्न अर्मला कुर निवासी समाजसेवी, उत्कृष्ट कृषक एबं संरक्षणकर्मी जितबहादुर बस्नेत दाई र म एका विहानै कुर तर्फ लाग्यौं। हामीले सबै भन्दा पहिले तोपस्थल( सेन्ट्रि) को निरीक्षणमा लाग्यौं।
पोखरा -१६ कुर, सम्म परेको जमिन,खरबारी, जुका नलाग्ने ,पहारिलो, यहाँ महादेब ठकुरी भन्ने मानिस बस्दथे। २ हात चाक्लो पर्खाल , पर्खालको बिचमा दरबार र दरबारको एउटा कुनामा ५ फिट अग्लो,सानो चौतारा जस्तो ढुङ्गाको गारो द्वारा उठाइएको तोपस्थल ,तोपस्थलको माथि ५ फिट अग्लो गारो र एउटा छेउमा सेना पस्ने ढोका । बिचमा हरदम शत्रुको निगरानी गरी रहने तोप । ठकुरीको पलायन पछि सबै संरचना भग्नावशेषमा परिणत भयो भने तोप खेलौनाको रूपमा रहिरह्यो। यो तोपलाई बाहिर लैजान भनी धेरैपटक बाटुलेचौर सम्म ल्याइ पुर्याइयो ,भोलिपल्ट तोप यही तोपस्थलमा आइपुग्थ्यो भन्ने किंबदन्ती अद्दाबधी छ। पछि यो तोपलाइ नेपाल (काठमाडौं)बाट आएका दरबारियाहरुले लिएर गए,भनिन्छ। यस्ता तोपस्थल यहाँ अरू २ वटा पनि रहेछन तर पछि जग्गा विराउने क्रममा भत्काइए छन।दरबार भित्र पूजापाठ गर्ने पुरेत र सहयोग गर्ने नेपालीको बासस्थान पनि यहि कुर भित्र रहेछ । त्यस पछि हामी रानी ओडार तर्फ लाग्यौं।
काली खोलामा स्नान गर्न आउने महिलाहरू,घांस पात ,मेला पर्म गर्न आउने महिलाहरू पानी पर्दा वा घाम चर्कंदा ओत बस्ने ओडारलाइ रानी ओडार भनिंदो रहेछ। १०/१५ जना मानिस सजिलै ओत लाग्न सक्ने यो ओडार तत्कालिन कास्की राज्यसँग सम्बन्धित एउटा महत्वपूर्ण स्थल हुनु पर्छ जस्तो हामीले अनुभूत गर्यौं। यहि रानी ओडारको पश्चिमतर्फ खेतमा पुर्व -पश्चिम लमतन्न परेर रहेको हात्ती ढुङ्गा थियो। यो हात्ति ढुङ्गामा पानी माग्ने पर्वको दिनमा इन्द्रको दरबारको प्यारो हात्ती ऐरावतको प्रतिक मानेर भब्य पूजा आराधाना गर्ने गरिन्छ। त्यस पछि हामी राजपंधेरोको खोजी तर्फ लाग्यौं।
कालीखोला किनार बिभीन्न भेक र समुदायका आ -आफ्नै पँधेरो भएको स्थल। त्यस मध्ये एक राज पँधेरो ,कहाँ होला ?खोजी गर्दै हामी हात्ती ढुङ्गाबाट तल काली खोलाको दुबै किनारमा अध्ययन निरीक्षण गर्दै हिंडदै गयौं। कुर साइडमा पहिरोसँगै खसेका ढुङ्गाले हिंडन कठिन पारेको थियो। ४ खुट्टाले टेक्दै अगाडि बढ्यौं।
पँधेरो भनेपछि हिउँद याममा पनि निरन्तर पानी आईरहने,धारो भएको,नजिकै चौतारी रहेको ठाउँ हुनु पर्छ,हाम्रो अनुभूति। कतै भेटिएन त्यस्तो ठाउं। के काली खोलाकै पानी हो त,पंधेरो भनेको? हो, भनौं भने पनि बर्षायाममा त्यो सम्भब नै थिएन। पंधेरो भने पछि संग्लो पानी निरन्तर बगिरहने जरुवा वा मूल हुनूपर्छ। बाटुलेचौर साइड तिरको कालीखोला किनारमा त्यस्तो भेट्दै भेटिएन। सायद बिभिन्न समयमा आउने बाढीले,त्यो बगायो की हाम्रो आशंका। ऐसेलु टिप्दै गर्दा,झौरीखेतको मूनि,बंगुर पालनको छेउ,कूरेलीहरूको ठाँटीको मूनि ,ढुङ्गाको कापमा पानीको श्रोत भेटियो। कुलुलुलुपानी बगिरहेको ठाउँमा जितबहादुर दाइले चपरी फालेर हेर्नु भयो पानीको मूल थियो तर त्यहाँ धारो,पेटी, कुवा अथवा पँधेरोको आकृति केही भेटिएन। सायद कुरबाट आएको पहिरो र ढुङ्गाले क्षत बिक्षत भएर पुरिएको पनि हुनसक्छ । स्व. सेनानी चन्द्रबहादुर बस्नेतज्यूले पनि “झौरी खेतको मूनि कालीखोलाको किनारमा राज पँधेरो हुनुपर्छ ,रामबाबु ” भन्नु हुन्थ्यो। सबै बस्तु स्थितीलाई नियाल्दा र बिचार्दा राज पँधेरो यही नै हुनु पर्छ भन्ने ठम्याइ हामीले गर्यौ। पारीका मान्छे बर्षामा कसरी आउँथे त त्यसो भए? तर त्यहाँ परापूर्व कालबाटै बाँसको झोलुङ्गो हालिंदो रहेछ ,सायद त्यसैबाट ओहोर -दोहोर गर्दा होलान ।त्यस्को अलि माथि बारीमा तोरी पेल्ने ढुङ्गाको ओखल थियो,जुन फोरिएको अबस्थामा थियो । यस्तो पूरातात्विक बस्तु किन फोर्न खोज्छन हँ ,मानिसहरु । कस्तो दरिद्र मानसिकता! माथि नयां पुलबाट अम्बिकाथर आउनु पर्ला भनेर हिंडदै गर्दा मृगको कोरली मकै बारीमा चर्दै, उफ्रदैं गरेको देखियो ।कस्तो सुन्दर! त्यहिबेला जितबहादुर दाइले भन्नु भयो “रामसर ,केही बर्ष अघि गोमन सर्पले गुंड बनाएर अण्डा कोरल्दै थियो ,यो ठाँउमा।” हो ,गोमन सर्पले यो परिवेशमा आफूलाइ अनुकूलित गरिसक्यो”,मैले प्रत्युत्तर दिएं।
अन्त्यमा केही परेमा पुन: अबलोकन भ्रमणमा जुटने बाचा सहित बिदा भयौं।
पोखरा, बाटुलेचौर


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया