SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/१/३१ गते
    ५२२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत।पर्वतको मोदी गाउँपालिकाले १५ वर्षदेखि बाँझो रहेको जमिनमा व्यावसायिक आलुखेती सुरु गरेर आम्दानी तथा रोजगारीमा नयाँ आशा जगाएको छ। क्याङ क्षेत्रमा गरिएको यो आलुखेती प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गरिएको हो, जसमा नियुक्त श्रमिकहरूलाई परिचालन गरिएको छ।

    रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलोपटक परीक्षणस्वरूप गरिएको छ रोपनीको आलुखेती निकै सफल भएको छ। उनले भने,”प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी भइरहेको बेला कृषि उत्पादनमा श्रमिक परिचालन गरेर यसको प्रभावकारिता देखाइएको छ। परीक्षण खेती उत्साहजनक रहेकाले आगामी दिनमा यो योजना विस्तार गरिनेछ।”

    व्यावसायिक आलुखेतीका लागि पालिकाले ९५ हजार रुपैयाँ बीउ र मल खरिदमा लगानी गरेको छ। उत्पादनका लागि वडा नं. १, ३ र ४ ‘पकेट’ क्षेत्र मानिन्छन्।

    गाउँपालिका अध्यक्ष हीरादेवी शर्माका अनुसार पहिलो वर्ष जग्गा निःशुल्क प्राप्त गरिएको हो भने आगामी वर्षदेखि जग्गा भाडामा लिएर खेती निरन्तर गरिने योजना रहेको छ। यस वर्ष ५० क्विन्टलभन्दा बढी आलु उत्पादन हुने अनुमान गरिएको छ।

    यस पहलले बाँझो जमिनको उपयोग, कृषिमा रोजगारी सिर्जना र आत्मनिर्भर उत्पादनतर्फको प्रयासलाई मजबुत बनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं