
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीहरू बिच छलफल भएको हो ।
छलफलमा मन्त्री पाण्डेले पर्यटन राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधा सम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकहरूलाई आग्रह गर्नुभयो । सरकारको तर्फबाट आवश्यक नीतिगत सहयोगका लागि आफूहरू तत्पर रहेको उल्लेख गर्दै उहाँले काठमाडौँ विमानस्थलको व्यस्तता र केन्द्रीकृत सेवाको यथाशक्य विकेन्द्रीकरणमा जोड दिनुभयो । पोखराबाट नियमित बाहेक अन्य नयाँ गन्तव्यहरूमा पनि उडान सञ्चालन गर्न सके पर्यटकीय गतिविधिहरू चलायमान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा सबै हिसाबले तयार रहेकाले तत्काल मुलुकका सात वटै प्रदेशमा सञ्चालनमा रहेका विमानस्थलहरूमा हवाई सेवा सञ्चालनको व्यवस्थापन गर्न निजी वायुसेवा प्रदायकहरूलाई आग्रह गर्नुभयो । पर्यटन राजधानी पोखराबाट मुलुकको कुनै पनि कुनामा हवाई यात्रा मार्फत पुग्न सकिने सुनिश्चितता गर्न आफूहरू आवश्यक सहजीकरणको लागि तयार रहेको प्रमुख आचार्यले बताउनुभयो । सबैभन्दा सुरक्षित मानिएको हवाई सेवाले पोखरालाई देशभर जोड्न सकिए मात्र पर्यटन लगायत अन्य क्षेत्रको विकासमा असन्तुलनको अवस्था अन्त्य हुने बताउनुभयो । सो अवसरमा नगर प्रमुख आचार्यले मन्त्री पाण्डे लगायत क्यानका अधिकारीहरूसँग पुरानो पोखरा विमानस्थल, विमानस्थल कै अवस्थामा रहन्छ, भन्ने कुराको सुनिश्चितता समेत माग गर्नुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा पछिल्लो पटक चर्चामा आएका विषयवस्तुहरू कपोलकल्पित र भ्रामक रहेको टिप्पणी गर्नुभयो । छानबिन समितिको प्रतिवेदनका नाममा सत्य तथ्य कुरा नबुझीकन सस्तो लोकप्रियताका लागि भ्रमको खेती गर्न खोजिएको उहाँको टिप्पणी छ । विमानस्थल पूर्ण क्षमतामा सेवा दिन सक्षम रहेको उल्लेख गर्दै उहाँले देशभरका सम्भाव्य स्थानहरूमा पोखराबाट सेवा प्रदानका लागि आवश्यक व्यवस्थापनका लागि विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
छलफलमा बुद्ध एयरका अपरेसन डाइरेक्टर सुवर्ण खरेल, यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पा, श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल, समिट एयरका मनोज कार्की लगायतले आफूहरू सेवाका लागि तयार रहेको बताएका छन् । सेवाको दिगोपनाका सम्बन्धमा आवश्यक सम्भाव्यताको अध्ययन गरी नियमित बाहेक निश्चित क्षेत्रहरूमा सेवा उपलब्ध गराउन तयार रहेको उनीहरूले प्रतिबद्धता जाहेर गरेका छन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछाने, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नं.१७ की अध्यक्ष राधिका कुमारी शाहियोगी, पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य वासु त्रिपाठी, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ लगायत क्यानका अधिकारीहरूको सहभागिता रहेको थियो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया