
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार भक्तजनको सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ ।
कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई महायज्ञमा उपस्थित भक्तजन व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। भक्तजनको भिडलाई आयोजकले कुशलता पूर्वक व्यवस्थापन गरेको थियो ।
कोटिहोममा शनिबार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । दैनिक रुपमा महायज्ञमा हुने विधिन्न धार्मिक गतिविधि तथा राष्ट्रिय स्तरका कलकारहरुको प्रस्तुतिले पनि भक्तजनको आगमलनाई वढाएको छ ।
कोटिहोममा शनिबार नै १ हजार भन्दा बढी कन्या सहभागि गराएर पूजा गरिएको छ । कोटिहोममा तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गरिएको हो । साथै ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिएको छ ।
कोटिहोममा चर्चित लोकदोहोरी गायक पशुपति शर्माको भजनबाट दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । उनीसँगै लोकदोहोरी गायिका अस्मिता डल्लाकोटि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष सांगितिक कार्यक्रम सहित भजन मार्फत ज्येष्ठ नागरिक लगायत भक्तजन छमछम नाचेका थिए ।
महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले श्रद्धा, समर्पण र भक्ति भावले कोटिहोममा विशेष भएको जानकारी गराउदै वैदिक विधिपूर्वक आहुति अर्पण गर्दै धर्म, संस्कार र सामाजिक चेतनाको सन्देश दिए । ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मानले सामाजिक उत्तरदायित्व र समर्पणको भावनालाई बलियो बनाएको उनको भनाई थियो ।
महायज्ञको मूल उद्देश्य समाजमा धार्मिक जागरण, संस्कारको प्रवद्र्धन र मानव कल्याण गर्नु रहेको छ’ उनले भने, ‘महायज्ञले आध्यात्मिक ऊर्जा प्रदान गर्दै समाजलाई एकजुट गरी सकारात्मक सोचको विकास पनि गराउँछन् ।’ उनले कोटिहोममार्फत वातावरणीय शुद्धता, मानसिक शान्ति र आत्मिक उन्नति सम्भव रहेको बताए ।
उनको आह्वान थियो–‘धर्मको मूल मर्म बुझेर जीवनमा सदाचार, सेवा र सद्भाव अपनाऔँ ।’ हजारौं श्रद्धालुहरूको उपस्थितिमा गरिएको उनको मन्तव्य भक्तजनको मन लोभ्याएको थियो । यो धार्मिक अनुष्ठानले सम्पूर्ण समाजमा धार्मिक चेतना र मानवीय मूल्य विस्तार गर्न महत्वपूर्ण योगदान दिएको छ।
कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।
कोटिहोममा यही बैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए । कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।
विश्व शान्तिको स्थापना गर्न कोटिहोमले सन्देश दिएको छ– सभापति शर्मा
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विश्व शान्तिको स्थापनाका निम्ति पोखरा जारी कोटिहोम कडिको रुपमा रहेको बताएका छन् ।पोखराका जारी कोटिहोममा शनिबावर प्रमुख अतिथिको रुपमा रहेको शर्माले कलियुगको अत्यन्त ठूलो महायज्ञ भएकोले यो महायज्ञले विश्व शान्तिको स्थापना गर्न महत्वपूर्ण सन्देश दिएको बताए ।कलियुगमा यज्ञ गर्ने कमै हुन्छन्, अझै महायज्ञ गर्ने त विरलै भेटिन्छ’ शर्माले भने,‘कलियुगमा यति ठूलो ऐतिहासिक महायज्ञ गर्ने चानेचुने कुरा होइन्, यो महायज्ञको जति नै प्रशंशा गरे नि कमै हुन्छ ।’
महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले गरेको यो कार्य उदाहरणीय भएको बताउँदै उनले यहाँ आउने भक्तजनले सकरात्मक उर्जा लिएर जानुपर्नेमा जोड दिए ।
‘म यहाँ अतिथि भन्दा पनि यो महायज्ञको दर्शन गर्न आएको हो’ उनले भने, ‘जव महायज्ञ स्थल आएर दर्शन गरे म अचम्मित भए कि पोखरामा यति ठूलो महायज्ञ गर्नुभएकोमा आयोजकप्रति आभार व्यक्त गर्दछु ।’ महायज्ञले सकारात्मक सन्देश दिएको बताउँदै उनले यो महायज्ञबाट सवैले सकरात्मक उर्जा लिएर जान आग्रह गरे ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया