SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/१/२७ गते
    ३५३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार आचार्य प्रशान्त कृष्ण पंराकुशजीलाई विदाई गरिएको छ ।

    महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले शनिवार विशेष कार्यक्रका बीच पंराकुशजीलाई विदाई गरेका हुन् । उनले महायज्ञमा ९ दिनसम्म कथा प्रवचन गरेका थिए । पंराकुशजीको विदाई कार्यक्रममा भक्तजन भावुक भएका थिए ।

    यसैगरी महायज्ञमा भोलि (आइतवार ) देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले प्रवचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए। उनका अनुसार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले जेठ ३ गते सम्म प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

    कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

    यसै गरी पोखराका जारी कोटिहोममा शनिबावर प्रमुख अतिथिको रुपमा रहेका नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विश्व शान्तिको स्थापनाका निम्ति पोखरा जारी कोटिहोम कडिको रुपमा रहेको बताएका छन् ।

    शर्माले कलियुगको अत्यन्त ठूलो महायज्ञ भएकोले यो महायज्ञले विश्व शान्तिको स्थापना गर्न महत्वपूर्ण सन्देश दिएको बताए । ‘कलियुगमा यज्ञ गर्ने कमै हुन्छन्, अझै महायज्ञ गर्ने त विरलै भेटिन्छ’ शर्माले भने,‘कलियुगमा यति ठूलो ऐतिहासिक महायज्ञ गर्ने चानेचुने कुरा होइन्, यो महायज्ञको जति नै प्रशंशा गरे नि कमै हुन्छ ।’

    महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले गरेको यो कार्य उदाहरणीय भएको बताउँदै उनले यहाँ आउने भक्तजनले सकरात्मक उर्जा लिएर जानुपर्नेमा जोड दिए ।

    ‘म यहाँ अतिथि भन्दा पनि यो महायज्ञको दर्शन गर्न आएको हो’ उनले भने, ‘जव महायज्ञ स्थल आएर दर्शन गरे म अचम्मित भए कि पोखरामा यति ठूलो महायज्ञ गर्नुभएकोमा आयोजकप्रति आभार व्यक्त गर्दछु ।’ महायज्ञले सकारात्मक सन्देश दिएको बताउँदै उनले यो महायज्ञबाट सवैले सकरात्मक उर्जा लिएर जान आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं