
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीहरू बिच छलफल भएको हो ।
छलफलमा मन्त्री पाण्डेले पर्यटन राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधा सम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकहरूलाई आग्रह गर्नुभयो । सरकारको तर्फबाट आवश्यक नीतिगत सहयोगका लागि आफूहरू तत्पर रहेको उल्लेख गर्दै उहाँले काठमाडौँ विमानस्थलको व्यस्तता र केन्द्रीकृत सेवाको यथाशक्य विकेन्द्रीकरणमा जोड दिनुभयो । पोखराबाट नियमित बाहेक अन्य नयाँ गन्तव्यहरूमा पनि उडान सञ्चालन गर्न सके पर्यटकीय गतिविधिहरू चलायमान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा सबै हिसाबले तयार रहेकाले तत्काल मुलुकका सात वटै प्रदेशमा सञ्चालनमा रहेका विमानस्थलहरूमा हवाई सेवा सञ्चालनको व्यवस्थापन गर्न निजी वायुसेवा प्रदायकहरूलाई आग्रह गर्नुभयो । पर्यटन राजधानी पोखराबाट मुलुकको कुनै पनि कुनामा हवाई यात्रा मार्फत पुग्न सकिने सुनिश्चितता गर्न आफूहरू आवश्यक सहजीकरणको लागि तयार रहेको प्रमुख आचार्यले बताउनुभयो । सबैभन्दा सुरक्षित मानिएको हवाई सेवाले पोखरालाई देशभर जोड्न सकिए मात्र पर्यटन लगायत अन्य क्षेत्रको विकासमा असन्तुलनको अवस्था अन्त्य हुने बताउनुभयो । सो अवसरमा नगर प्रमुख आचार्यले मन्त्री पाण्डे लगायत क्यानका अधिकारीहरूसँग पुरानो पोखरा विमानस्थल, विमानस्थल कै अवस्थामा रहन्छ, भन्ने कुराको सुनिश्चितता समेत माग गर्नुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा पछिल्लो पटक चर्चामा आएका विषयवस्तुहरू कपोलकल्पित र भ्रामक रहेको टिप्पणी गर्नुभयो । छानबिन समितिको प्रतिवेदनका नाममा सत्य तथ्य कुरा नबुझीकन सस्तो लोकप्रियताका लागि भ्रमको खेती गर्न खोजिएको उहाँको टिप्पणी छ । विमानस्थल पूर्ण क्षमतामा सेवा दिन सक्षम रहेको उल्लेख गर्दै उहाँले देशभरका सम्भाव्य स्थानहरूमा पोखराबाट सेवा प्रदानका लागि आवश्यक व्यवस्थापनका लागि विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
छलफलमा बुद्ध एयरका अपरेसन डाइरेक्टर सुवर्ण खरेल, यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पा, श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल, समिट एयरका मनोज कार्की लगायतले आफूहरू सेवाका लागि तयार रहेको बताएका छन् । सेवाको दिगोपनाका सम्बन्धमा आवश्यक सम्भाव्यताको अध्ययन गरी नियमित बाहेक निश्चित क्षेत्रहरूमा सेवा उपलब्ध गराउन तयार रहेको उनीहरूले प्रतिबद्धता जाहेर गरेका छन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछाने, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नं.१७ की अध्यक्ष राधिका कुमारी शाहियोगी, पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य वासु त्रिपाठी, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ लगायत क्यानका अधिकारीहरूको सहभागिता रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया