SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/१/३० गते
    २८६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाले वडा न ४ क्याङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा आगामी आर्थिक बर्षको योजना छनौटका लागि सुझाबहरु संकलन समेत गरिएको थियो । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले गाउँपालिकाले चालु आर्थिक बर्षमा प्रवाह गरेका सेवा र सञ्चालन गरेका आयोजनाकहरुको विषयमा आफ्नो आफ्नो धारणा ब्यक्त गरेका थिए ।

    गाउँपालिकाले चालु बर्षको समिक्षा सहित आगामी बर्षको योजना छनौट, नीति तथा बजेट योजना निर्माणको लागि वडाबासीहरुसंग सुझाब संकलन गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

    सार्वजनिक सुनुवाईको क्रममा सहभागीहरुले गाउँपालिकाले शिक्षा स्वस्थ्य, र कृषिलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरेका छन् । खानेपानी, सडक, सिंचाई र कृषि क्षेत्रका प्रश्नहरु मार्फत सहभागीहरुले गाउँपालिकासंग यी विषयमा ठोस जवाफ मागेका थिए ।

    गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले सहभागीहरुको प्रश्नहरुको उत्तर दिदै आगामी दिनमा गाउँपालिकाले नीति, बजेट तथा कार्यक्रम तय गर्दा वडाबासीहरुको सुझाबलाई आत्मसाथ गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले स्थानीय तहको शासन प्रक्रियामा पारदर्शीता, कानूनी शासन र जवाफदेहिता रहनुपर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले असल प्रशासन, कुशल सेवा प्रवाह र कानूनी राज्यको प्रत्याभूति स्थानीय समुदायले प्राप्त गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।

    सहभागीहरुले उठाएका विषयमा अध्यक्ष शर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरीसंगै विषयगत शाखाका प्रमुखहरुले समेत जवाफ दिनुभएको थियो । सामाजिक विकास शाखाका प्रमुख दिनेश शर्माले शिक्षा र मानव विकाससंग सम्बन्धित प्रश्नहरुको उत्तर दिनुभएको थियो । कार्यक्रममा कृषि शाखाको तर्फबाट सुष्मा सापकोटाले सहभागीहरुको प्रश्नको उत्तर दिनुभएको थियो ।

    वडा न ४ का वडाअध्यक्ष मोहन चोचाङ्गी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव कृष्ण सुबेदीले बार्षिक कार्यक्रम र सेवा प्रवाहको अवस्था प्रस्तुत गर्नुभएको थियो, भने कार्यपालिका सदस्य लक्ष्मी बिकले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारिका समुह पर्वतले गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं