
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । वैशाख २८ गते । पर्वत सदरमुकाम कुश्मामा रहेको अत्याधुनिक बसपार्क निर्माण सम्पन्न भएको लामो समयसम्म उपयोग हुन सकेको छैन । उपयोगविहीन भएसँगै सुविधा सम्पन्न बसपार्क जीर्ण बन्दै गएको छ ।
सडकमार्ग सञ्चालन भएको ३३ वर्षपछि बसपार्क निर्माण बनेको भएपनि उपयोग नहुँदा सडकभरि गाडी पार्किङ हुने गरेको तर सुविधासम्पन्न बसपार्क भने अलपत्र परेको छ । जिम्मा लिने निकायले बेवास्ता गर्दा बसपार्कको यात्रु कक्ष भत्किने, इँटाहरू उप्किने समस्या देखिएको छ भने टर्मिनल भवनका झ्यालढोकाका सिसाहरू फुटिसकेका छन् ।
भवनसहित बसपार्कको संरचना गत कार्तिक महिनामा सम्पन्न भई सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको ८ महिना बितिसक्दा समेत नगरपालिकाले निर्णय गर्न नसक्दा बसपार्कको सञ्चालनमा कठिनाई भएको हो । नगरपालिकाले आवश्यक सुरक्षा प्रबन्ध गर्न नसक्दा बसपार्कका विभिन्न संरचनाहरू तोडफोड भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीका अनुसार रेलिङ्ग, झ्यालढोका फोड्ने, बसपार्कभित्रै खुला दिशापिसाब गरिदिने जस्ता समस्या देखिएको र सञ्चालनमा ल्याउन सकेमा यस्ता समस्याहरू हल हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङ्ग बताउनुभयो ।
प्रभावकारी रेखदेख नहुँदा अहिले बसपार्कको यात्रुकक्ष भत्किन थालेको छ भने शौचालयका झ्याल र ढोकामा राखिएका सिसा फोडिएका छन् । यतिबेला बसपार्क दिउँसो सवारी सिक्ने र रातिको समयमा लागुऔषध सेवनकर्ताहरूको जमघट गर्ने थलो बनेको छ ।
बसपार्क सञ्चालन नहुँदा मध्ये पहाडी लोकमार्गअन्तर्गत कुश्माको शिवालय चोकदेखि खरेहासम्म जथाभाबी पार्किङ्ग हुने गरेको र त्यसले दुर्घटनाको समेत जोखिम रहेको ट्राफिक प्रमुख गुरुङको भनाइ छ । “बसपार्क सञ्चालनमा ल्याउने भनेर कुश्मा नगरपालिकाले केही महिना पहिला बैठक गरेर प्रक्रिया सुरु गर्ने निर्णय भएको हो,” उहाँले भन्नुभयो, “खै किन सञ्चालनमा ल्याउन सकेन जानकारी छैन ।”
छ करोड ६६ लाख ३ हजार २ सय ५० लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ । दुईतले भवनसहित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, शौचालय र व्यवसायिक प्रयोजनका लागि आधादर्जन सङ्ख्यामा सटरसहितको कोठा निर्माण गरिएको छ ।
यता कुश्मा नगरपालिकाले भने सञ्चालन गर्ने भनेर तयारी थालेको महिनौं भएपनि सुरु गर्न सकेको छैन । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार टेन्डरमा दिने तयारी भइरहेको बताउनुभयो । “नीजि कम्पनीलाई सञ्चालनको जिम्मा दिने गरि तयारी थालेका छौं,” उहाँले भन्नुभयो, “प्रक्रियामा रहेकाले अब छिट्टै नै सञ्चालन हुने अपेक्षा गरेका छौं ।”
अहिले पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडाैं, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभिट्टा लगायतका सहरमा सार्वजनिक सवारीसाधनहरू छुट्ने गर्छन् भने दैनिक हजारौको सङ्ख्यामा सवारी साधनहरू बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन् । तर जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारी साधनहरू असुरक्षित ढङ्गले सडकमै पार्किङ्ग गर्नुपरेको छ ।
बसपार्क सञ्चालनमा आएपछि सडकमै पार्किङ गर्ने, बजारभित्र अव्यवस्थित रूपमा सवारी साधन राख्नुपर्ने र अन्य खालका दुर्घटनाका जोखिम न्यूनीकरण हुने ट्राफिक प्रमुख गुरुङ्गले बताउनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया