
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
७महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
८बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
९मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
१२श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार भक्तजनको सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ ।
कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई महायज्ञमा उपस्थित भक्तजन व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। भक्तजनको भिडलाई आयोजकले कुशलता पूर्वक व्यवस्थापन गरेको थियो ।
कोटिहोममा शनिबार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । दैनिक रुपमा महायज्ञमा हुने विधिन्न धार्मिक गतिविधि तथा राष्ट्रिय स्तरका कलकारहरुको प्रस्तुतिले पनि भक्तजनको आगमलनाई वढाएको छ ।
कोटिहोममा शनिबार नै १ हजार भन्दा बढी कन्या सहभागि गराएर पूजा गरिएको छ । कोटिहोममा तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गरिएको हो । साथै ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिएको छ ।
कोटिहोममा चर्चित लोकदोहोरी गायक पशुपति शर्माको भजनबाट दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । उनीसँगै लोकदोहोरी गायिका अस्मिता डल्लाकोटि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष सांगितिक कार्यक्रम सहित भजन मार्फत ज्येष्ठ नागरिक लगायत भक्तजन छमछम नाचेका थिए ।
महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले श्रद्धा, समर्पण र भक्ति भावले कोटिहोममा विशेष भएको जानकारी गराउदै वैदिक विधिपूर्वक आहुति अर्पण गर्दै धर्म, संस्कार र सामाजिक चेतनाको सन्देश दिए । ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मानले सामाजिक उत्तरदायित्व र समर्पणको भावनालाई बलियो बनाएको उनको भनाई थियो ।
महायज्ञको मूल उद्देश्य समाजमा धार्मिक जागरण, संस्कारको प्रवद्र्धन र मानव कल्याण गर्नु रहेको छ’ उनले भने, ‘महायज्ञले आध्यात्मिक ऊर्जा प्रदान गर्दै समाजलाई एकजुट गरी सकारात्मक सोचको विकास पनि गराउँछन् ।’ उनले कोटिहोममार्फत वातावरणीय शुद्धता, मानसिक शान्ति र आत्मिक उन्नति सम्भव रहेको बताए ।
उनको आह्वान थियो–‘धर्मको मूल मर्म बुझेर जीवनमा सदाचार, सेवा र सद्भाव अपनाऔँ ।’ हजारौं श्रद्धालुहरूको उपस्थितिमा गरिएको उनको मन्तव्य भक्तजनको मन लोभ्याएको थियो । यो धार्मिक अनुष्ठानले सम्पूर्ण समाजमा धार्मिक चेतना र मानवीय मूल्य विस्तार गर्न महत्वपूर्ण योगदान दिएको छ।
कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।
कोटिहोममा यही बैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए । कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।
विश्व शान्तिको स्थापना गर्न कोटिहोमले सन्देश दिएको छ– सभापति शर्मा
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विश्व शान्तिको स्थापनाका निम्ति पोखरा जारी कोटिहोम कडिको रुपमा रहेको बताएका छन् ।पोखराका जारी कोटिहोममा शनिबावर प्रमुख अतिथिको रुपमा रहेको शर्माले कलियुगको अत्यन्त ठूलो महायज्ञ भएकोले यो महायज्ञले विश्व शान्तिको स्थापना गर्न महत्वपूर्ण सन्देश दिएको बताए ।कलियुगमा यज्ञ गर्ने कमै हुन्छन्, अझै महायज्ञ गर्ने त विरलै भेटिन्छ’ शर्माले भने,‘कलियुगमा यति ठूलो ऐतिहासिक महायज्ञ गर्ने चानेचुने कुरा होइन्, यो महायज्ञको जति नै प्रशंशा गरे नि कमै हुन्छ ।’
महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले गरेको यो कार्य उदाहरणीय भएको बताउँदै उनले यहाँ आउने भक्तजनले सकरात्मक उर्जा लिएर जानुपर्नेमा जोड दिए ।
‘म यहाँ अतिथि भन्दा पनि यो महायज्ञको दर्शन गर्न आएको हो’ उनले भने, ‘जव महायज्ञ स्थल आएर दर्शन गरे म अचम्मित भए कि पोखरामा यति ठूलो महायज्ञ गर्नुभएकोमा आयोजकप्रति आभार व्यक्त गर्दछु ।’ महायज्ञले सकारात्मक सन्देश दिएको बताउँदै उनले यो महायज्ञबाट सवैले सकरात्मक उर्जा लिएर जान आग्रह गरे ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया